दमौली (तनहुँ) । तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित भएका छन् । जिल्लाका १० पालिकाका ६४ हजार आठ सय ४२ दशमलव ४८ हेक्टर वन क्षेत्रबाट उनीहरू लाभान्वित भएके डिभिजन वन कार्यालयले जनाएको छ । वन कार्यालयका डिभिजनल मनोज रानाभाटका अनुसार वन क्षेत्रबाट तीन लाख ७९ हजार सात सय १७ जना लाभान्वित भएका […]
सल्यानको रिममा हावाहुरीले ठूलो संख्यामा सल्लाका रुख ढले
अविरल वर्षासँगै आएको हावाहुरीका कारण सल्यानको रिम क्षेत्रमा ठूलो संख्यामा सल्लाका रुख ढलेका छन्। हावाहुरीका कारण वन क्षेत्रमा रहेका परिपक्व तथा ठूला सल्लाका रुखहरू ढलेर क्षति भएको स्थानीयले बताएका छन्। अविरल वर्षा र तीव्र हावाहुरीका कारण रिम क्षेत्रका विभिन्न स्थानमा रुखहरू ढलेको जानकारी प्राप्त भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ। घटनापछि वन क्षेत्रमा भएको […]
कृषि तथा वन विज्ञान विश्वविद्यालय परिसरमा ट्रान्सफर्मरबाट करेन्ट लागेर चितुवाको मृत्यु
चितवन ।चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) परिसरमा रहेको बिजुलीको ट्रान्सफर्मरमा ठोक्किएर करेन्ट लाग्दा एक चितुवाको मृत्यु भएको छ। जिल्ला वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार करेन्ट लागेर ज्यान गुमाउने चितुवा करिब १० महिना उमेरकी पोथी रहेको छ। विश्वविद्यालय परिसरभित्र राखिएको विद्युत् ट्रान्सफर्मर नजिकै जाने क्रममा एकाएक करेन्ट लागेर चितुवाको घटनास्थलमै […]
वनक्षेत्रमा सुशासनको थालनी : खडा रुख बिक्री विद्युतीय ठेक्का प्रक्रियामार्फत
वन नेपालको प्राकृतिक सम्पदा मात्र होइन, राष्ट्रिय अर्थतन्त्र, वातावरणीय सन्तुलन, जैविक विविधता संरक्षण र लाखौं नागरिकको जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएको अमूल्य स्रोत हो। संघीय शासन प्रणाली लागू भएपछि प्रदेश सरकारको वन व्यवस्थापनमा जिम्मेवारी अझ बढेको छ । त्यससँगै वन प्रशासनबाट पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री सेवा प्रवाहको अपेक्षा पनि स्वाभाविक रूपमा उक्लिएको छ। यस्तो परिवेशमा व्यवस्थापन गरिएका […]
उद्धार गरिएका नरभक्षी बाघले भरिए बर्दियाका खोर, अब नयाँ भेटिए कहाँ राख्ने ?
नेपालगन्ज । नेपालमा पाटेबाघको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएसँगै मानव–वन्यजन्तु द्वन्द्वका घटना तीव्र बनेका छन्। मध्यवर्ती तथा आसपासका बस्तीमा छिरेर मानिस र पशुचौपायामाथि आक्रमण गर्ने समस्याग्रस्त बाघको उद्धार गर्ने क्रम बढेपछि संरक्षण केन्द्रहरूमा भौतिक पूर्वाधारको गम्भीर अभाव देखिएको छ। बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार पछिल्लो समय बाँके, बर्दिया र चितवनका विभिन्न प्रभावित क्षेत्रबाट नियन्त्रणमा लिइएका सातवटा […]
गुल्मीमा वर्षादको वितण्डा : २० हेक्टर वनका १५० भन्दा बढी सल्ला ढले, ३० परिवार जोखिममा
गुल्मी अविरल वर्षासँगै आएको हावाहुरी र पहिरोले गुल्मीको चन्द्रकोट गाउँपालिका–३ स्थित वार्जिङ सल्यार सामुदायिक वनमा ठूलो क्षति पुर्याएको छ। असोज १० गतेदेखि आएको विपद्का कारण करिब २० हेक्टर वनक्षेत्रमा रहेका १५० भन्दा बढी ठूला सल्लाका रुख ढलेका छन्। डिभिजन वन कार्यालय गुल्मीका वरिष्ठ वन अधिकृत उपेन्द्र अर्यालका अनुसार लगातारको वर्षा,हुरी र पहिरोका कारण वनक्षेत्रका सल्लाका […]
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह
नारायणगढ । अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा उच्च सतर्कता अपनाउन चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आग्रह गरेको छ । निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार निकुञ्ज र मध्यवर्ती क्षेत्र भएर बग्ने नारायणी, राप्ती र रिउ नदीका साथै अन्य साना खोलामा पानीको बहाव उच्च हुने, बाढी […]
अवैध काठसहित धनुषामा भेनियर उद्योगमा छापा, ६७५ क्युफिट सिमलको काठ बरामद
धनुषा । डिभिजन वन कार्यालय धनुषाले पूर्व–पश्चिम राजमार्ग नजिकै रहेको एक काठ उद्योगमा छापा मारी ठूलो परिमाणमा अवैध काठ बरामद गरेको छ। कार्यालयको टोलीले सोमबार साँझ मिथिला नगरपालिका–२, विश्वकर्मा चोकस्थित ‘कमला भेनियर उद्योग’मा छापा मारेर ६७५ क्युफिट सिमल जातको काठ नियन्त्रणमा लिएको हो। विशेष सूचनाका आधारमा पुगेको वन कार्यालयको गस्ती टोलीले उद्योग परिसरमा भण्डार गरी […]
चितवनमा पाँच वर्षमा १३३ गैँडाको मृत्यु संरक्षणमा बढ्दो चुनौती, सङ्कटमा बासस्थान
घाँसे मैदान र पानीका स्रोत व्यवस्थापनमा चुनौती, सीमित स्रोत–साधनका कारण संरक्षण प्रयास प्रभावित चितवन । नेपालमा एकसिंगे गैँडाको प्रमुख बासस्थानका रूपमा रहेको चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा पछिल्लो पाँच वर्षमा १३३ वटा गैँडाको मृत्यु भएको छ। गैँडाको संरक्षणमा नेपालले हासिल गरेको उपलब्धिका बाबजुद प्राकृतिक तथा मानव सिर्जित कारणबाट निरन्तर भइरहेका मृत्युले वन्यजन्तु संरक्षण, बासस्थान […]
दोस्रो राष्ट्रिय संरक्षण मञ्च सम्पन्न, हरेक दुई वर्षमा आयोजना गर्ने प्रतिबद्धता
ललितपुर । जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा प्राकृतिक स्रोत व्यवस्थापनका लागि जलवायु वित्त परिचालनमा जोड दिँदै दोस्रो राष्ट्रिय संरक्षण मञ्च (NCF) २०२६ सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) नेपाल राष्ट्रिय समितिको आयोजनामा ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC) परिसरमा आयोजित दुईदिने मञ्च ‘जैविक विविधता संरक्षण र समृद्ध नेपालका लागि जलवायु वित्तको […]

