ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

गोरखामा यस वर्ष सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन सुरु हुँदै, ३० हजार घन फिट काठ उत्पादन हुने

गाेरखा । गोरखा जिल्लामा यस वर्षदेखि गण्डकी प्रदेशको वन सम्वर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन निर्देशिका, २०८२ बमोजिम वन व्यवस्थापन कार्यको औपचारिक थालनी हुने भएको छ।

डिभिजन वन कार्यालय गोरखाका डिभिजनल वन अधिकृत मदन मोहन शाण्डिल्यका अनुसार सम्वर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापनमार्फत जिल्लाको वन क्षेत्रलाई थप व्यवस्थित बनाउन लागिएको हो।

​गत आर्थिक वर्षमा जिल्लाका तीनवटा सामुदायिक वनको छनोट प्रणालीमा आधारित वन व्यवस्थापन कार्ययोजना तयार गरी स्वीकृत गरिएको थियो।

यस वर्ष ती वनहरूमा उक्त कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गरिनुका साथै थप अन्य उत्पादनशील सामुदायिक वनहरूमा पनि निर्देशिकाबमोजिम नयाँ कार्ययोजना तयार गरी कार्यान्वयनमा लगिने डिभिजन वन कार्यालयलका डिभिजनल मोहन शाण्डिल्यले बताए ।

​३० हजार घन फिट काठ उत्पादन र खडा लिलामको योजना

​यस वर्षको कार्यक्रम कार्यान्वयनबाट जिल्लामा करिब ३०,००० (तीस हजार) घन फिट काठ उत्पादन हुने अनुमान गरिएको छ। विगतका वर्षहरूमा जिल्लामा उत्पादित काठ सहज रूपमा लिलाम बिक्री नभई थन्किने समस्या देखिएको थियो। यस समस्यालाई मध्यनजर गर्दै यस पटक कानुनी प्रक्रिया पूर्ण रूपमा पूरा गरी, सम्बन्धित वन उपभोक्ता समूहलाई आवश्यक पर्ने परिमाण छुट्याएपछि बाँकी रहने अतिरिक्त काठ खडा रूपमा लिलाम बिक्री गर्ने योजना बनाइएको कार्यालयले जनाएको छ।

​थिनिङ र सुशासनमा विशेष जोड

​सम्वर्धन प्रणाली लागू भएका क्षेत्रहरूबाहेक अन्य सामुदायिक वनहरूमा समेत रुखहरूको घनत्व र गुणस्तर सुधारका लागि थिनिङ लगायतका वन सम्वर्धनसम्बन्धी अन्य क्रियाकलापहरू सञ्चालन गरिनेछन्।

यसले एकातिर वनको दिगो व्यवस्थापन र काठ(दाउराको उत्पादनमा वृद्धि गर्नेछ भने अर्कोतर्फ सामुदायिक वन उपभोक्ता समूहहरूभित्र सुशासन, पारदर्शिता र संस्थागत सुदृढीकरणमा समेत विशेष जोड दिइने डिभिजन वन कार्यालय, गोरखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top