ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

दमौली (तनहुँ) । तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित भएका छन् । जिल्लाका १० पालिकाका ६४ हजार आठ सय ४२ दशमलव ४८ हेक्टर वन क्षेत्रबाट उनीहरू लाभान्वित भएके डिभिजन वन कार्यालयले जनाएको छ ।

वन कार्यालयका डिभिजनल मनोज रानाभाटका अनुसार वन क्षेत्रबाट तीन लाख ७९ हजार सात सय १७ जना लाभान्वित भएका छन् । जिल्लाभर छ सय २४ सामुदायिक वन छन् ।

देवघाट गाउँपालिकाका ३९ वनबाट तीन हजार ३५६ परिवार, आँबुखैरेनी गाउँपालिकाका ३४ वनबाट तीन हजार ९९ परिवार, बन्दीपुर गाउँपालिकाका ३८ वनबाट चार हजार ५४९ परिवार, भानु नगरपालिकाका ९६ वनबाट १० हजार ३९० परिवार, व्यास नगरपालिकाका १०९ वनबाट १४ हजार २६४ परिवा लाभाविन्वत भएका छन् ।

यसैगरी, म्याग्दे गाउँपालिकाका ५३ वनबाट छ हजार ६५० परिवार, शुक्लागण्डकी नगरपालिकाका ८५ वनबाट नौ हजार ७७१ परिवार, भिमाद नगरपालिकामा ५० वनबाट चार हजार ६१६ परिवार, घिरिङ गाउँपालिकाका ४९ वनबाट चार हजार १९९ परिवार र ऋषिङ गाउँपालिकाका ७१ वनबाट सात हजार ७३ परिवार लाभान्वित भएका अध्यक्ष रानाभाटले जानकारी दिए ।

ती सामुदायिक वनबाट एक लाख २२ हजार ३९ दशमलव ९९ क्युफिट काठ र एक सय ६३ दशमलव ७६ क्युफिट अन्य वनजन्य वस्तु उत्पादन भएका छन् ।

सामुदायिक वनले स्थानीय समुदायको दाउरा, काठलगायत वन पैदावारको आवश्यकता पूरा गर्नाका साथै वन संरक्षण र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

वनबाट प्राप्त स्रोतको उपयोगसँगै वन संरक्षणमा स्थानीय उपभोक्ताको सहभागिता बढाउन सामुदायिक वन व्यवस्थापन प्रणाली प्रभावकारी माध्यम बनेको अध्यक्ष रानाभाटको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top