ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

वन सेवामा दुर्लभ संयोग २०७४ व्याचका १३ अधिकृत एकैसाथ संघ र सातै प्रदेशमा उपसचिव

काठमाडौं । नेपाल वन सेवामा एकै वर्ष अधिकृतका रूपमा प्रवेश गरेका १३ जना वन कर्मचारीहरू संघ तथा सातौं वटै प्रदेशका लोक सेवा आयोगमार्फत उपसचिव पदमा पदोन्नति हुन सफल भएका छन्।

​समान व्याचका साथीहरू एकैसाथ संघ र देशका सातै प्रदेशका लोक सेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षा तथा मूल्याङ्कन प्रक्रिया पार गर्दै नवौं तह (उपसचिव) मा सिफारिस हुनुलाई निजामती सेवामा एक दुर्लभ र सुखद संयोगका रूपमा लिइएको छ।

​वन तथा वातावरण क्षेत्रको विकास, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन र जैविक विविधता संरक्षणमा निरन्तर क्रियाशील रहेका यी अधिकृतहरूले प्रशासनिक क्षमता र दक्षता प्रदर्शन गर्दै यो सफलता हासिल गरेका हुन्।

पदोन्नति हुनेहरूमा  उपसचिवहरूमा संघमा अमरसिंह धामी,अनुपा सिलवाल,कोशी प्रदेशमा गजेन्द्र कुमार श्रेष्ठ, विक्रम अमात्य, राजन राई, मधेस प्रदेशमा, सूर्य प्रसाद मैनाली, बागमती प्रदेशमा महेश पौडेल, बिमला लम्साल, गण्डकी प्रदेशमा करूणा कार्की,लुम्बिनी प्रदेशमा मनोज न्यौपाने,कर्णाली प्रदेशमा गणेश त्रिपाठी, दिपेश के.सी.सुदूरपश्चिम प्रदेशमा निर्मला कुमारी फुलारा रहेका छन् ।

संघीयता कार्यान्वयनसँगै संघ र प्रदेश दुवै तहमा वन सेवालाई अझ सुदृढ, जनमुखी र नतिजामुखी बनाउन यी युवा नेतृत्वको भूमिका महत्त्वपूर्ण हुने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top