ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

महोत्तरीमा सिमलका ८ थान गोलिया काठ बरामद

महोत्तरी । डिभिजन वन कार्यालय महोत्तरीले विशेष सूचनाका आधारमा जिल्लाको सोनमा गाउँपालिका–५, खैरबानीबाट सिमल जातका ८ थान गोलिया काठ बरामद गरेको छ।

२०८३ भदौ २१ गते प्राप्त विशेष सूचनाका आधारमा डिभिजन वन कार्यालय महोत्तरीका कर्मचारीले खैरबानी प्रहरी कार्यालयको सहयोगमा संयुक्त रूपमा खोजतलास गरेका थिए। सो क्रममा आँपको रुखमुनि लुकाइराखिएको अवस्थामा एक थान ट्रेलरमा लोड गरिएको सिमल जातका ८ थान गोलिया काठ बरामद गरिएको हो।

बरामद काठ आवश्यक कानुनी प्रक्रियाका लागि डिभिजन वन कार्यालय महोत्तरीको नियन्त्रणमा राखिएको छ। काठ कहाँबाट ल्याइएको हो र त्यसमा संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ। वन पैदावारको अवैध ओसारपसार तथा चोरी–तस्करी नियन्त्रणका लागि वन कार्यालयले विशेष सूचनाका आधारमा निगरानी तथा खोजतलासलाई तीव्र बनाएको जनाएको छ।

उक्त काठ बरामद गर्ने अभियानमा सक्रियता देखाएको भन्दै डिभिजनल वन अधिकृत सन्तोष जिसी, रेन्जर सुमन श्रेष्ठ लगायत वन कर्मचारी तथा खैरबानी प्रहरीलाई धन्यवाद व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top