ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

श्री मङ्गलादेवी सामुदायिक वनमा १४५ थान गोलिया काठ लिलाम बिक्रीका लागि बोलपत्र आह्वान

चितवन। चितवनको कालिका नगरपालिका–८ स्थित श्री मङ्गलादेवी सामुदायिक वन उपभोक्ता समूहले गोलिया काठ लिलाम बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ।

समूहले साल, असना र बोटधयेरो प्रजातिका कुल १४५ थान गोलिया काठ लिलाम बिक्री गर्न लागेको हो। उक्त काठको कुल परिमाण १ हजार २९ दशमलव ५२ क्युबिक फिट रहेको छ।

लिलामका लागि काठको न्यूनतम मूल्याङ्कन रकम ७ लाख २२ हजार ९ सय ६३ रुपैयाँ तोकिएको छ। काठ संकलन खर्चबापत १ लाख ४४ हजार १ सय ३२ रुपैयाँ ५० पैसा छुट्टै उल्लेख गरिएको छ।

बोलपत्र फाराम २०८३ भदौ २४ गते कार्यालय समयभित्र खरिद गर्न सकिनेछ भने बोलपत्र दाखिला गर्ने अन्तिम मिति भदौ २५ गते दिउँसो १ बजेसम्म तोकिएको छ। प्राप्त बोलपत्र २०८३ भदौ २६ गते बिहान ११ बजे खोलिनेछ।

बोलपत्र फारामका लागि १ हजार रुपैयाँ शुल्क तोकिएको छ। बोलपत्रदाताले आफूले कबुल गरेको रकमको १० प्रतिशत बराबरको धरौटी कृषि विकास बैंक, टाँडी शाखामा जम्मा गरेको सक्कल भौचर वा कम्तीमा ६ महिनाको बैंक ग्यारेन्टी पेस गर्नुपर्नेछ।

बोलपत्रमा सहभागी हुन फर्म वा कम्पनीको दर्ता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, स्थायी लेखा नम्बर (प्यान) वा मूल्य अभिवृद्धि कर (भ्याट) दर्ता प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ।सामुदायिक वन उपभोक्ता समूहले तोकिएको प्रक्रिया र समयसीमाभित्र इच्छुक व्यक्ति, फर्म वा कम्पनीलाई बोलपत्रमा सहभागी हुन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top