ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

सुक्दै गएका पानीका मुहानलाई संरक्षण गर्न मार्गचित्र सार्वजनिक

काठमाडाैं ।विश्व पानी सप्ताह २०२६ का लागि विश्वभरका नेताहरू स्वीडेनको स्टकहोममा भेला भइरहेका बेला नेपालमा सुक्दै गएका पानीका मुहानलाई पुनर्जीवित र संरक्षण गर्न मार्गचित्र सार्वजनिक गरिएको छ ।

नेपालका तीन जिल्लाका नौ स्थानीय सरकार प्रमुख तथा नेपाल नगरपालिका सङ्घका अध्यक्षले मूलधार व्यवस्थापन र सुशासनका लागि देशकै पहिलो उपराष्ट्रिय मार्गचित्र अनुमोदन गरी सार्वजनिक गरेका हुन् ।

उक्त मार्गचित्र अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र -इसिमोड_ मुख्यालयमा आज आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको हो । मार्गचित्र लाखौ+ नेपालीको पिउने पानी, घरायसी प्रयोजन, पशुपालन र सिँचाइको आवश्यकतासँग जोडिएका, तर सुक्दै गएका पानीका मुहानको संरक्षण तथा पुनःस्थापनाका लागि स्थानीय तहले आफ्नै स्वामित्वमा तयार गरेको कार्ययोजना हो ।

जलवायु परिवर्तन तथा मानवीय गतिविधिबाट सिर्जित विभिन्न कारणले नेपालभरका मुहानहरूमा बढ्दो दबाब परिरहेको महत्त्वपूर्ण समयमा यो पहल अगाडि बढाइएको छ । भूमिको उपयोगमा परिवर्तन, वन विनाश, जनसङ्ख्या वृद्धि, डढेलो, अत्यधिक चरिचरन तथा चरम मौसमी घटनालगायतका कारणले मुहानहरू थप जोखिममा परिरहेका छन् ।

काभ्रेपलाञ्चोकका सात नगरपालिका तथा गाउँपालिकामा नागरिक विज्ञानमा आधारित विधिबाट करिब पाँच हजार ७०० पानीका स्रोतको नक्साङ्कन गर्दा हाल प्रवाहमा रहेका मुहानमध्ये ५८ प्रतिशतमा पानीको बहाव घट्दै गएको तथा करिब एक चौथाइभन्दा बढी मुहानहरू पूर्ण रूपमा सुकिसकेका इसिमोडले जनाएको छ ।

राष्ट्रियस्तरमा नेपालको कुल जनसङ्ख्यामध्ये १६ प्रतिशतले मात्र सुरक्षित रूपमा व्यवस्थापन गरिएको खानेपानी सेवामा पहुँच पाएका छन् । यसको अर्थ, ग्रामीण क्षेत्रमा बसोबास गर्ने लाखौँ परिवारका लागि पानी लिन टाढासम्म हिँड्नुपर्ने, महिला तथा बालबालिकाको कामको बोझ बढ्ने र कृषि उत्पादकत्वमा कमी आउनु हो ।

मुहानहरू सुक्दै जानु भुटान, भारत र पाकिस्तानलगायत हिन्दूकुश हिमालय क्षेत्रका अन्य देशहरूमा पनि बढ्दो चिन्ताको विषय बनिरहेको छ । मार्गचित्र काभ्रेपलाञ्चोकका दुई गाउँपालिका र चार नगरपालिका, धनकुटाका दुई नगरपालिका र खोटाङको एउटा नगरपालिकाको सहभागिता तथा सहकार्यमा संयुक्त रूपमा तयार गरिएको हो ।

मूलधार व्यस्थापनका लागि स्थानीय सरकारहरूको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि गर्नु, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणप्रति उत्तरदायी मूलधार व्यवस्थापनलाई स्थानीय नीति, वार्षिक योजना तथा बजेट प्रक्रियामा समावेश गर्नु मार्गचित्रका प्रमुख उद्देश्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top