ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

हामीले खोजेको कर्मचारीतन्त्र

मनोज न्यौपाने

कर्मचारी वा भनौ सार्वजनिक सेवामा खटिएका कर्मचारी भने पछि के आउछ तपाईको दिमागमा ? खुसखोर , भष्ट्रचारी र नैतिकता विहिन ? वा केही हिस्सा त्यस्ता व्यक्ति भित्र पर्नुहुन्छ जो केही कर्मचारी राम्रा वा असल पनि छन् भनि सोच्छन् ?

असल कर्मचारीको नैतिकता र निष्ठा तथा कर्मचारीतन्त्रको सुधारको वरिपरि यो आलेख तयार पारिएको छ ।

शासनको अवधारणा अन्तर्गत सामाजिक करारका माध्यमबाट जनताबाट निर्वाचित वा अनुमोदित भएका प्रतिनिधिले बनाएको तथा राज्यले निर्कोल गरेका पराम्परागत कार्य र नेपालजस्तो विकासउन्मुख राज्यलाई भ्यागुते छलाङ लगाई प्रथम विश्वसम्म पुर्याउने लगायतका कार्यमा सार्वजनिक सेवाको अहम् भूमिका हुन्छ ।

सामान्यतया, कर्मचारीतन्त्रलाई राज्य सन्चालनको मुटु मानिन्छ । सरकारको लक्ष्य निर्धारण र सेवा सन्चालनलाई गाडी मान्ने हो भने त्यसको ईन्जिन कर्मचारीतन्त्र हो ।तपाई कुनै गाडी किन्न जानुहुन्छ अनि ईन्जिन खराब छ भन्ने थाहा भयो भने के तपाई त्यो गाडी किन्नु हुन्छ रु पक्कै किन्नुहुन्न ।

अब अर्को प्रश्न आउछ । तपाईसँग विकल्पै छैन त्यही गाडी लिनैपर्छ अनि के गर्नुहुन्छ त ?

अवश्य, त्यो गाडीको ईन्जिन परिवर्तन गर्न खोज्नुहुन्छ । तर तपाईसँग विकल्प हुदाँ पनि किन परिवर्तन गर्नु भएको छैन भन्नै नै सार्वजनिक सेवा र निजामती सेवाको रुपान्तरणसँग जोडिएको छ ।

देशको ईन्जिन मक्कि सक्दा पनि किन कहिले टायर त कहिले बत्ती फेरेर परिवर्तन भयो भनि दिवास्वप्नमा रमाएको छौ त ? यै, ईन्जिनको फुल सर्भिसिङ र समसामयिक परिवर्तनको बारेमा यहाँ उठान गर्ने प्रयत्न गरेको छु ।

पहिलो कुरा हामी सवैले के मनन् गर्नु पर्छ भने नि हाम्रो समाजमा भएका कुल कर्मचारी मध्ये केही प्रतिशतमात्र खराब छन् तर यी यति प्रभावशाली छन् कि उनीहरुले नै समग्र कर्मचारीतन्त्रको प्रतिनितिध्व गरेको झै देखिन्छ । तपाई ईमान्दार, नैतिकवान वा निष्ठावान हुनुहुन्छ भन्ने तपाईको मूल्य (के खराब वा सहि हो मान्ने अवस्था वा तपाईको झुकाव कता छ?) , मान्यता (समाजले के लाई स्वीकार्छ वा स्वीकार्दैन), नैतिकता (तपाईलाई के सही वा गलत लाग्छ ?? , सदाचार(नियामक नहुदा पनि नियम मान्नु हुन्छ ?) र निष्ठा (परिस्थिति कठिन हुदाँ पनि तपाईको नैतिकता कायम गर्नहुन्छ कि हुदैन ?) सँग प्रत्यक्ष र अन्योन्याश्रित सम्बन्ध राख्दछ । मानिस राम्रो कि नराम्रो वा कसरी अगाडी बढ्नु पर्छ भन्ने बग्रेल्ती सिद्धान्त पाईन्छ ।

त्यसमध्ये मेकग्रेगरको सिद्धान्त पनि एक हो र उनले भन्छन् ( कर्मचारी दुई प्रकारका हुन्छन् । एक प्रकारका ती हुन (थ्योरि एक्स) जो काम गर्न पनि चाहदैनन् र जिम्मेवारीबाट भाग्छन् र तिनिहरुलाई ठिक पार्न नियन्त्रण र कठोर नियम लगाउनु पर्छ । अर्का थरी कर्मचारी (थ्योरी वाइ) काम गर्न इच्छुक र जिम्मेवार हुन्छन् र उनीहरुलाई स्वतन्त्रता, अवसर र चुनौती दिईयो भने उत्कृष्ट प्रदशन गर्दछन् र उनीहरुको आत्मसन्तुष्टी र प्राप्त अवसरमा आर्थिक उपार्जन भन्दा बढी झुकाव हुन्छ ।जसरी दौडमा सहभागी हुने घोडाले यता उता हेर्छ र काम विगार्छ भनेर ब्लाईन्डर राखिन्छ नि त्यसै गरी कर्मचारीलाई निर्दिष्ट मार्गबाट नभड्‌किओस् भनि कानुन र नियमले बाधेर राखिएको हुन्छ ।

नेपालको परिवेक्षमा घोडाको आखाँमा राखेको ब्लाईन्डर जसरी मात्र होईन कि काठमाण्डौमा मोमो बनाउन लगिएको ट्रकमा राखिएको भैसिलाई जस्तो कर्मचारीलाई कानुनको बिचमा राखिन्छ ।हलचल गर्न नसक्ने गरेर ।नेपालका अधिकाशं नियम थ्योरी एक्सको आधारमा बनेका छन् । विभिन्न नियम र कार्यविधिमा भएका समस्याका बारेमा त हामी अधिक सुनेकै छौ र केहि छलफल भएकै छन् तर आज नैतिकता र निष्ठासँग सम्बन्धित विषयमा छलफल गर्छौ ।

तत्कालिन सचिव निर्वाचन आयोगमा हुदा करौडाका गाडी कार्यालयमै मौजुदा भएको अवस्थामा थप नयाँ किन्ने प्रस्ताव अगाडी नबढाउदा त्यहाँबाट सरुवा भएको उदाहरण वा अनेकौ अरु उदाहरणले हामीलाई देशको समस्या कहा छ भन्ने स्पष्ट आकृति दिन्छ ।अझ, गलत प्रकृया नढाउनुमा म समस्या देख्दिन तर अरु ठाँउमा यस्तै हुदाँ अर्को कर्मचारी आएर सहजै ती पहिले नभएको कार्य गरेको देख्दा पो समस्या देख्छु ।

पछिल्लो ले गर्न मान्नेरमिल्ने कुरा किन अगाडीकोले नगरेको भनेर राजनैतिक नेतृत्वले भन्नुमा र रोजेको सचिव राख्नुमा पनि नेतृत्वको मात्र दोष देख्दिन किनकि दुवैले एकै सपथ खाएका र एकै निजामती ऐन मान्ने गर्दछन् ।

अब, आँउ किन फरक पर्यो त अघिल्लो र पछिल्लो कर्मचारीमा भन्ने सवाल तर्फ । यसमा चाही तपाईको दृष्टिमा भर पर्छ । जस्तो दृष्टि( उस्तै सृष्टि । तपाईको घरमा एक जना बेलायती आएर बसे र विहान उठ्दा तपाईको भाले बास्दा कस्तो आवाज गर्यो भनि सोधियो भयो भने तपाई त निर्धक हुनुहुन्छ – कुखुरी काँ । बेलायती साथीले चाहि त्यै बासेको अवस्थालाई भालेले कक-अ-डुडल-डु सुन्छ ।यो नै कर्मचारी बिचको फरकको सार हो ।

यहाँ फरक भौगोलिकता र कण्ठियताले पारेको होला तर सार्वजनिक प्रशासनमा तपाईको इमान्दारीता, नैतिकता र सदाचारमा भर पर्छ ।हाम्रो देशमा अधिकांश स्थानमा बढी जिम्मेवारी हुने र कसैलाई विगार्न वा बनाउन सक्ने अड्डाहरु जसलाई चलनचल्तीको भाषामा आकर्षक अड्डा भन्ने गरिन्छ, त्यहाँ तुलनात्मक रुपमा बढी विवादित र ट्रायक रेकर्ड नराम्रा भएका कर्मचारीलाई राखिएको उल्लेख गरेका अनेकौ लेखहरु पाउछौँ ।

यी खराब भनिएका कर्मचारी आफ्ना हाकिम र राजनैतिक नेतृत्वको नजिक जान्छन् अनि एक चस्मा उपहार दिईहाल्छन् जुन लगाएपछी असल र ईमान्दार कर्मचारीलाई खराब देख्न थाल्छन् र समस्याको जडनै उनीहरु भए झै लाग्छ संगठनलाई । त्यो रिचार्जवेल चस्माको रिचार्जको लागि घरीघरी उच्च नेतृत्वको नजिक गई कपोकल्पित कथा नामक चार्जरले रिचार्ज गर्दिन्छन् ।

तब उच्च नेतृत्व नै के शास्वत सत्य हो भनि रनभुल्लमा पर्दछ ।प्रणाली नभएकाले कुनै कुराको मापदण्ड हुन्न धेरै कुरामा पहिले नहुने कुरा NTC वा NCELL वा कुवेरले सम्पर्क स्थापित गरिदिएपछि भएका उदाहरण भरमार पढ्न वा सुन्न पाईन्छ । अझ, आफ्नै झण्डा अंकित चस्माको ब्रान्ड भए त सो लगाएका सवै असल देख्ने प्रवृतिको बारेमा त अर्को आलेख नै तयार हुन सक्छ ।यो भन्दै गर्दा धेरै मात्रामा भएका सवल र सक्षम नेतृत्वको प्रशंशा चाही गर्न छुटाउन हुदैन । चस्मा दिने केही थान कर्मचारी र उनको झुण्डमा हुने केही प्रतिशत कर्मचारीले नै पुरै सार्वजनिक प्रशासनलाई सिनो झै गनाउने बनाउन उद्यत छन् ।

अव लागौ, यो अवस्था कसरी आयो त भन्ने अर्को अहम् सवाल तर्फ ।माओत्सेतुङले राजनितिक सत्ता बन्दुकको नालबाट निस्कन्छ भने राजनीतिक परिवेशमा तर अचम्म चाही के छ भने चार्ल्स ग्युटिउको सन् १८८१ बन्दुकको नालबाट योग्यतामा आधारित सार्वजनिक प्रशासनले पनि सन् १८५४ को बेलायती क्षमतामा आधारित प्रणालीलाई स्थापित गरिदियो । पदको लिलामी प्रथा, नातावादरकृपावाद हुदै लुटप्रथासम्म पुगेको प्रणालीलाई अमेरिकी राष्ट्रपतिको हत्यापछी पेनडलटन सिभिल सर्भिस सुधार ऐन मार्फत योग्यता र क्षमताको आधार सम्म पुग्यो । यता नेपालको परिवेश चाहि केहि फरक छ ।

पाडे, पन्त, बोहरा, खनाल, राना र अर्यालको वरिपरि घुमेको सेवा समयसँगै पजनी, पर्चा हुदै हालको अवस्थामा पुगेको छ ।गौतम काण्ड र आफ्नो छोरीलाई सवै उत्तरमा अ (सी) लेख्न लगाएर पछि त्यसलाई उत्तर अनुसारको ब, द,अ र म बनाई पुणाङ्कतोड नम्बर ल्याउने निन्जा टेक्निक भएका पिताकाण्ड जस्ता छिटपुट घटना भएतापनि एक निर्विवादित, पारदर्शि तथा दक्षता र क्षमतामा आधारित कर्मचारी चयन गर्ने एक पवित्र निकाएको रुपमा लोकसेवा आयोगले आफुलाई सतिसाल झै उभ्याएको छ । यहासम्म केही समस्या छैन । कर्मचारी जब कार्यालय हुदै खटन पटन र सरुवा हुने प्रणालीमा पुग्छ तब सार्वजनिक प्रशासनका पैया ढुलमुलाउन थाल्छन् ।

सरुवा गर्ने निकायका स्वकीय सचिवको रेटको जानकारी तथा बार्गेनिङको संवाद त राष्ट्रिय मेडियामा आएकै छन् ।कुनै पद भनेको व्यापक परिवर्तन गरी प्रभावकारीता, कुशलता, बचतशीलता र औचित्यपुष्टीको अवसर हो कि अरु केही भन्ने चाहि अरिस्टोटलले भनेझै देशको मुल निति राजनीतिमा आएर ठोकिन्छ । देशको मुल नै राजनीति भएकाले सो स्वच्छ हुन जरुरी छ ।भड्किलो र खर्चिलो निर्वाचन, राजनीतिलाई आफ्नो व्यापारसँग अन्तरघोलित गर्ने केही थान व्यापारी राजनितिज्ञ र लोभिपापी मतदाता र कम देख्ने चौथोअंग भएसम्म सुधारको बाटो अनुमोदित कल्याणकारी तानाशाह विना सम्भव छैन ।वर्तमान प्रजातान्त्रिक प्रणालीमा पनि रुपान्तरणकारी परिवर्तन चाही सम्भव छ ।

कोहि कर्मचारि किन नैतिकताको लिकबाट बाहिरिन्छ भन्ने अर्को बृहतम विषयतर्फ डुबुल्की मार्दा धेरै नभए पनि चम्चा जति जल त पक्कै निकाल्न सकिएला भन्ने अनुमानका साथ अगाडी बढौं ।यी कुरा गर्दा महका कालजयी दुई श्रृङ्खला मानस पटलमा ढक्ढकाउछ ।पहिलो दशै र दोस्रो भाईरस । दशै र हालैको बालेनको गितमा धेरै कुरा मिल्छन् ।

ईमान्दार र प्रभावदार बन्नुमा के फरक छ र कसरी अवोध बालकले – बा हामीले खसी कहिले ल्याउने रु भनि मुटुमा ढ्याङ्रोले ठोकैझे हान्ने प्रश्न गर्दै गर्दा उनका हाकिमले विभिन्न ठाँउमा खसी बाड्न कसरी सक्छन् रु र बालेनको आम नेपाली बुबाले बार्बि डल किन्न नसक्दा कसरी छिमेकी हाकिमको घरमा नियमित कक टेल पार्टी हुन्छ भन्ने प्रश्नमा धेरै अन्तर देखिदैन ।

अर्को तिर कसरी एक ईमानदार कर्मचारीको नैतिकता र निष्ठामा भाईरस लाग्छ भनि भाईरस टेलिसिरियलमा प्रष्ट देखाईएको छ । ईमानदारीता र नैतिकता सार्है गर्हुङ्गो हुन्छ र बोकि हिन्न कठिन पनि । छेउमा केहि नबोकि फुक्काफाल रुपमा अझ कतिपय अवस्थामा झन्डा अंकित गाडीमा माथिल्लो निकायको व्यक्तित्वले दिएको दण्डहिनताको तातो लुगा झल्काउदै , रमाउदै हिडेको देख्दा र उसैलाई सवैले सराहुँदा कतिसम्म बोकोस् त्यो भारी ? यो आलेख मार्फत त्यो कठिन भारी अवकाश नामक गन्तव्य र अवकास पछि पनि विभिन्न जिम्मेवारीमा रहदा सम्म पनि बोकिहिड्ने ती महान् व्यक्तित्वहरुलाई पनि कोटी कोटी नमन ।

अब, सवैलाई कसरी असल बनाउन सकिएला भन्ने तर्फ लागि यसलाई विट मार्न तर्फ लागौँ ।

मस्तिस्कमा ईमानदारी, काधमा जिम्मेवारी र भविष्य सुरक्षित राख्ने व्यवस्था गरेपछि हामी कडाईका साथ जस्तो पनि निर्णय गर्न सक्छौ । कुपोशित घोडालाई जति नै अनुशासनमा राखेपनि चौरमा जानसाथ मिलेसम्म छिमेकीको बाली खान्छस् , खान्छ ।तसर्थ, पुग्ने आहारा दिनु नै प्रथम आवश्यकता हो । हाम्रा छिमेकी मुलुकमा पनि करिब करिब हाम्रै हाराहारीमा बेसिक स्केल छ तर अन्य सुविधा धेरै छन् ।

यसरी नै सरकारले निजामती अस्पतालमा अन्य सुरक्षा निकायजस्तै कर्मचारी र निजको परिवारलाई निशुल्क स्वास्थोपचार वा उत्कृष्ट लेभलको अस्पतालमा उपचार गर्न सक्ने बिमा कार्यक्रम तथा सो को हरेक प्रदेशमा विस्तार तत्कालै गर्ने तथा ठुला निकाएमा तथा जिल्ला सदरमुकामहरुमा दशौतलाको अपार्टमेन्ट मोडलका आवास गृह र शिक्षाको लागी हरेक जिल्लास्तरमा विद्यालय वा भएका मध्ये नै कुनैलाई विशिष्टिकृत गरी विश्वस्तरिय शिक्षा दिन सक्ने बनायौँ र उच्च शिक्षाको लागि सुनिश्चितता गर्न सक्यौ भने फरक दृष्य पक्कै सृजना होला ।

समस्या जडको रुपमा देखिएको सरुवा प्रणाली र त्यसकै ईन्धनमा हिडेको दुषित ट्रेड युनियन पराम्परा र राजनीतिक संरक्षण अनुमानयोग्य, सम्पूर्ण भौगोलिक क्षेत्र ओगट्ने गरी स्वचालित प्रणालीगत सरुवा गर्न सकियो भने राजहासले दुध र पानी छुट्टाँएझै कर्मचारी पनि छुट्टिन्छन् भने उता ट्रेड युनियन पनि कन्चन बन्नेछ ।यसपछिको कर्मचारीतन्त्र सवल,सक्षम, कुशल, उच्च नैतिकता प्रर्दशन तथा सदाचार युक्त हुनेछ र र देशको ईन्जिन परिवर्तन भई देश नै परिवर्तन हुनेछ । अहिले हेर्दा गन्तब्य धेरै टाढाँ त देखिएला तर लाओजी ले भने जस्तै हजारमाईलको यात्रा एक पाईलाबाटै सुरु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top