ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

गोरखामा यस वर्ष सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन सुरु हुँदै, ३० हजार घन फिट काठ उत्पादन हुने

गाेरखा । गोरखा जिल्लामा यस वर्षदेखि गण्डकी प्रदेशको वन सम्वर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन निर्देशिका, २०८२ बमोजिम वन व्यवस्थापन कार्यको औपचारिक थालनी हुने भएको छ।

डिभिजन वन कार्यालय गोरखाका डिभिजनल वन अधिकृत मदन मोहन शाण्डिल्यका अनुसार सम्वर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापनमार्फत जिल्लाको वन क्षेत्रलाई थप व्यवस्थित बनाउन लागिएको हो।

​गत आर्थिक वर्षमा जिल्लाका तीनवटा सामुदायिक वनको छनोट प्रणालीमा आधारित वन व्यवस्थापन कार्ययोजना तयार गरी स्वीकृत गरिएको थियो।

यस वर्ष ती वनहरूमा उक्त कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गरिनुका साथै थप अन्य उत्पादनशील सामुदायिक वनहरूमा पनि निर्देशिकाबमोजिम नयाँ कार्ययोजना तयार गरी कार्यान्वयनमा लगिने डिभिजन वन कार्यालयलका डिभिजनल मोहन शाण्डिल्यले बताए ।

​३० हजार घन फिट काठ उत्पादन र खडा लिलामको योजना

​यस वर्षको कार्यक्रम कार्यान्वयनबाट जिल्लामा करिब ३०,००० (तीस हजार) घन फिट काठ उत्पादन हुने अनुमान गरिएको छ। विगतका वर्षहरूमा जिल्लामा उत्पादित काठ सहज रूपमा लिलाम बिक्री नभई थन्किने समस्या देखिएको थियो। यस समस्यालाई मध्यनजर गर्दै यस पटक कानुनी प्रक्रिया पूर्ण रूपमा पूरा गरी, सम्बन्धित वन उपभोक्ता समूहलाई आवश्यक पर्ने परिमाण छुट्याएपछि बाँकी रहने अतिरिक्त काठ खडा रूपमा लिलाम बिक्री गर्ने योजना बनाइएको कार्यालयले जनाएको छ।

​थिनिङ र सुशासनमा विशेष जोड

​सम्वर्धन प्रणाली लागू भएका क्षेत्रहरूबाहेक अन्य सामुदायिक वनहरूमा समेत रुखहरूको घनत्व र गुणस्तर सुधारका लागि थिनिङ लगायतका वन सम्वर्धनसम्बन्धी अन्य क्रियाकलापहरू सञ्चालन गरिनेछन्।

यसले एकातिर वनको दिगो व्यवस्थापन र काठ(दाउराको उत्पादनमा वृद्धि गर्नेछ भने अर्कोतर्फ सामुदायिक वन उपभोक्ता समूहहरूभित्र सुशासन, पारदर्शिता र संस्थागत सुदृढीकरणमा समेत विशेष जोड दिइने डिभिजन वन कार्यालय, गोरखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top