ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते

लमजुङ । लमजुङको बेंसीसहरस्थित डिभिजन वन कार्यालय परिसरबाटै एउटा चितुवा फुत्किएपछि बजार क्षेत्रमा डर र त्रास फैलिएको छ। चितुवालाई पुनः नियन्त्रणमा लिन खोज्दा वन कार्यालयका एक जना वनरक्षक घाइते भएका छन्।

​वन कार्यालयका अनुसार स्थानीय क्षेत्रबाट उद्धार गरी दिउँसो साढे ३ बजेतिर बिरामी अवस्थामा रहेको उक्त चितुवा ल्याइएको थियो। साँझ करिब ५ बजेतिर चितुवालाई थप उपचारका लागि कास्कीको पचभैयास्थित रेस्क्यु सेन्टर लैजाने तयारी भइरहेको थियो। तर, कार्यालय परिसरमै एउटा पिँजडाबाट अर्को सुरक्षित खोरमा सार्ने क्रममा चितुवाले खोर फोडेर फुत्किएको हो।

​भागिसकेको चितुवालाई नियन्त्रणमा लिन खोज्दा ५७ वर्षीय वनरक्षक बुद्धिजङ गुरुङ घाइते भएका हुन्। चितुवाको आक्रमणबाट गुरुङको अनुहार र देब्रे हातमा चोट लागेको छ। उनको अहिले प्रदेश अस्पताल बेंसीसहरमा उपचार भइरहेको छ।

​चितुवा फुत्किएपछि बेंसीसहर बजार र आसपासका क्षेत्रमा जोखिम बढेको छ। चितुवा वन कार्यालय परिसर वा नजिकैको झाडीमा लुकेर बसेको हुनसक्ने आशङ्का गरिएको छ। ​अहिले नेपाल प्रहरी, वन कर्मचारी र स्थानीयवासीको टोलीले क्षेत्र घेराउ गरी चितुवाको खोजी तथा नियन्त्रणको प्रयास गरिरहेका छन्। वन कार्यालयले बजारवासीलाई सतर्क रहन र घरबाहिर निस्कँदा सावधानी अपनाउन आग्रह गरेको छ ।

लमजुङमा पछिल्लो १० वर्षमा चितुवाको आक्रमणबाट दुईसय बढि घरपालुवा जनवारमा क्षति पुगेको तथ्याङ्कले देखाएको छ । डिभिजन वन कार्यालय लमजुङको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष ०७९/८० सम्म दुईसय तीन पशु चौपायमा क्षति पुगेको हो ।

कार्यालय लमजुङको तथ्याङ्क अनुसार जिल्लाका विभिन्न स्थानमा चितुवाको आक्रमणबाट गत आर्थिक वर्षमा मात्रै ६८ भेडाबाख्रामा क्षति पुगेको हो । पछिल्लो १० वर्षमा चितुवाको आक्रमणबाट एकसय ९५ भेडा बाख्रा, दुईवटा गाईगोरु, र ६ वटा भैसीमा क्षति पुगेको डिभिजन कार्यालयले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानीय तहमा चितुवाको आक्रमणबाट सवैभन्दा धेरै आर्थिक वर्ष २०७८/७९ मा ७२ वटा घरपालुवा जनवारमा क्षति पुगेको छ । सो आर्थिक वर्षमा मात्रै ६८ वटा भेडा बाख्रा, चारवटा भैसीमा चितुवाले क्षति पु¥याएको कार्यालयको तथ्याँकले देखाउँछ ।

सो बाहेक आर्थिक वर्ष २०७७/७८ मा २८ भेडा बाख्रा सहित ३० वटा घरपालुवा जनवार, ०७६/७७ मा १३, आर्थिक वर्ष २०७५/७६ मा १०, आर्थिक वर्ष ०७३/७४ मा सात वटा घरपालुवा जनवारमा चितुवाले आक्रमण गरेर क्षति पु¥याएको छ । त्यसैगरी आर्थिक वर्ष ०७०/७१, आर्थिक वर्ष ०७२/७३ र आर्थिक वर्ष ०७४/७५ मा एक एकवटा घरपालुवा जनवारमा चितुवाको आक्रमणबाट क्षति पुगेको छ ।

पछिल्लो समय बन्यजन्तुको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बासस्थान सुधारलगायत अन्य विविध विषय चुनौती बनेका डिभिजन वन कार्यालयका डिभिजन प्रमुख पूर्णेश्वर सुवेदीले बताए । जिल्लामा बर्षेनी घरपालुवा जनवारमा बन्यजन्तुको आक्रमण बढेपनि मानविय क्षति भने अहिलेसम्म भएको छैन ।सरकारले बन्यजन्तुबाट हुने क्षतिको निम्ति राहत प्रदान गर्न आधारहरु सहित निर्देशिका तयार गरेको छ । निर्देशिकामा मानवीय क्षति, पशुधनको क्षति, भण्डारण गरेको अन्नको क्षति, घर-गोठको क्षति, खाद्यान्न बालीको क्षति र हिमाली क्षेत्र सम्वन्धी विशेष व्यवस्था जस्ता आधार रहेका छन् ।

सरकारले निर्देशिका बमोजिमको क्षेत्रीय वन निर्देशनालय मार्फत राहत उपलब्ध गराउदै आएको छ । गत आर्थिक वर्षमा मात्रै लमजुङमा चितुवा सहितको बन्यजन्तुको आक्रमणबाट क्षति पुगेका व्यक्तिहरुलाई पाँचलाख १२ हजार पाँचसय रुपैया राहात उपलब्ध गराएको थियो ।

जिल्लास्तरमा राहत उपलव्ध गराउनका लागि सरोकारवालाहरुको सहभागितामा सिफारिस समिति हुन्छ । बन्यजन्तुबाट पीडित राहत सहयोग माग गर्ने व्यक्तिले घटना घटेको मितिले कम्तिमा ३५ दिनभित्र सम्बन्धित संरक्षित क्षेत्र वा डिभिजन वन कार्यालय समक्ष आवश्यक कागजातपत्र सहित निवेदन दिनुपर्ने प्रावधान छ ।

वन्यजन्तुको बासस्थानको राम्रो व्यवस्थापन गर्नसके मात्रै पनि बन्यजन्तुको आक्रमण न्युनिकरण गर्न सकिने सरोकारवालाहरु बताउछन् । वन्यजन्तु बाहिर ननिस्कने र स्थानीय बासिन्दालाई पनि वैकल्पिक आयको व्यवस्था गर्न सके जीविकोपार्जनका लागि जङ्गल जानु पर्ने बाध्यता हटाउन सके बन्यजन्तुको आक्रमणमा कमी हुने सरोकारवालाहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top