ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

मध्यवर्ती सामुदायिक वनबाट घरपालुवा जनावरमाथि आक्रमण गर्ने बाघ १९ दिनको निरन्तर प्रयासपछि नियन्त्रणमा

बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकामा गाउँबस्ती प्रवेश गरी घरपालुवा जनावरमाथि आक्रमण गर्दै आएको पाटेबाघ नियन्त्रणमा लिइएको छ।

गेरुवा गाउँपालिका–४ शान्तिपुर ढुकुनियास्थित शान्तिपुर मध्यवर्ती सामुदायिक वनबाट मंगलबार दिउँसो करिब ४ बजे बाघलाई नियन्त्रणमा लिइएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेले जानकारी दिए।

बाघले निरन्तर घरपालुवा जनावरमाथि आक्रमण गर्न थालेपछि साउन १४ गतेदेखि नियन्त्रणमा लिने प्रयास सुरु गरिएको थियो। करिब १९ दिनको निरन्तर प्रयासपछि बाघलाई सुरक्षित रूपमा नियन्त्रणमा लिन सफल भएको उनले बताए।

बाघ नियन्त्रणका क्रममा बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा स्थानीयवासीबीचको समन्वय र सहयोग महत्वपूर्ण रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाले जनाएको छ। नियन्त्रणमा लिइएको पाटेबाघलाई रम्भापुरस्थित वन्यजन्तु उद्धार केन्द्रमा व्यवस्थापन गरिएको तुम्बाहाम्फेले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top