काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीको नेतृत्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) ले आन्तरिक सुधार, खर्च नियन्त्रण र आक्रामक बजारीकरणमार्फत किसानलाई गर्नुपर्ने भुक्तानीको दायित्व उल्लेख्य रूपमा घटाउन सफल भएको जनाएको छ। संस्थानका अनुसार पछिल्लो तीन महिनाको अवधिमा किसानलाई गर्नुपर्ने भुक्तानी करिब ७२ करोड रुपैयाँबाट घटाएर करिब ३५ करोड रुपैयाँमा सीमित गरिएको छ। […]
मनकामना सामुदायिक वन प्रथम, १६ हजार नगदसहित पुरस्कृत
हेटौंडा । डिभिजन वन कार्यालय राप्ती मनहरीअन्तर्गत रहेका २०६ वटा सामुदायिक वन उपभोक्ता समूहमध्ये मनहरी गाउँपालिका–७ स्थित मनकामना सामुदायिक वन उपभोक्ता समूह उत्कृष्ट घोषित भएको छ । सामुदायिक वन दिवसको अवसरमा राप्ती डिभिजन वन कार्यालय र मकवानपुर डिभिजन वन कार्यालयले संयुक्त रूपमा बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजना गरेको कार्यक्रममा मनकामना सामुदायिक वनलाई प्रथम घोषणा गर्दै […]
बाँदर–बँदेलबाट कृषि बालीमा बढ्दो क्षति कार्ययोजना बनाउन संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता, आठ बुँदे कार्ययोजनाको माग
काठमाडौं । बाँदर र जंगली बँदेलबाट कृषि बालीमा भइरहेको क्षति गम्भीर बन्दै गएपछि प्रतिनिधिसभामा यसको दीर्घकालीन समाधानका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन मागसहित जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङ प्रस्तावक रहेको प्रस्तावमा नेकपा एमालेकी सचेतक निता घतानी, नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विक र श्रम संस्कृति पार्टीका सांसद […]
सामुदायिक वन : संरक्षणबाट समृद्धितर्फको नयाँ चरण
काठमाडाैं । नेपालको सामुदायिक वन अभियानले पाँच दशकभन्दा लामो यात्रा पूरा गरिसकेको छ। आधा शताब्दीअघि नेपालको प्रमुख चिन्ता वन विनाश र वनको अवस्थाको ह्रास थियो। त्यस समय शुरूवात भएको समुदायको सहभागितामा आधारित वन व्यवस्थापनको अवधारणाले वन संरक्षणमा महत्वपूर्ण परिवर्तन ल्यायो। आज धेरै सामुदायिक वन पुनर्स्थापित भइसकेका छन् । वनको अवस्था विगतको तुलनामा उल्लेखनीय रूपमा सुधारिएको […]
प्युठानको बगाले सामुदायिक वनले २७० थान असनाका गोलिया र १२ चट्टा दाउरा लिलाम गर्दै
प्युठान । सरुमारानी गाउँपालिका–२, प्युठानस्थित श्री बगाले सामुदायिक वन उपभोक्ता समूहले काठ तथा दाउरा बोलपत्रमार्फत लिलाम बिक्री गर्ने भएको छ। समूहले लट न. १-२०८२–०८३ अन्तर्गत असना जातका गोलिया तथा विभिन्न प्रजातिका दाउरा बिक्री गर्न बोलपत्र आह्वान गरेको हो। समूहले सार्वजनिक गरेको सूचनाअनुसार बिक्रीका लागि असना जातका २७० थान गोलिया रहेका छन्। ती गोलियाको कुल परिमाण […]
सामुदायिक वनमा आधारित उद्यम र हरित रोजगारीलाई प्राथमिकता मन्त्री चौधरीको जोड
काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सामुदायिक वनमा आधारित उद्यमशीलता, वनजन्य उत्पादनको प्रशोधन तथा बजारीकरण र हरित रोजगारी सिर्जनालाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिएकी छन्। सामुदायिक वन दिवसका अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले सामुदायिक वनले स्थानीय आवश्यकता पूर्ति, जीविकोपार्जन सुधार, उद्यमशीलता विकास र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरिन्। […]
रसुवाको डाँडामा आशाको बीउ, जब ड्रोनले हुस्सुभित्रैबाट छर्यो हरियालीको सपना
अनुपा शर्मा रसुवाको गत्लाङमा बिहानको हुस्सु अझै हटिसकेको थिएन। चिसो हावा पहाडका डाँडाकाँडा हुँदै बिस्तारै बगिरहेको थियो। कतै हरियो वनको झल्को देखिन्थ्यो, कतै वर्षौँअघि लागेको डढेलोको कालो इतिहास बोकेका रूखका ठुटा आकाशतिर फर्किएर उभिएका थिए।त्यही मौन डाँडामाथि अचानक एउटा आवाज सुनियो। आकाशमा ड्रोन देखियो। तर त्यो केवल प्रविधिको प्रदर्शन थिएन। ड्रोनको पेटबाट झरिरहेका साना–साना […]
‘अबको सामुदायिक वनः युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो व्यवस्थापन’ नारासहित आज सामुदायिक वन दिवस मनाइँदै
काठमाडौं । सामुदायिक वनको संरक्षण, संवर्द्धन र दिगो व्यवस्थापनमा स्थानीय समुदायको योगदानलाई सम्मान गर्दै आज साउन २५ गते सामुदायिक वन दिवस २०८३ देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस वर्षको सामुदायिक वन दिवस ‘अबको सामुदायिक वनः युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो व्यवस्थापन’ भन्ने नाराका साथ मनाउन लागिएको हो। दिवसका अवसरमा सामुदायिक वन उपभोक्ता समूह, स्थानीय […]
बारा वन, वन्यजन्तु र जैविक विविधताको समृद्ध सम्भावना, संरक्षणमा चुनौती
दिगो वन व्यवस्थापनसँगै वन्यजन्तु संरक्षण, स्थानीय सहभागिता र वनमा आधारित अर्थतन्त्रलाई जोड दिनुपर्ने आवश्यकता बारा। मधेश प्रदेशको महत्वपूर्ण तराई जिल्ला बारा कृषि, उद्योग र व्यापारका दृष्टिले मात्र होइन, वन, वन्यजन्तु तथा जैविक विविधताका हिसाबले पनि महत्वपूर्ण जिल्लाका रूपमा रहेको छ। तराईदेखि चुरेसम्म फैलिएको भौगोलिक बनोट, विभिन्न प्रकारका वन प्रणाली, वन्यजन्तुको आवागमन क्षेत्र तथा पर्सा राष्ट्रिय […]
बारामा वन अतिक्रमण हटाउन सुरु
बारा । बाराको निजगढ नगरपालिका–२ सिङ्गालस्थित वनदेवी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा अतिक्रमण गरी बसेका ११ वटा घरटहरा र केराखेती सोमबारबाट हटाउन सुरू गरिएको छ।डिभिजन वन कार्यालय बाराले अतिक्रमित वन क्षेत्रमा वर्षौंदेखि लगाउँदै आएको केराखेतीसमेत एक्साभेटरले नष्ट गर्दै अतिक्रमित वन क्षेत्र वन कार्यालयले पुन : फिर्ता लिएको हो। वन कार्यालय, बाराले अतिक्रमित वन क्षेत्रमा […]

