काठमाडौं ।नेपालमा व्यावसायिक रूपमा वन्यजन्तुको पालन, प्रजनन तथा उपयोगलाई थप व्यवस्थित र समयसापेक्ष बनाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गृहकार्य सुरु गरेको छ।
यसका लागि विभागले ‘व्यावसायिक रूपमा वन्यजन्तुको पालन, प्रजनन तथा उपयोग सम्बन्धी मापदण्ड, २०८०’ परिमार्जन गर्न सरोकारवालाहरूबाट राय, सुझाव र प्रतिक्रिया माग गरेको छ।
विभागले जारी गरेको सूचना अनुसार वन्यजन्तु पालन तथा उपयोगसम्बन्धी मौजुदा मापदण्डलाई थप प्रभावकारी बनाउन परिमार्जन गर्न लागिएको हो। थप जानकारी आवश्यक परेमा विभागको फोन नम्बर ०१ -५३२०८५० (ईकोलोजी शाखा) मा सम्पर्क गर्न सकिने विभागले जनाएको छ।


