ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

सामुदायिक वन दिवस २०८३ अध्ययन–छलफल सम्पन्न

काठमाडाैं । सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आयोजनामा सप्ताहव्यापी रूपमा मनाइँदै आएको सामुदायिक वन दिवस २०८३ कार्यक्रमअन्तर्गत आज चौथो दिन हरियाली सामुदायिक वन उपभोक्ता समूह (भक्तपुर–काभ्रे) को अध्ययन तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

भक्तपुर र काभ्रे दुई जिल्लाका उपभोक्तालाई समेटेर सञ्चालित यस सामुदायिक वनले विगतमा नाङ्गो डाँडाका रूपमा रहेको क्षेत्रलाई वृक्षरोपणमार्फत हराभरा वनमा रूपान्तरण गरेको सफल अभ्यास प्रस्तुत गरेको छ।

वन क्षेत्रमा निर्माण गरिएको रिचार्ज पोखरी, नियमित वन व्यवस्थापन, तथा वन क्षेत्रमा स्थापित दूरसञ्चार टावरबाट प्राप्त हुने नियमित आम्दानी सामुदायिक वनको दिगो व्यवस्थापनका पक्षका रूपमा प्रस्तुत गरिएका थिए।

छलफलका क्रममा यस समूहले विगतमा सञ्चालन गरेको चारकोल उद्योग सम्बन्धी अनुभव तथा वन संरक्षण, स्रोत व्यवस्थापन र समुदायको सहभागितामूलक अभ्यासबारे समेत जानकारी आदानप्रदान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनमा युवा नेतृत्वलाई अझ सुदृढ बनाउँदै ‘युवासँग महिला, युवासँग उद्योग, युवासँग पर्यापर्यटन र युवासँग अवसर’ भन्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । उनले सामुदायिक वनलाई संरक्षणसँगै रोजगारी सिर्जना, उद्यमशीलता, महिला सशक्तीकरण, प्रकृति पर्यटन तथा स्थानीय आर्थिक समृद्धिको आधारका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरे ।

उक्त अध्ययन–अवलोकन कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका वरिष्ठ उपाध्यक्ष, महासचिव, सचिव, भक्तपुर जिल्ला महासंघका अध्यक्ष तथा सचिव, हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष, कोषाध्यक्ष, कार्यसमिति सदस्यहरू तथा उपभोक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यस अध्ययन–छलफल कार्यक्रमले सामुदायिक वनका सफल अभ्यासहरूको आदानप्रदान गर्दै दिगो वन व्यवस्थापन, समुदायको सहभागिता र स्थानीय विकासलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top