ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

सल्यानको रिममा हावाहुरीले ठूलो संख्यामा सल्लाका रुख ढले

अविरल वर्षासँगै आएको हावाहुरीका कारण सल्यानको रिम क्षेत्रमा ठूलो संख्यामा सल्लाका रुख ढलेका छन्। हावाहुरीका कारण वन क्षेत्रमा रहेका परिपक्व तथा ठूला सल्लाका रुखहरू ढलेर क्षति भएको स्थानीयले बताएका छन्।

अविरल वर्षा र तीव्र हावाहुरीका कारण रिम क्षेत्रका विभिन्न स्थानमा रुखहरू ढलेको जानकारी प्राप्त भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ। घटनापछि वन क्षेत्रमा भएको क्षतिको विवरण संकलन गर्ने काम हुने कार्यालयले जनाएको छ।

डिभिजन वन कार्यालयका अनुसार हालसम्म क्षतिको यकिन विवरण संकलन भइसकेको छैन। स्थलगत निरीक्षण तथा विवरण संकलनपछि कति क्षेत्रफलमा कति संख्यामा सल्लाका रुख ढले भन्ने यकिन तथ्यांक सार्वजनिक गरिने कार्यालयले जनाएको छ।

लगातारको वर्षासँगै आएको हावाहुरीका कारण वन क्षेत्रमा रुख ढल्ने क्रम बढेकाले थप क्षतिको सम्भावनासमेत रहेको स्थानीयको भनाइ छ। क्षति भएका वन क्षेत्रको स्थलगत अनुगमनपछि ढलेका रुखको व्यवस्थापन तथा आवश्यक प्रक्रिया अघि बढाइने वन कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top