ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

डिभिजन वन कार्यालयद्वारा घरभित्र अड्किएको चितुवाको सफल उद्धार

अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिका–मकैडाँडामा घरभित्र रहेको कुखुराको खोरमा अड्किएको चितुवाको डिभिजन वन कार्यालय अर्घाखाँचीको टोलीले सफल तथा सुरक्षित उद्धार गरेको छ।

स्थानीयवासीको घरमा रहेको कुखुराको खोरभित्र चितुवा अड्किएको खबर बिहान करिब ८ बजे प्राप्त भएपछि डिभिजन वन कार्यालयबाट तत्काल उद्धार टोली परिचालन गरिएको थियो। टोलीले आवश्यक सावधानी र सुरक्षा उपाय अपनाउँदै चितुवाको सुरक्षित उद्धार गरेको हो।

स्थानीयको खोरमा रहेका चार वटा कुखुरा मारेपछि चितुवा खोरभित्रै अड्किएको अवस्थामा फेला परेको डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशर खड्काले जानकारी दिए।

उद्धार गरिएको चितुवा स्वस्थ तथा सामान्य अवस्थामा रहेको खड्काले बताए। उनका अनुसार चितुवालाई आवश्यक निरीक्षण तथा व्यवस्थापनपछि उपयुक्त प्राकृतिक वासस्थानमा सुरक्षित रूपमा छाडिनेछ।

मानव बस्ती नजिक वन्यजन्तु देखापर्दा स्थानीयवासीलाई त्रसित नहुन, वन्यजन्तुलाई आफैं नियन्त्रणमा लिन वा घेराबन्दी नगर्न र तत्काल डिभिजन वन कार्यालय वा सम्बन्धित निकायलाई खबर गर्न वन कार्यालयले आग्रह गरेको छ।

वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तुको संरक्षणका लागि यस्ता घटनामा तत्काल उद्धार तथा व्यवस्थापन गर्ने कार्यलाई कार्यालयले प्राथमिकतामा राखेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top