ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

वन्यजन्तुले पुर्‍याएको क्षतिको तीन वर्षपछि राहत पाउँदा गुल्मीका कृषकहरु खुसी

गुल्मीवन्यजन्तुबाट पशुचाैपायमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका गुल्मीका स्थानीय कृषकले तीन वर्षपछि क्षतिपूर्तिबापत राहत रकम पाएका छन्। जिल्लास्थित डिभिजन वन कार्यालयका अनुसार किसानलाई क्षतिपूर्तिबापत  नौ लाख ६४ हजार ९०० उपलब्ध गराइएको छ

कार्यालयले सङ्कलित क्षतिको निवेदनअनुसार हालसम्म ७३ जना पशुधनमा क्षति पुगेका र एक जना मानवीय घाइते भएकासहित ७४ जनालाई उक्त राहत रकम उपलब्ध गराएको डिभिजन वन कार्यालयका सूचना अधिकारी मदन सापकोटाले जानकारी दिए। उनका अनुसार विसं २०८० साउनदेखि २०८२ कात्तिकसम्म वन्यजन्तुबाट भएको क्षतिको विवरण सङ्कलन गरिएको हो।

उक्त अवधिमा वन्यजन्तुको आक्रमणबाट जिल्लामा ९६ बाख्रा, १५ पाडा र एउटा कुखुरामा क्षति पुगेको उनले बताए। वन्यजन्तुले बालीनाली तथा पशुचाैपायमा क्षति पुर्‍याए पनि लामो समयसम्म राहत नपाउँदा कृषकले राहतका लागि पटकपटक डिभिजन वन कार्यालयमा गुल्मीमा ध्यानाकर्षण गराउँदै आएका थिए।

वन्यजन्तुबाट क्षति भएपछि राहतका लागि निवेदन दिएको लामो समयपछि आफूले राहत रकम पाएको मदाने गाउँपालिका-४ का कृषक लालबहादुर घर्तीले बताए। ‘निवेदन दिएको दुई वर्ष हुँदा पनि राहत नआएपछि आशा मर्दै गएका थियौँ। ढिलो गरी आए पनि खुसी लाग्यो,’ उनले भने।

पछिल्लो समयमा जिल्लाका ग्रामीण क्षेत्रमा चितुवा, बाँदर, बँदेललगायत वन्यजन्तुले पशुधन तथा बालीनालीमा क्षति पुर्‍याउने क्रम बढ्दै गएको सूचना अधिकारी सापकोटाले बताए। उनका अनुसार जिल्लामा सबैभन्दा बढी चितुवाको आक्रमणबाट स्थानीय कृषकहरुले वढी क्षति व्यहोर्दै आइरहेका छन्।
गुल्मीका वन अधिकृत सापकोटाले जिल्लामा किसानले पशुधनको क्षतिबापतको राहत रकम प्राप्त गरे पनि वन्यजन्तुबाट बालीनालीमा पुगेको क्षतिको राहत भने हालसम्म उपलब्ध नभएको बताए। उनले २०८० देखि यससम्बन्धी राहतका लागि निवेदन आए पनि बालीनाली क्षतिबापतको रकम निकासा हुन नसकेको उल्लेख गरे।

राहत रकम प्राप्त गर्नका लागि वन्यजन्तुबाट पीडित कृषकहरुले दिएको निवेदनका आधारमा जिल्लामा रहेको मूल्याङ्कन समितिमार्फत प्रदेश वन निर्देशनालय पाेखरामा सिफारिस गरी पठाउने प्रावधान रहेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top