ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

दिगो वन व्यवस्थापनबाट बाँकेमा काठ उत्पादन र रोजगारी दुवै बढ्ने

बाँके । बाँके जिल्लामा कार्यान्वयनमा रहेको दिगो वन व्यवस्थापन कार्यक्रमले वन पैदावार उत्पादनमा उल्लेख्य वृद्धि ल्याउने अपेक्षा गरिएको छ।

डिभिजन वन कार्यालय बाँकेका अनुसार वन सम्वर्धन प्रणालीमार्फत सञ्चालन भइरहेको कार्यक्रमबाट वार्षिक करिब १० लाख क्युफिट काठ र १ हजार ८ सय चट्टा दाउरा उत्पादन हुने प्रक्षेपण गरिएको छ।

कार्यालय प्रमुख शंकरप्रसाद गुप्ताले वन व्यवस्थापनलाई वैज्ञानिक र योजनाबद्ध ढंगले अघि बढाइएकाले जिल्लाभित्र काठ तथा दाउराको आपूर्ति सहज हुने बताए । उनका अनुसार यस अभियानले स्थानीय स्रोतको उपयोग बढाउनुका साथै करिब १० हजार नागरिकलाई वर्षभरि प्रत्यक्ष रोजगारी उपलब्ध गराउने सम्भावना रहेको छ।

योजनाअनुसार चालु आर्थिक वर्ष २०८२ \८३ मा राप्तीसोनारी गाउँपालिकामा दुई नयाँ चक्ला वन विकास गरिएको छ। योजना शाखा प्रमुख तथा सहायक वन अधिकृत सुशील सुवेदीका अनुसार वडा नं. ३ र ४ मा भुवर भवानी तथा वडा नं. १ मा खर्चेताल चक्ला वन निर्माण भएसँगै जिल्लामा चक्ला वनको संख्या तीन पुगेको छ। यसअघि उक्त क्षेत्रमा माथेवास–शम्शेरगञ्जमा मात्र चक्ला वन रहेको थियो।

बाँकेमा हाल सरकारी संरक्षित क्षेत्रबाहेक २४७ वटा वन क्षेत्र रहेका छन्। तीमध्ये ११९ सामुदायिक वन, चार धार्मिक वन र १२४ निजी वन छन्।

जिल्लाको कुल १ लाख १९ हजार ९३९ हेक्टर वन क्षेत्रमध्ये ५२ प्रतिशत भाग बाँके राष्ट्रिय निकुञ्जभित्र पर्दछ भने बाँकी ४८ प्रतिशत क्षेत्र डिभिजन वन कार्यालयको व्यवस्थापन तथा संरक्षणको दायरामा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top