ताजा खबर
वन अतिक्रमणविरुद्ध निर्मम बन्न डिभिजनल वन अधिकृतहरूलाई मन्त्री आलेको निर्देशन
मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन
काठसहित पाँच मोटरसाइकल प्रहरी नियन्त्रणमा
बहुउपयोगी प्रजातिका बिरुवा रोपण
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?

Author: Banka Kura

चितवनमा पाँच वर्षमा १३३ गैँडाको मृत्यु संरक्षणमा बढ्दो चुनौती, सङ्कटमा बासस्थान

घाँसे मैदान र पानीका स्रोत व्यवस्थापनमा चुनौती, सीमित स्रोत–साधनका कारण संरक्षण प्रयास प्रभावित चितवन । नेपालमा एकसिंगे गैँडाको प्रमुख बासस्थानका रूपमा रहेको चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा पछिल्लो पाँच वर्षमा १३३ वटा गैँडाको मृत्यु भएको छ। गैँडाको संरक्षणमा नेपालले हासिल गरेको उपलब्धिका बाबजुद प्राकृतिक तथा मानव सिर्जित कारणबाट निरन्तर भइरहेका मृत्युले वन्यजन्तु संरक्षण, बासस्थान […]

दोस्रो राष्ट्रिय संरक्षण मञ्च सम्पन्न, हरेक दुई वर्षमा आयोजना गर्ने प्रतिबद्धता

ललितपुर । जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा प्राकृतिक स्रोत व्यवस्थापनका लागि जलवायु वित्त परिचालनमा जोड दिँदै दोस्रो राष्ट्रिय संरक्षण मञ्च (NCF) २०२६ सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) नेपाल राष्ट्रिय समितिको आयोजनामा ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC) परिसरमा आयोजित दुईदिने मञ्च ‘जैविक विविधता संरक्षण र समृद्ध नेपालका लागि जलवायु वित्तको […]

रोनाल्डो हात्तीको मृत्यु प्रकरण : जोखिमपूर्ण विद्युतीय संरचना अध्ययन गर्न समिति गठन

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बिसहजारी ताल तथा कुमाल ताल नजिकै बहुचर्चित जंगली हात्ती ‘रोनाल्डो’को करेन्ट लागेर मृत्यु भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले निकुञ्जभित्रका जोखिमपूर्ण विद्युतीय संरचनाको अध्ययन गर्न समिति गठन गरेको छ। असोज ३ गते ९सेप्टेम्बर १९० मृत अवस्थामा फेला परेको ५३ वर्षीय रोनाल्डोको मृत्यु नेपाली सेनाको बरन्डाभार क्षेत्रमा रहेको […]

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनको प्रस्ताव : नेपाल, भारत र चीनको नेतृत्वमा हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापना गरौं

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले जलवायु विपद्को सामना गर्न नेपाल, भारत र चीनको नेतृत्वमा हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापना गर्न प्रस्ताव गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभालाई शुक्रबार बिहान सम्बोधन गर्दै उनले यस्तो प्रस्ताव राखेका हुन् । हिमालय क्षेत्र करिब २ अर्ब मानिसको आश्रयस्थल र पृथ्वीको जीवन रक्षक प्रणालीको हिस्सा भएको उल्लेख गर्दै उनले यस संयन्त्रमार्फत […]

संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेनको सम्बोधन : हामीले नताताएको जलवायुको मारमा पर्‍यौ’ सुरु नगरेका युद्धको मार पनि खेपिरहेका छौँ

काठमाडाैं । संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन शाहले नेपालले भोगिरहेको जलवायु संकट, हिमाली क्षेत्रमा बढ्दो विपद् र अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारीबारे धारणा राखेका छन्। सम्बोधनका क्रममा उनले भोटेकोशी–त्रिशूली विपद्लाई नेपालमा मात्र सीमित घटना नभई विश्वका लागि चेतावनीका रूपमा लिनुपर्ने बताएका छन्। प्रधानमन्त्री शाहले जलवायु परिवर्तनले कुनै पनि देशको सीमा नमान्ने उल्लेख गर्दै हिमनदी र बाढीले पासपोर्टमा […]

संयुक्त राष्ट्रसंघमा परराष्ट्रमन्त्री शिशिर खनालको सम्बोधन : वन, हिमाल र जलवायु संरक्षणमा विश्वव्यापी सहकार्यको आह्वान

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षति र जोखिमलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्दै जलवायु न्याय सुनिश्चित गर्न विश्वव्यापी पहल आवश्यक रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित जलवायुसम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले जलवायु संकट सिर्जना गर्न नेपालको योगदान न्यून भए पनि त्यसको […]

जलवायु सङ्कट सामना गर्न प्रतिबद्धता होइन अब कार्यान्वयनतर्फ जानुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित सङ्कट सामना गर्न अन्तरराष्ट्रिय समुदाय प्रतिबद्धताबाट कार्यान्वयनतर्फ अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । संयुक्त राष्ट्रसङ्घको ८१औं महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्रीले राष्ट्रसङ्घको प्रधान कार्यालयमा आज आयोजित जलवायुसम्बन्धी उच्चस्तरीय बैठकमा जलवायु जोखिममा रहेका मुलुकलाई पर्याप्त सहयोग परिचालन हुनुपर्ने बताए । मन्त्री खनालको निजी सचिवालयका अनुसार हालैको […]

प्रकृति संरक्षणमा लगानी आर्थिक समृद्धि र स्थानीय समुदायको समृद्धिमा लगानी हो : किरण तिमल्सिना

काठमाडौं । प्रकृति संरक्षणमा गरिने लगानी वातावरण संरक्षणमा मात्र सीमित नभई नेपालको दीर्घकालीन आर्थिक समृद्धि, जलवायु उत्थानशीलता तथा स्थानीय समुदायको समृद्धिसँग जोडिएको लगानी भएको बताइएको छ । आईयूसीएन नेपाल राष्ट्रिय समितिका अध्यक्ष किरण तिमल्सिनाले प्रकृति संरक्षण, विकास र स्थानीय जीविकोपार्जनलाई एकअर्काबाट अलग गरेर हेर्न नसकिने बताएका हुन् । बुधबारदेखि काठमाडौंमा सुरु भएको २०औँ राष्ट्रिय संरक्षण […]

कर्णालीमा वन निर्देशनालय खारेजी : ‘सुधार’को नाममा निम्तिएको प्रशासनिक अन्योल र कानुनी शून्यता

कर्णाली । कर्णाली प्रदेश सरकारले प्रशासनिक खर्च कटौती र सरकारी संरचनाको पुनर्संरचनाको नाममा प्रदेश वन निर्देशनालयसहित केही निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ। सरकारी खर्च घटाउने र प्रशासनिक संयन्त्रलाई चुस्त बनाउने उद्देश्य आफैंमा असान्दर्भिक होइन। तर, कुनै संरचना खारेज गर्नुअघि त्यसले निर्वाह गर्दै आएको कानुनी, प्राविधिक र प्रशासनिक जिम्मेवारीको वैकल्पिक व्यवस्था सुनिश्चित नगरिए सुधारको प्रयास […]

हिमाल, आज किन डर लाग्यो?

मन्जु घिमिरे सुवेदी । हिमाल, आज किन डर लाग्यो? हिमाल, तिमीलाई देख्दा कहिले मेरो मनमा हर्षका लहर चल्थे, छाती गर्वले फुल्थ्यो, आँखाभरि उज्यालो भरिन्थ्यो। तिम्रा सेता चुलीमा मेरो देश मुस्कुराउँथ्यो, तिम्रो विराट स्वरूपले मलाई अडिग रहन सिकाउँथ्यो, उँचो सोच्न सिकाउँथ्यो, आफ्नो माटोलाई मायाले अँगाल्न सिकाउँथ्यो। तर आज किन–किन, आकाश खुलेर तिमी हाँसेको देख्दा पनि मेरो […]

Back To Top