ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

वन विज्ञान संस्थान पोखरा क्याम्पसको पाँचवर्षीय रणनीतिक कार्ययोजना निर्माण अन्तिम चरणमा

पोखरा । वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसमा पञ्चवर्षीय रणनीतिक कार्ययोजना निर्माण समितिद्वारा आयोजित दुईदिने परामर्श तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको दोस्रो तथा अन्तिम दिन बुधबार २०८३ क्याम्पससँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न सरकारी कार्यालय, संघ–संस्था तथा सरोकारवालाहरूको सहभागितामा समितिले तयार पारेको रणनीतिक कार्ययोजनाको मस्यौदा प्रस्तुत गरिएको थियो।

कार्यक्रममा कार्ययोजनाका विभिन्न पक्षमाथि व्यापक छलफल गर्दै सहभागीहरूबाट राय, सुझाव तथा प्रतिक्रिया संकलन गरिएको थियो। यसअघि पहिलो दिन क्याम्पसका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागितामा कार्ययोजनाको अन्तिम मस्यौदाका आठ विषयगत क्षेत्रबारे समितिका सदस्यहरूले बुँदागत प्रस्तुतीकरण गरेका थिए। प्रस्तुतीकरणका क्रममा प्राप्त सुझाव तथा आवश्यक परिमार्जनका विषयलाई समेत समितिले संकलन गरेको थियो।

दुईदिने परामर्श तथा छलफलबाट प्राप्त राय -सुझावलाई समेटेर अब पञ्चवर्षीय रणनीतिक कार्ययोजनालाई अन्तिम रूप दिने कार्य मात्र बाँकी रहेको समितिका संयोजक प्रा। विनोदप्रसाद हेज्यूले जानकारी दिए।

क्याम्पसको आगामी पाँच वर्षको शैक्षिक, प्रशासनिक तथा संस्थागत विकासलाई प्रभावकारी रूपमा अघि बढाउन सरोकारवालाको सहभागिता, सुझाव र सहकार्यमा आधारित रणनीतिक कार्ययोजना निर्माणमा दुईदिने कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याएको क्याम्पसले जनाएको छ।

कार्यक्रममा सहयोग तथा सहभागिता जनाउने प्राध्यापक, कर्मचारी, विद्यार्थी, विभिन्न कार्यालय, संघ–संस्था तथा सम्पूर्ण सरोकारवालाप्रति आयोजक समितिले आभार व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top