Author: Banka Kura

डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय

​काठमाडौं । वन तथा भू-संरक्षण विभागले असोजमा वडादसैंको घटस्थापना अगाडि नै देशभरका डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी थालेको छ। ​देशभरको वन व्यवस्थापन, भू-संरक्षण, वन्यजन्तु संरक्षण तथा समसामयिक नीतिगत विषयमा छलफल गर्न विभागले यो सम्मेलन आयोजना गर्न लागेको हो। सम्मेलनका लागि आवश्यक बजेट व्यवस्थापनका हेतुले हाल वन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन महाशाखासँग […]

वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव

काठमाडौं । सरकारले वन ऐन, २०७६ मा विभिन्न संशोधन गर्दै राष्ट्रिय वनको भू–उपयोग, दिगो वन व्यवस्थापन, पर्यापर्यटन पूर्वाधार, विकास आयोजना, वन्यजन्तु व्यवस्थापन, कार्बन व्यापार तथा वन अपराध अनुसन्धानसम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गरेको छ। सरकारले संसद्मा पेस गरेको ‘वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८३’ मार्फत वन क्षेत्रको व्यवस्थापन र उपयोगसम्बन्धी विद्यमान कानुनी […]

राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क (अमेरिका । संयुक्त राष्ट्रसङ्घको ८१औं महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा सुुरु भएको महासभा आगामी २९ ‘सेप्टेम्बर’सम्म जारी रहनेछ । ‘विश्वासको पुनस्र्थापना, रुपान्तरणको व्यवस्थापनः सबैका लागि काम गर्ने संयुक्त राष्टसङ्घ’ भन्ने नारासहित करिब २० दिन चल्ने महासभाको बैठकलाई अध्यक्ष खालिलुर रहमान र महासचिव एन्टोनिया गुटेरेसले सम्बोधन गरेका छन् । […]

सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद

इलाम । इलामको चुलाचुली गाउँपालिका–३ स्थित सुकुना खोलाबाट वन कर्मचारीले साल जातका चिरान काठसहित काठ ओसारपसारमा प्रयोग भएको मोटरसाइकल बरामद गरेका छन्। मंगलबार राति करिब ११स्२५ बजे चुलाचुली सब डिभिजन वन कार्यालय, बरगोठेका कर्मचारी सम्मिलित संयुक्त गस्ती टोलीले काठ लोड गरिएको अवस्थामा मे २ प २००५ नम्बरको हिरोहोन्डा मोटरसाइकल फेला पारेको हो। वन सहायक धनिरामसिंह […]

इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

इलाम । इलामको माई नगरपालिका–९ स्थित सोक्तिमभ्याली सामुदायिक वनमा साल जातको रुख कटान गरी काठ चिरान गरिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा डिभिजन वन कार्यालय इलामका वन अधिकृत तथा सूचना अधिकारी भुवनमणि शर्माको नेतृत्वमा माई सब–डिभिजन वन कार्यालय सुखानीका सशस्त्र वन रक्षकसहितको संयुक्त गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो । […]

मधेसका १५४ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त

जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लामा वन अतिक्रमण नियन्त्रण अभियानलाई गति दिएको छ । गत आर्थिक वर्ष २०८२-०८३ मा मधेस प्रदेशका जिल्लामा १५४ दशमलव ५५ हेक्टर क्षेत्रफल वनक्षेत्र अतिक्रमण मुक्त गरिएको मधेस प्रदेश वन निर्देशनालय जनकपुरधामले जनाएको छ । वन निर्देशनालयका सूचना अधिकारी सजन चौधरीका सो अवधिमा सबैभन्दा बढी पर्सामा १२० हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त […]

अर्नाको राजधानीमा विदेशी पर्यटक किन आउँदैनन्?

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी र विशाल घाँसे मैदानले भरिपूर्ण कोशी टप्पु वन्यजन्तु आरक्ष जैविक विविधताका दृष्टिले नेपालकै महत्वपूर्ण गन्तव्य हो। तर यही प्राकृतिक सम्पदाले भरिएको आरक्षमा विदेशी पर्यटकको आगमन भने निराशाजनक रूपमा न्यून छ। आर्थिक वर्ष २०७५-०७६ देखि २०८२-०८३ सम्म आठ वर्षमा कोशी टप्पु वन्यजन्तु आरक्षमा ९० हजार २८३ पर्यटक पुगेका छन्। […]

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

काठमाडाैं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न तथा जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भोटेकोशी बाढीको महाविपत्तिले नेपालको हिमाली पर्यावरण असाधारण रूपमा नाजुक अवस्थामा रहेको देखाएको बताए । उनले पछिल्लो विपत्तिले निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम […]

वन, वातावरण र पर्यटनलाई जोडेर समृद्धिको आधार बनाउने मन्त्री लिम्बुको प्रतिबद्धता

इलाम । कोशी प्रदेशकी पर्यटन, वन तथा वातावरण मन्त्री खिनु लङ्वा लिम्बुले वन, वातावरण र पर्यटन क्षेत्रबीच प्रभावकारी समन्वय गरी प्रदेशका प्राकृतिक तथा पर्यटकीय सम्भावनालाई स्थानीय आयआर्जनसँग जोड्ने बताएकी छन्। डिभिजन वन कार्यालय इलाममा आयोजित स्वागत तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री लिम्बुले वन क्षेत्रमा रहेका प्राकृतिक तथा पर्यटकीय सम्भावनाको पहिचान, संरक्षण र विकासमार्फत स्थानीय समुदायको […]

महोत्तरीमा सिमलका ८ थान गोलिया काठ बरामद

महोत्तरी । डिभिजन वन कार्यालय महोत्तरीले विशेष सूचनाका आधारमा जिल्लाको सोनमा गाउँपालिका–५, खैरबानीबाट सिमल जातका ८ थान गोलिया काठ बरामद गरेको छ। २०८३ भदौ २१ गते प्राप्त विशेष सूचनाका आधारमा डिभिजन वन कार्यालय महोत्तरीका कर्मचारीले खैरबानी प्रहरी कार्यालयको सहयोगमा संयुक्त रूपमा खोजतलास गरेका थिए। सो क्रममा आँपको रुखमुनि लुकाइराखिएको अवस्थामा एक थान ट्रेलरमा लोड गरिएको […]

Back To Top