हेटौंडा ।नेपालमा वन क्षेत्रको शिक्षा, अनुसन्धान तथा व्यावसायिक विकासलाई सुदृढ बनाउने उद्देश्यका साथ त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको वन विज्ञान संस्थान पोखरा क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU), हेटौंडा स्थित वन संकायबीच द्विपक्षीय समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ। हेटौंडास्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको वन संकाय, डीन कार्यालयमा मंगलबार आयोजित एक विशेष […]
सागरनाथ वन परियोजना : वनको जग्गा कब्जा गर्न विषादी हालेर मारियो बोटबिरुवा
बिशाल बस्नेत महोत्तरी । महोत्तरीको बर्दिबासस्थित वन क्षेत्रमा हुर्किरहेका टिकका बिरुवामा एसिड तथा अन्य विषाक्त पदार्थ हालेर नष्ट गरिएको घटना सार्वजनिक भएको छ। बर्दिबास–२ स्थित सागरनाथ वन परियोजनाको क्षेत्राधिकारभित्र पर्ने हात्तीलेट वन क्षेत्रको दुई नम्बर प्लटमा १९५ वटा बिरुवा नष्ट गरिएको परियोजनाले जनाएको छ। करिब तीन बिघा क्षेत्रफलमा लगाइएका बिरुवामा विषाक्त पदार्थ प्रयोग गर्नुका साथै […]
वन, वातावरण र चुरे विभागको संगठन संरचना र दरबन्दी हेरफेर प्रस्ताव
काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्रालयले मातहतका प्रमुख निकायहरूको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण गरी संगठन संरचना र दरबन्दी पुनरावलोकनको प्रस्ताव अघि बढाएको छ।प्रस्तावमा वन विभाग, वातावरण विभाग तथा चुरे तथा संवेदनशील जलाधार संरक्षण विभागको संगठन संरचनामा आवश्यकताअनुसार पद थपघट, समायोजन तथा जिम्मेवारी पुनर्व्यवस्थित गर्ने उल्लेख छ। वन, वातावरण तथा चुरे क्षेत्रको कामलाई थप प्रभावकारी, […]
कृष्णप्रसाद आचार्यको अध्यक्षतामा वन विज्ञान अध्ययन संस्थान पूर्वविद्यार्थी संघ (अलमनाई) गठन
काठमाडाैं । त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थान (IOF) का पूर्वविद्यार्थीहरूको छाता सङ्गठनका रूपमा कृष्णप्रसाद आचार्यको अध्यक्षतामा ११ सदस्यीय पूर्वविद्यार्थी संघ (Alumni Association) गठन गरिएको छ। संस्थानमा आयोजित विशेष समारोहका बीच संस्थानबाट अध्ययन पूरा गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा कार्यरत विशेषज्ञहरूलाई समेटेर उक्त समिति चयन गरिएको हो। नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद आचार्यले संघले आगामी दिनमा संस्थागत […]
११ देशका नीति निर्माता र ३०० विद्यार्थीको सहभागितामा वन विज्ञान अध्ययन संस्थानको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानको आयोजनामा सञ्चालित तीन दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन आइतबार काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ। ‘भविष्यका लागि वन : संरक्षण, प्रविधि र दिगो विकास’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त सम्मेलनमा नेपालसहित ११ देशका वरिष्ठ नीति निर्माता, वातावरणविद्, प्राध्यापक तथा ३०० भन्दा बढी विद्यार्थी एवम् युवा शोधकर्ताहरूको उत्साहजनक सहभागिता […]
भविष्यको वन :संरक्षण, विकास, प्रविधि र मानव कल्याण (कविता)
त्रिभुवन विश्वविद्यालयको गौरवमय छातामुनि, Institute of Forestry को ५४औँ स्थापना दिवसको गौरवपूर्ण अवसरमा, ज्ञान, अनुसन्धान र अनुभव बोकी आज हामी जुटेका छौँ एउटै अभियानमा। पाँच दशकभन्दा लामो यात्रा पार गर्दै, वन शिक्षाको ज्योति बाल्दै, नेपालको वन क्षेत्रलाई दक्ष जनशक्ति दिँदै, IOF आज नयाँ पुस्ताको भविष्य सजाउँदै। “Forestry for the Future” को सन्देश, हाम्रो मन–मनमा गुञ्जियोस्, […]
ड्रोनबाट राम्चे पहिरोमा अम्रिसोको बीउ छरिँदै
नवलपरासी । नवलपरासीको हुप्सेकोटस्थित नेपालकै ठूला र जोखिमयुक्त पहिरोमध्ये एक मानिने राम्चे पहिरो न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोग सुरु गरिएको छ। पहिरो प्रभावित क्षेत्रमा ड्रोनमार्फत अम्रिसोको बीउ छरेर भू–क्षय नियन्त्रण तथा माटो संरक्षण गर्ने अभियान थालिएको हो। करिब ४० देखि ४२ हेक्टर क्षेत्रफलमा फैलिएको राम्चे पहिरो सन् १९८१ देखि निरन्तर सक्रिय रहँदै आएको छ। गिन्द्री […]
चितवनमा बाघको आक्रमणबाट एक जना घाइते, आक्रमण गर्ने बाघ घण्टौँको प्रयासपछि नियन्त्रणमा
चितवन । चितवनमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। मानिसलाई आक्रमण गरी घाइते बनाउने उक्त बाघलाई प्राविधिक टोलीले घण्टौंको प्रयासपछि नियन्त्रणमा लिएको छ। बिहानको समयमा हिंडिरहेका स्थानीय बासिन्दालाई लक्ष्य गरी बाघले अचानक आक्रमण गरेको थियो। बाघको आक्रमणबाट घाइते भएका व्यक्तिको शरीरका विभिन्न भागमा चोट लागेको छ। घटनालगत्तै उद्धार गरी उनलाई उपचारका लागि नजिकैको अस्पताल […]
बुट्यान हटाएर उत्पादनको बाटोमा कैलालीका सामुदायिक वन
धनगढी ।कैलालीका सामुदायिक वनमा वन संरक्षणको परम्परागत अवधारणासँगै अब उत्पादन र उपयोगितालाई जोड्न थालिएको छ। वर्षौंदेखि खाली रहेका, कम प्रयोग भएका तथा अनावश्यक बुट्यानले ढाकिएका क्षेत्रलाई व्यवस्थापन गरी काठ, फलफूल, जडीबुटी, घाँस, बाँस, बेतबाँस र बहुउपयोगी प्रजातिका बिरुवा रोप्न थालिएपछि सामुदायिक वनको स्वरूप विस्तारै फेरिन थालेको छ। यस अभियानको एउटा उदाहरण घोडाघोडी नगरपालिका–८ स्थित जरही […]
वन भित्रका सिमसार: व्यवस्था, अवस्था र भावी कार्यदिशा
– केशव पराजुली । पृथ्वीको मृगौला समेत भनेर भनेर चिनिने सिमसारले मानव सभ्यताको विकास तथा जीवनयापनमा अत्यन्त ठूलो योगदान पुर्याएको छ । दुर्लभ वनस्पति, माछा, उभयचर र घुमन्ते चराचुरुङ्गीलाई आश्रय दिने, पानीलाई सोसेर भूमिगत जलभण्डारको रिचार्जमार्फत जल चक्र र पानीको श्रोत जोगाउने, पानीमा मिसिएका हानिकारक तत्व र प्रदूषणलाई छानेर पानीलाई प्राकृतिक रूपमै शुद्ध बनाउँने, बाढी […]

