Author: Banka Kura

काठमाडौँ फरेस्ट्री कलेजमा जनशक्ति आवश्यकता

काठमाडाैं । ​काठमाडौँको चन्द्रागिरि-८, गैरीगाउँस्थित काठमाडौं फरेस्ट्री कलेज (KAFCOL) पब्लिक लिमिटेडले विभिन्न शैक्षिक तथा अनुसन्धान पदका लागि नयाँ जनशक्तिको माग गरेको छ। ​कलेजले सार्वजनिक गरेको सूचना अनुसार १ जना भाइस प्रिन्सिपल/एकेडेमिक कोअर्डिनेटर र ४ जना पूर्णकालीन प्राध्यापक/शिक्षक (Full Time Faculty) पदका लागि आवेदन आह्वान गरिएको हो। भाइस प्रिन्सिपल पदका लागि सम्बन्धित विषयमा स्नातकोत्तर वा विद्यावारिधि […]

लुम्बिनीमा स्थायी O&M हुँदै, वन संगठन संरचनामा वन प्राविधिकको चासो

लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गतका सबै निकायको स्थायी संगठन तथा व्यवस्थापन (O&M) टुङ्ग्याउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। प्रदेश सरकार मातहत रहेका विभिन्न मन्त्रालय तथा निकायहरूको संगठन संरचना पुनरावलोकन तथा व्यवस्थापनको काम अघि बढिरहेका बेला वन क्षेत्रको संगठन संरचना र दरबन्दी व्यवस्थापनका विषयमा वन प्राविधिकहरूले चासो व्यक्त गरेका छन्। वन क्षेत्रको कार्यक्षेत्र पछिल्लो समय विस्तार हुँदै […]

मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै,एक वर्षमा ९० लाख भन्दा आम्दानी

सङ्खुवासभा। मकालु बरुण राष्ट्रिय निकुञ्ज, सङ्खुवासभामा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको छ । उक्त स्थान कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । आर्थिक वर्ष २०८२-२०८३ मा दुई हजार एक सय ८८ विदेशी र तीन हजार दुई सय २७ नेपाली पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्जका सूचना अधिकारी संस्कार सुवेदीका अनुसार एक वर्षमा […]

खर्क नीति २०६८ समसामयिक सुधारका लागि बहुसरोकारवाला छलफल

काठमाडौं । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आयोजनामा ‘खर्क नीति, २०६८ समसामयिक सुधार विषयमा आज सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बहुसरोकारवाला छलफल कार्यक्रम सम्पन्न भएको छ। समितिका सभापति पूजा चौधरीको सभापतित्वमा आयोजित कार्यक्रमको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गरेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै अध्यक्ष दाहालले खर्कको बहुआयामिक महत्त्व […]

वन तथा वातावरण क्षेत्रका कर्मचारीको सरुवा र काज व्यवस्थित गर्न नयाँ मापदण्ड लागू

​काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आफ्ना मातहतका रा.प.तृतीय श्रेणीसम्मका कर्मचारीहरूको सरुवा तथा काज प्रणालीलाई व्यवस्थित, पारदर्शी र अनुमानयोग्य बनाउन नयाँ मापदण्ड (२०८३) स्वीकृत गरी लागू गरेको छ।निजामती सेवा ऐन, २०४९ र नियमावली, २०५० बमोजिम तयार पारिएको यस मापदण्डले भौगोलिक अनुभव, कार्यचाप र दरबन्दीका आधारमा सरुवा प्रक्रियालाई स्पष्ट पारेको छ। मापदण्ड अनुसार मातहतका […]

भोटेकोशी करिडोरका बाढी प्रभावितलाई काठ उपलब्ध गराउन डिपो सञ्चालन गर्न निर्देशन

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले भदौ १० गतेको विनाशकारी बाढीबाट क्षतिग्रस्त भोटेकोशी करिडोरका प्रभावित परिवारलाई आवश्यक पर्ने काठ सहज रूपमा उपलब्ध गराउन निर्देशन दिएकी छन् । मन्त्री चौधरीले वन विभागसँगको समन्वयमा नेपाल वन निगममार्फत काठ डिपो सञ्चालनको कार्य अगाडि बढाउन निर्देशन  दिइन् । बाढीबाट प्रभावित परिवारको पुनस्र्थापना तथा क्षतिग्रस्त घर, संरचना र […]

सामुदायिक वनको तथ्याङ्क व्यवस्थापन गर्न स्थानीय तहलाई डिजिटल प्रणालीसम्बन्धी प्रशिक्षण

काठमाडौं । सामुदायिक वनसम्बन्धी तथ्याङ्कलाई व्यवस्थित, डिजिटल र सहज रूपमा व्यवस्थापन तथा उपयोग गर्ने उद्देश्यले गण्डकी प्रदेशका विभिन्न स्थानीय तहमा कम्युनिटी फरेस्ट डाटा पोर्टल सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ। जेठ २० गतेदेखि २७ गतेसम्म सञ्चालन गरिएको प्रशिक्षण तनहुँ, पर्वत, म्याग्दी, कास्की र बागलुङ जिल्लाका ६ स्थानीय तहमा सम्पन्न भएको हो। प्रशिक्षण देवघाट गाउँपालिका, तनहुँ, महाशिला […]

घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

मुस्ताङ । ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ आजदेखि यहाँ सुरु भएको छ । मुस्ताङको घरपझोङ गाउँपालिकाद्वारा आयोजित सम्मेलनको सङ्घीय कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उदघाटन गरेकी छन् । यसअघि प्रमुख अतिथिसहित सातै प्रदेश र स्थानीय तहका जनप्रतिनिधि गाउँपालिका कार्यालय जोमसोममा भेला भइ झाँकीसहित सम्मेलनस्थल कभर्डहल पुगेका थिए । सम्मेलनको उद्घाटन सत्र बिहान करिब तीन […]

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

बाँके । बाँकेमा आर्थिक वर्ष २०८२ -०८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमणमा परेको छ । अतिक्रमित वनक्षेत्रमा करिब तीन हजार ९९० घरटहरा निर्माण भएका छन् । हालसम्म बाँके जिल्लामा ६०७ दशमलव ९८ हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी टङ्क गुरुङले जानकारी दिए । उनका अनुसार, अतिक्रमणको ठूलो हिस्सा विगतमा बाढीबाट विस्थापित […]

‘निष्क्रिय सामुदायिक वनलाई सक्रिय बनाउँदै समृद्ध भोजपुर बनाउने हाम्रो लक्ष्य हो’ : डिभिजनल वन अधिकृत खुद्रुस मियाँ (अन्तर्वार्ता)

काठमाडाैं । ​पहाडी जिल्ला भोजपुर जैविक विविधता र बहुमूल्य जडीबुटीका लागि प्रख्यात छ। जिल्लाको विशाल वन क्षेत्रको दिगो व्यवस्थापन, डढेलो नियन्त्रण, जडीबुटीको बजारीकरण तथा पर्यापर्यटन प्रवर्द्धनका लागि डिभिजन वन कार्यालय भोजपुर कसरी अघि बढिरहेको छ त पूर्वकाे वनलाइ कसरी हेरिएकाे छ? प्रस्तुत छ, भोजपुरका डिभिजनल वन अधिकृत खुद्रुस मियाँसँग ‘वनका कुरा डटकम’का लागि गरिएको कुराकानीको […]

Back To Top