चितवन । खगेरी खोला संरक्षण तथा व्यवस्थापनका लागि सरोकारवालाबीच असोज १३ गते बृहत छलफल कार्यक्रम आयोजना गरिने भएको छ। डिभिजन वन कार्यालय चितवनको पहलमा भएको छलफलले खोलाको दीर्घकालीन संरक्षण, व्यवस्थापन तथा आगामी योजनाका विषयमा सम्बन्धित सबै पक्षलाई सहभागी गराउने निर्णय गरेको हो। डिभिजन वन कार्यालय चितवनका वरिष्ठ डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यको अध्यक्षतामा भएको छलफलमा […]
नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते
राँझा । नेपालगञ्जमा बादरको आक्रमणमा परी ४० जना घाइते भएका छन् । बाँदरलाई लखेट्ने क्रममा आक्रमणमा परी सर्वसाधारण घाइते हुने गरेका छन् । पछिल्लो डेढ महिनामा मात्रै बाँदरको आक्रमणमा परी घाइते भएका ४० सर्वसाधारण नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको लागि आएको भेरी अस्पतालमा सर्प तथा जनावरजन्य टोकाइका बिरामीको बारेमा अध्ययन रहेका डा. बद्री चापागाईंले बताए । […]
वन क्षेत्रलाई समृद्धिको आधार बनाउन नसक्नु नै मुख्य चुनौती हो:वन प्राविधिक संघका महासचिव गोविन्द दाहालसँग ( अन्तर्वार्ता)
काठमाडाैं । नेपालको कुल भूभागको ठूलो हिस्सा वन क्षेत्रले ओगटेको छ। वनले वातावरणीय सन्तुलन, जैविक विविधता संरक्षण र जलवायु अनुकूलनमा योगदान पुर्याउनुका साथै काठ, जडीबुटी, वन्यजन्तु, पर्यापर्यटन र वनमा आधारित उद्योगमार्फत आर्थिक समृद्धिको सम्भावना पनि बोकेको छ। तर वन क्षेत्रको सम्भावना र यसको व्यावहारिक उपयोगबीच अझै ठूलो दूरी देखिन्छ। वन व्यवस्थापनका नीति, संघीय संरचनाअन्तर्गतका अधिकार, […]
सामुदायिक वनको संरक्षण, व्यवस्थापन र दिगो उपयोगबारे विद्यार्थीलाई स्थलगत ज्ञान
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकाय, हेटौंडाका विद्यार्थीहरूलाई सामुदायिक वनको संरक्षण, व्यवस्थापन तथा दिगो उपयोगसम्बन्धी स्थलगत प्रशिक्षण प्रदान गरिएको छ। विद्यार्थीहरूलाई पञ्चकन्या सामुदायिक वन, चतुर्मुखी सामुदायिक वन तथा भीमबली सामुदायिक वनको स्थलगत निरीक्षण गराउँदै वन संरक्षण र व्यवस्थापनका विभिन्न पक्षबारे जानकारी दिइएको हो। स्थलगत प्रशिक्षणका क्रममा विद्यार्थीहरूलाई सामुदायिक वनको संरक्षण तथा […]
संविधान दिवसको अवसरमा मोरङमा ७ सय बिरुवा रोपण
चिसाङ नदी उकास क्षेत्रमा वृक्षारोपण, नदी कटान र वन क्षति न्यूनीकरणमा जोड मोरङ । संविधान दिवस, २०८३ को अवसरमा कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा मोरङको बेलबारी नगरपालिका–८ स्थित सिंहदेवी सामुदायिक वनको चिसाङ नदी उकास क्षेत्रमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बाँस, खयर, जामुन, सतिसाल, गोल्डमोहरलगायत […]
संविधान दिवसको अवसरमा भोजपुरमा २०० बिरुवा रोपण
भोजपुर । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा डिभिजन वन कार्यालय भोजपुरको आयोजनामा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। भोजपुर नगरपालिका–९ स्थित जनकल्याण आधारभूत विद्यालयको कम्पाउण्डमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुलशेखर अर्यालको प्रमुख आतिथ्यतामा विभिन्न प्रजातिका २०० वटा बिरुवा रोपण गरिएको हो। कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामुदायिक […]
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना
काठमाडौं । परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत र प्रभावकारी बनाउन पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ । जलवायु परिवर्तन र यसले पारिरहेको प्रभावलाई ध्यान दिएर अहिलेको आवश्यकताअनुसार मन्त्रालयले यो शाखा स्थापना गर्ने निर्णय गरेको मन्त्री शिशिर खनालको सचिवालयले जनाएको छ । मन्त्रालयले गरेको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) का आधारमा […]
चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला
चितवन । राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि चर्चित र लोकप्रिय रहँदै आएको जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला परेको छ। निकुञ्जको विषहजारी ताल तथा आसपासको पोस्ट नजिकै नियमित गस्तीमा रहेका कर्मचारी र प्राविधिक टोलीले हात्तीलाई मृत भेटेका हुन्। हात्तीको मृत्युको वास्तविक कारण भने खुल्न सकेको छैन। निकुञ्जका पशु चिकित्सक र विशेषज्ञ टोली घटनास्थल […]
अवैध काठसहित पक्राउ परेका व्यक्तिविरुद्ध डिभिजन वन कार्यालयमा मुद्दा दायर
अर्घाखाँची:- स्रोत नखुलेको साल जातको चिरान काठ राखेको आरोपमा शितगंगा नगरपालिका–११, लडुग्री निवासी ३० वर्षीय रेसम पल्लीविरुद्ध डिभिजन वन कार्यालय अर्घाखाँचीमा वन मुद्दा दायर गरिएको छ। लडुग्री क्षेत्रमा अवैध काठको ओसारपसार तथा चोरी–तस्करीजन्य गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा सबडिभिजन वन कार्यालय शितगंगाले उक्त क्षेत्रमा निगरानी बढाएको थियो। सोही क्रममा स्रोत नखुलेको साल जातको चिरान काठसहित पल्लीलाई […]
पहिलाखोला सामुदायिक वनले २ हजार ३८० क्यु.फिट काठ लिलाम गर्दै
रुपन्देही । सैनामैना नगरपालिका–१०, सालझण्डीस्थित पहिलाखोला सामुदायिक वन उपभोक्ता समूहले घाटगद्दीमा बाँकी रहेको विभिन्न जातका काठ तथा सालको दाउरा शिलबन्दी बोलपत्रमार्फत लिलाम बिक्री गर्ने भएको छ। समूहले स्वीकृत वन व्यवस्थापन कार्ययोजना आर्थिक वर्ष २०८२-०८३ बमोजिम घाटगद्दीमा रहेका विभिन्न जातका ४५५ थान गोलिया काठ, कुल २ हजार ३८० दशमलव ३६ क्युबिक फिट तथा साल जातको ३ […]

