काठमाडाैं । डिभिजन वन कार्यालय, ओखलढुंगाले वन क्षेत्र भित्रका अनाधिकृत संरचनाहरु हटाएको छ। डिभिजन वन कार्यालय ओखलढुंगाका डिभिजनल वन अधिकृत मनाराज राईका अनुसार अतिक्रमण नियन्त्रण गर्ने राष्ट्रिय नीति तथा प्रदेशको कार्यसम्पादन करार सम्झौतामा समेत उल्लेख गरिएको लक्ष्य अनुरुप अतिक्रमण नियन्त्रण कार्य तिव्र रुपमा गरिएको राईले बताए । ओखलढुंगाको चम्पादेवी गाँउपालिका वडा न. ७ स्थित श्री […]
५० हेक्टर वन क्षेत्रमा २० वटा बाघ राख्न सक्ने टाइगर सेन्चुरी बनाइदै
चितवन । समस्याग्रस्त बाघलाई व्यवस्थापन गर्दै पर्यापर्यटनसँग जोड्ने उद्देश्यले यहाँ टाइगर सेन्चुरी बनाउन थालिएको छ । हाल दुई वटा समस्याग्रस्त बाघ राखिएको देवनगरमा २० वटा बाघ राख्न सक्ने गरी टाइगर सेन्चुरी बनाउन लागिएको हो । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको देवनगरमा चालु आर्थिक वर्षदेखि टाइगर सेन्चुरी निर्माणको काम थाल्न रु पाँच करोड बजेट विनियोजन […]
डिभिजन वन कार्यालयद्वारा घरभित्र अड्किएको चितुवाको सफल उद्धार
अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिका–मकैडाँडामा घरभित्र रहेको कुखुराको खोरमा अड्किएको चितुवाको डिभिजन वन कार्यालय अर्घाखाँचीको टोलीले सफल तथा सुरक्षित उद्धार गरेको छ। स्थानीयवासीको घरमा रहेको कुखुराको खोरभित्र चितुवा अड्किएको खबर बिहान करिब ८ बजे प्राप्त भएपछि डिभिजन वन कार्यालयबाट तत्काल उद्धार टोली परिचालन गरिएको थियो। टोलीले आवश्यक सावधानी र सुरक्षा उपाय अपनाउँदै चितुवाको सुरक्षित उद्धार […]
बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार
पाल्पा। दुई वर्षअघिसम्म रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसानका लागि मकै खेती गर्नु जति कठिन थियो, त्यसलाई जोगाएर घर भित्र्याउनु झनै चुनौतीपूर्ण थियो। बिहान उज्यालो नहुँदै बारी पुग्ने, दिनभरि मकैका बोट नियाल्ने र बाँदरको बथान देखिनेबित्तिकै गुलेली तथा नक्कली बन्दुक लिएर धपाउने किसानको दैनिकी बनेको थियो। साँझ परेपछि पनि बारी छाड्न सक्ने अवस्था थिएन। रातिको समयमा बँदेल […]
फेवा ताल जोगाउन १५ वर्षे एकीकृत योजना स्वीकृत, कार्यान्वयन सुरु
काठमाडौं। पोखराको पर्यटन र सौन्दर्यको मेरुदण्ड मानिने फेवा तालको संरक्षणका लागि लामो समयदेखि अड्किएको प्रशासनिक तथा कानुनी प्रक्रिया टुंगोमा पुगेको छ। वन तथा भू–संरक्षण विभागले संरक्षित फेवा तालको १५ वर्षे एकीकृत जलाधार व्यवस्थापन योजनाु स्वीकृत गरेसँगै अब फेवा ताल जोगाउने अभियान वास्तविक कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। नेपालकै दोस्रो ठूलो र अन्तर्राष्ट्रिय रामसार सूचीमा सूचीकृत […]
वन्यजन्तु अपराध नियन्त्रणमा बलियो क्षेत्रीय सहकार्य आवश्यक: मन्त्री चौधरी
ललितपुर ।कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तुको अवैध दोहन तथा तस्करीमा संलग्न आपराधिक सञ्जालविरुद्ध प्रभावकारी रूपमा अघि बढ्न दक्षिण एसियाली मुलुकबीच बलियो क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएकी छन्। दक्षिण एसियाली वन्यजन्तु कानुन कार्यान्वयन सञ्जाल (सावेन) को प्रथम महासभाको समापन समारोहमा मन्त्री चौधरीले वन्यजन्तु अपराध क्रमशः संगठित, सीमापार र प्रविधिमा आधारित बन्दै गएकाले यसको नियन्त्रणका […]
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
शिव परियार । हालै डिभिजन वन कार्यालय लमजुङका वन कर्मचारीलाई कार्यालय परिसरमा उद्दार गरी ल्याइएको चितुवालाई ठूलो खोरमा स्थानान्तरण गर्ने क्रममा आक्रमण गरेको भिडियो र समाचार सार्वजनिक भयो। त्यो दृश्यले मलाई झण्डै नौ वर्षअघिको एउटा घटना सम्झाइदियो, जतिबेला म पहिलोपटक समस्याग्रस्त वन्यजन्तुको उद्दार तथा व्यवस्थापनका लागि फिल्डमा खटिएको थिएँ। त्यतिबेला म तत्कालीन जिल्ला वन कार्यालय […]
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
लमजुङ । लमजुङको बेंसीसहरस्थित डिभिजन वन कार्यालय परिसरबाटै एउटा चितुवा फुत्किएपछि बजार क्षेत्रमा डर र त्रास फैलिएको छ। चितुवालाई पुनः नियन्त्रणमा लिन खोज्दा वन कार्यालयका एक जना वनरक्षक घाइते भएका छन्। वन कार्यालयका अनुसार स्थानीय क्षेत्रबाट उद्धार गरी दिउँसो साढे ३ बजेतिर बिरामी अवस्थामा रहेको उक्त चितुवा ल्याइएको थियो। साँझ करिब ५ बजेतिर चितुवालाई थप […]
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
काठमाडाैं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि देशभर मानवीय क्षति, भत्किएका घर, बगेका पुल, सडक र क्षतिग्रस्त जलविद्युत् आयोजनाको चर्चा भइरहेका बेला एउटा महत्वपूर्ण प्रश्न भने अझै ओझेलमा परेको छ—यो विपत्तिसँगै कति वन, माटो, वनस्पति र प्राकृतिक वासस्थान बगे? किनकि यो क्षेत्रमा विश्वप्रसिद्ध लाङटाङ राष्ट्रिय निकुञ्ज पनि पर्दछ। नेपालमा क्षति मूल्याङ्कन प्रायः घर, सडक, पुल र […]
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
ललितपुर । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालहरूलेसीमापार गर्ने आपराधिक कार्यविरुद्ध क्षेत्रीय सहयोग आवश्यक पर्ने बताएकी छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित दक्षिण एसियाली वन्यजन्तु कानुन कार्यान्वयन सञ्जाल (सावेन) पहिलो महासभामा मन्त्री चौधरीले सावेनले यसमा आबद्ध देशहरूलाई विश्वास अभिवृद्धि गर्ने, सूचना र अनुभव आदानप्रदान गर्ने, क्षमता […]

