चितवन । चितवनमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। मानिसलाई आक्रमण गरी घाइते बनाउने उक्त बाघलाई प्राविधिक टोलीले घण्टौंको प्रयासपछि नियन्त्रणमा लिएको छ। बिहानको समयमा हिंडिरहेका स्थानीय बासिन्दालाई लक्ष्य गरी बाघले अचानक आक्रमण गरेको थियो। बाघको आक्रमणबाट घाइते भएका व्यक्तिको शरीरका विभिन्न भागमा चोट लागेको छ। घटनालगत्तै उद्धार गरी उनलाई उपचारका लागि नजिकैको अस्पताल […]
बुट्यान हटाएर उत्पादनको बाटोमा कैलालीका सामुदायिक वन
धनगढी ।कैलालीका सामुदायिक वनमा वन संरक्षणको परम्परागत अवधारणासँगै अब उत्पादन र उपयोगितालाई जोड्न थालिएको छ। वर्षौंदेखि खाली रहेका, कम प्रयोग भएका तथा अनावश्यक बुट्यानले ढाकिएका क्षेत्रलाई व्यवस्थापन गरी काठ, फलफूल, जडीबुटी, घाँस, बाँस, बेतबाँस र बहुउपयोगी प्रजातिका बिरुवा रोप्न थालिएपछि सामुदायिक वनको स्वरूप विस्तारै फेरिन थालेको छ। यस अभियानको एउटा उदाहरण घोडाघोडी नगरपालिका–८ स्थित जरही […]
वन भित्रका सिमसार: व्यवस्था, अवस्था र भावी कार्यदिशा
– केशव पराजुली । पृथ्वीको मृगौला समेत भनेर भनेर चिनिने सिमसारले मानव सभ्यताको विकास तथा जीवनयापनमा अत्यन्त ठूलो योगदान पुर्याएको छ । दुर्लभ वनस्पति, माछा, उभयचर र घुमन्ते चराचुरुङ्गीलाई आश्रय दिने, पानीलाई सोसेर भूमिगत जलभण्डारको रिचार्जमार्फत जल चक्र र पानीको श्रोत जोगाउने, पानीमा मिसिएका हानिकारक तत्व र प्रदूषणलाई छानेर पानीलाई प्राकृतिक रूपमै शुद्ध बनाउँने, बाढी […]
खनिज उत्खननमा कडाइ, स्थानीय तहलाई रोयल्टीको १० प्रतिशत
३९ वर्ष पुरानो खानी ऐन विस्थापित हुँदै, खनिजमा सरकारको पूर्ण स्वामित्व नयाँ कानुन खनिजमा सरकारको पूर्ण स्वामित्व, अवैध उत्खननमा १ करोडसम्म जरिवाना काठमाडौं । सरकारले खानी तथा खनिज पदार्थको व्यवस्थापनलाई संघीय संरचनाअनुकूल, व्यवस्थित र आधुनिक बनाउन नयाँ कानुनी व्यवस्था अघि बढाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको ‘खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई […]
प्युठानको बगाले सामुदायिक वनले २७० थान असनाका गोलिया र १२ चट्टा दाउरा लिलाम गर्दै
प्युठान । सरुमारानी गाउँपालिका–२, प्युठानस्थित श्री बगाले सामुदायिक वन उपभोक्ता समूहले काठ तथा दाउरा बोलपत्रमार्फत लिलाम बिक्री गर्ने भएको छ। समूहले लट न. १-२०८२–०८३ अन्तर्गत असना जातका गोलिया तथा विभिन्न प्रजातिका दाउरा बिक्री गर्न बोलपत्र आह्वान गरेको हो। समूहले सार्वजनिक गरेको सूचनाअनुसार बिक्रीका लागि असना जातका २७० थान गोलिया रहेका छन्। ती गोलियाको कुल परिमाण […]
सप्ताहव्यापी रूपमा मनाइँदै सामुदायिक वन दिवस, वनमाथिको समुदायको अधिकार सुरक्षित गर्न फेकोफनको जोड
काठमाडौं । सामुदायिक वन दिवस यस वर्ष विभिन्न जनचेतनामूलक तथा संरक्षणमुखी कार्यक्रमसहित सप्ताहव्यापी रूपमा मनाइने भएको छ। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) र कृषि, वन तथा पर्यावरण मन्त्रालयको सहकार्यमा साउन २५ गते ललितपुरको खुमलटारमा मुख्य समारोह आयोजना गरिनेछ। सो अवसरमा उत्कृष्ट सामुदायिक वन र कबुलियती वन समूहलाई गणेशमान सिंह सामुदायिक वन पुरस्कार प्रदान गर्ने […]
सामुदायिक वनमा सरकारी अडिटको नयाँ अभ्यास, सुशासन सुदृढीकरणतर्फ ऐतिहासिक कदम
काठमाडौं। नेपालका सामुदायिक वन उपभोक्ता समूहहरूको वित्तीय तथा संस्थागत सुशासनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित पहिलो पटक सरकारी निकायबाट व्यवस्थित अडिट अभियान सुरु गरिएको छ। यस अभियानलाई सामुदायिक वन व्यवस्थापनमा पारदर्शिता, जवाफदेहिता र वित्तीय अनुशासन स्थापित गर्ने नयाँ अभ्यासका रूपमा हेरिएको छ। अर्घाखाँचीस्थित डिभिजन वन कार्यालयले पहिलो चरणमा सम्बर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन लागू भएका ४५ […]

