ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

बारामा वन अतिक्रमण हटाउन सुरु

बारा । बाराको निजगढ नगरपालिका–२ सिङ्गालस्थित वनदेवी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा अतिक्रमण गरी बसेका ११ वटा घरटहरा र केराखेती सोमबारबाट हटाउन सुरू गरिएको छ।डिभिजन वन कार्यालय बाराले अतिक्रमित वन क्षेत्रमा वर्षौंदेखि लगाउँदै आएको केराखेतीसमेत एक्साभेटरले नष्ट गर्दै अतिक्रमित वन क्षेत्र वन कार्यालयले पुन : फिर्ता लिएको हो।

​वन कार्यालय, बाराले अतिक्रमित वन क्षेत्रमा बसेका पीडित घरधनीहरूले घर र टहरामा प्रयोग गरिएका जस्तापाता, टायल, झ्याल, ढोका सुरक्षित स्थानमा लैजाने कार्य केही दिनदेखि सुरू गरेका थिए। पीडितहरूले आफूहरूले वन क्षेत्र फाँडानी गरी नबसेको, विभिन्न व्यक्तिहरू र विद्यालयसँग किनेर बसेको र आफूसँग लिखत सुरक्षित रहेको बताउँदै आफूहरूलाई बासको सुरक्षित र स्थायी रूपमा प्रत्याभूति गरिदिन आग्रह गर्दै आएका थिए।

​सो वन क्षेत्रको जग्गामा आफूहरूले काठेघर र टहरा मात्रै बनाएर बसेको भएपनि पक्की घर बनाएर बस्दा वन कार्यालयले नउठाउने, अन्यथा उठाउने भन्दै भूमाफिया गिरोहले उक्साएको पीडितहरूले बताए। सो घरधुरीमध्ये आधाभन्दा बढीमा जस्तापाताको छानासहितको पक्की संरचना निर्माण गरिएका छन्।अतिक्रमित वन क्षेत्रको करीब १३.००२४ हेक्टर जग्गामा २०८१ सालमा काँडे तारबार गरी विभिन्न प्रजातिका बिरुवा रोपिसकिएको छ।

अहिले खाली गराइएको आठ हेक्टर अतिक्रमित वन क्षेत्रमा काँडे तारबार गरी जामुन र टीक प्रजातिका बिरुवा रोपण गरिने निजगढ सबडिभिजन वन कार्यालय भमराकी प्रमुख एवं वन अधिकृत शर्मिला नेपालले बताइन्।

​जिल्लाका अन्य स्थानमा रहेका अतिक्रमित वन क्षेत्रलाई पहिचान गरी खाली गराएर पुन : वृक्षारोपण गर्ने योजना पनि रहेको डिभिजन वन कार्यालय, बाराका प्रमुख एवं डिएफओ सुजीतकुमार झाले जानकारी दिए।

​अतिक्रमित जग्गा खाली गराउन वन कार्यालय, बाराका वन कर्मचारी, सशस्त्र वनरक्षक, वनरक्षक, इप्रका, निजगढका प्रहरी निरीक्षक दाताराम अधिकारी, इप्रका, कोल्हवीका प्रहरी नायब निरीक्षक कुमारप्रसाद मैनाली, अस्थायी प्रहरी चौकी सिङ्गाौलका इन्चार्ज मनोज तिवारीलगायतको नेतृत्व र सशस्त्र प्रहरी बेस निजगढको सुरक्षा टोली खटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top