ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार

चितवन । डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा ६९ वन्यजन्तु उद्धार तथा व्यवस्थापन गरेको छ । डिभिजन वन कार्यालय क्षेत्रभित्र रहेका विभिन्न स्थानबाट ती वन्यजन्तुको उद्धार गरेर व्यवस्थापन गरिएको हो ।

कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार वन क्षेत्रमा सबैभन्दा धेरै अजिङ्गरको उद्धार गरिएको छ । बस्ती पसेर स्थानीयलाई दुःख दिने गरेका ४५ अजिङ्गरको उद्धार गरेर व्यवस्थापन गरिएको हो । यस्तै चारवटा चित्तल, रतुवा तीन, धामन सर्प तीन, गोही दुई, मयुर दुई, लाटोकोसेरो दुईवटाको उद्धार गरिएको छ । बाँदर, नियाले बाघ, जरायो, मलसाप्रो, चितुवा, गोहोर, कछुवा, हुच्चिल –एक–एकवटाको उद्धार गरी व्यवस्थापन गरिएको हो ।

समुदायमा पसेर समस्या बनाएका एवं समस्याग्रस्त ती जनावारको उद्धार गरी व्यवस्थापन गरिएको हो । यससँगै गत आर्थिक वर्षमा ४२ मृत वन्यजन्तुको व्यवस्थापन गरिएको उनले जानकारी दिए। उनका अनुसार ३० चित्तल, नौवटा रतुवा, दुईवटा बदेल, एउटा स्याल मृत भेटिएर तीनको व्यवस्थापन गरिएको हो ।

यससँगै कार्यालयले गत आर्थिक वर्षमा २६७ साइकलको लिलामी गरेको छ । अवैध रूपमा काठ तस्करीमा प्रयोग गरिएका ती साइकलको लिलामीबाट रु दुई लाख ५२ हजार राजस्व सङ्कलन गरिएको थियो । यस आर्थिक वर्षमा ८१ थान मोटरसाइकल लिलामी गर्ने तयारी गरेको छ ।कसुरजन्य मुद्दामा नियन्त्रणमा लिइएका र बेवारिसे अवस्थामा भेटिएका गरी ती मोटरसाइकल लिलामी गर्न लागिएको हो ।

कार्यालय प्रमुख आचार्यका अनुसार विगत लामो समयदेखि कार्यालय परिसरमा रहेका ती मोटरसाइकल लिलामी गर्न लागिएको हो । मोटरसाइकलसँगै २५ बस, ट्रक, भ्यान, अटो, ट्याक्टर र ५९ साइकलको लिलामी प्रक्रिया सुरु गरिएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top