ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

श्री मङ्गलादेवी सामुदायिक वनमा १४५ थान गोलिया काठ लिलाम बिक्रीका लागि बोलपत्र आह्वान

चितवन। चितवनको कालिका नगरपालिका–८ स्थित श्री मङ्गलादेवी सामुदायिक वन उपभोक्ता समूहले गोलिया काठ लिलाम बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ।

समूहले साल, असना र बोटधयेरो प्रजातिका कुल १४५ थान गोलिया काठ लिलाम बिक्री गर्न लागेको हो। उक्त काठको कुल परिमाण १ हजार २९ दशमलव ५२ क्युबिक फिट रहेको छ।

लिलामका लागि काठको न्यूनतम मूल्याङ्कन रकम ७ लाख २२ हजार ९ सय ६३ रुपैयाँ तोकिएको छ। काठ संकलन खर्चबापत १ लाख ४४ हजार १ सय ३२ रुपैयाँ ५० पैसा छुट्टै उल्लेख गरिएको छ।

बोलपत्र फाराम २०८३ भदौ २४ गते कार्यालय समयभित्र खरिद गर्न सकिनेछ भने बोलपत्र दाखिला गर्ने अन्तिम मिति भदौ २५ गते दिउँसो १ बजेसम्म तोकिएको छ। प्राप्त बोलपत्र २०८३ भदौ २६ गते बिहान ११ बजे खोलिनेछ।

बोलपत्र फारामका लागि १ हजार रुपैयाँ शुल्क तोकिएको छ। बोलपत्रदाताले आफूले कबुल गरेको रकमको १० प्रतिशत बराबरको धरौटी कृषि विकास बैंक, टाँडी शाखामा जम्मा गरेको सक्कल भौचर वा कम्तीमा ६ महिनाको बैंक ग्यारेन्टी पेस गर्नुपर्नेछ।

बोलपत्रमा सहभागी हुन फर्म वा कम्पनीको दर्ता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, स्थायी लेखा नम्बर (प्यान) वा मूल्य अभिवृद्धि कर (भ्याट) दर्ता प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ।सामुदायिक वन उपभोक्ता समूहले तोकिएको प्रक्रिया र समयसीमाभित्र इच्छुक व्यक्ति, फर्म वा कम्पनीलाई बोलपत्रमा सहभागी हुन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top