ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

दिगो वन व्यवस्थापनबाट बाँकेमा काठ उत्पादन र रोजगारी दुवै बढ्ने

बाँके । बाँके जिल्लामा कार्यान्वयनमा रहेको दिगो वन व्यवस्थापन कार्यक्रमले वन पैदावार उत्पादनमा उल्लेख्य वृद्धि ल्याउने अपेक्षा गरिएको छ।

डिभिजन वन कार्यालय बाँकेका अनुसार वन सम्वर्धन प्रणालीमार्फत सञ्चालन भइरहेको कार्यक्रमबाट वार्षिक करिब १० लाख क्युफिट काठ र १ हजार ८ सय चट्टा दाउरा उत्पादन हुने प्रक्षेपण गरिएको छ।

कार्यालय प्रमुख शंकरप्रसाद गुप्ताले वन व्यवस्थापनलाई वैज्ञानिक र योजनाबद्ध ढंगले अघि बढाइएकाले जिल्लाभित्र काठ तथा दाउराको आपूर्ति सहज हुने बताए । उनका अनुसार यस अभियानले स्थानीय स्रोतको उपयोग बढाउनुका साथै करिब १० हजार नागरिकलाई वर्षभरि प्रत्यक्ष रोजगारी उपलब्ध गराउने सम्भावना रहेको छ।

योजनाअनुसार चालु आर्थिक वर्ष २०८२ \८३ मा राप्तीसोनारी गाउँपालिकामा दुई नयाँ चक्ला वन विकास गरिएको छ। योजना शाखा प्रमुख तथा सहायक वन अधिकृत सुशील सुवेदीका अनुसार वडा नं. ३ र ४ मा भुवर भवानी तथा वडा नं. १ मा खर्चेताल चक्ला वन निर्माण भएसँगै जिल्लामा चक्ला वनको संख्या तीन पुगेको छ। यसअघि उक्त क्षेत्रमा माथेवास–शम्शेरगञ्जमा मात्र चक्ला वन रहेको थियो।

बाँकेमा हाल सरकारी संरक्षित क्षेत्रबाहेक २४७ वटा वन क्षेत्र रहेका छन्। तीमध्ये ११९ सामुदायिक वन, चार धार्मिक वन र १२४ निजी वन छन्।

जिल्लाको कुल १ लाख १९ हजार ९३९ हेक्टर वन क्षेत्रमध्ये ५२ प्रतिशत भाग बाँके राष्ट्रिय निकुञ्जभित्र पर्दछ भने बाँकी ४८ प्रतिशत क्षेत्र डिभिजन वन कार्यालयको व्यवस्थापन तथा संरक्षणको दायरामा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top