ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

वन विज्ञान संस्थान पोखरा क्याम्पसको पाँचवर्षीय रणनीतिक कार्ययोजना निर्माण अन्तिम चरणमा

पोखरा । वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसमा पञ्चवर्षीय रणनीतिक कार्ययोजना निर्माण समितिद्वारा आयोजित दुईदिने परामर्श तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको दोस्रो तथा अन्तिम दिन बुधबार २०८३ क्याम्पससँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न सरकारी कार्यालय, संघ–संस्था तथा सरोकारवालाहरूको सहभागितामा समितिले तयार पारेको रणनीतिक कार्ययोजनाको मस्यौदा प्रस्तुत गरिएको थियो।

कार्यक्रममा कार्ययोजनाका विभिन्न पक्षमाथि व्यापक छलफल गर्दै सहभागीहरूबाट राय, सुझाव तथा प्रतिक्रिया संकलन गरिएको थियो। यसअघि पहिलो दिन क्याम्पसका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागितामा कार्ययोजनाको अन्तिम मस्यौदाका आठ विषयगत क्षेत्रबारे समितिका सदस्यहरूले बुँदागत प्रस्तुतीकरण गरेका थिए। प्रस्तुतीकरणका क्रममा प्राप्त सुझाव तथा आवश्यक परिमार्जनका विषयलाई समेत समितिले संकलन गरेको थियो।

दुईदिने परामर्श तथा छलफलबाट प्राप्त राय -सुझावलाई समेटेर अब पञ्चवर्षीय रणनीतिक कार्ययोजनालाई अन्तिम रूप दिने कार्य मात्र बाँकी रहेको समितिका संयोजक प्रा। विनोदप्रसाद हेज्यूले जानकारी दिए।

क्याम्पसको आगामी पाँच वर्षको शैक्षिक, प्रशासनिक तथा संस्थागत विकासलाई प्रभावकारी रूपमा अघि बढाउन सरोकारवालाको सहभागिता, सुझाव र सहकार्यमा आधारित रणनीतिक कार्ययोजना निर्माणमा दुईदिने कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याएको क्याम्पसले जनाएको छ।

कार्यक्रममा सहयोग तथा सहभागिता जनाउने प्राध्यापक, कर्मचारी, विद्यार्थी, विभिन्न कार्यालय, संघ–संस्था तथा सम्पूर्ण सरोकारवालाप्रति आयोजक समितिले आभार व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top