ताजा खबर
डिभिजन वन कार्यालयद्वारा घरभित्र अड्किएको चितुवाको सफल उद्धार
बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार
फेवा ताल जोगाउन १५ वर्षे एकीकृत योजना स्वीकृत, कार्यान्वयन सुरु
वन्यजन्तु अपराध नियन्त्रणमा बलियो क्षेत्रीय सहकार्य आवश्यक: मन्त्री चौधरी
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय

Author: Banka Kura

अवैधानिक रुपमा निकासी गर्न लागिएको चार ट्रक उत्तिसको गोलिया काठ बरामद

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न लागिएको चार ट्रक उत्तिसको गोलिया काठ बरामद गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सिमानामा पर्ने साप्सुखोला किनारबाट अवैधानिकरुपमा निकासी गर्न लागिएको काठ वन कार्यालयले तीन दिन लगाएर बरामद गरेको हो । स्थानीयले दिएको सूचनाका आधारमा निरीक्षण गर्दा काष्ठ व्यवसायीले […]

कोप–३१ : कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रको ३१औं सम्मेलन (कोप–३१) आगामी कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म हुँदैछ । सम्मेलनको मुख्य आयोजक राष्ट्र टर्किए रहेको छ । शिखर सम्मेलनलगायत अधिकांश महत्वपूर्ण कार्यक्रम पनि टर्किएको अन्ताल्यास्थित अन्ताल्या एक्स्पो सेन्टरमा हुनेछन् ।त्यस्तै कोप–३१ को अध्यक्षता टर्किएका पर्यावरण, शहरीकरण तथा जलवायु परिवर्तन मन्त्री मुरात कुरुमले […]

अमेरिकामा करोडौँ हेक्टर राष्ट्रिय वनलाई संरक्षण क्षेत्रबाट हटाउने प्रस्ताव

अन्तर्राष्ट्रिय। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ट्रम्प प्रशासनले मंगलबार दशकौँ पुरानो सडक तथा अन्य विकास पूर्वाधार नपुगेका प्राकृतिक वन क्षेत्र संरक्षणसम्बन्धी नियम खारेज गर्ने दिशामा एक कदम अघि बढाएको छ। प्रशासनका अनुसार यस कदमले डढेलोको जोखिम कम गर्न सहयोग गर्नेछ। तर वातावरणीय समूहहरूले यसको विरोध गर्दै यसले उल्टै डढेलोको जोखिम बढाउने बताएका छन्। राष्ट्रपति डोनाल्ड […]

​वन सेवामा नयाँ पुस्तालाई स्वर्णिम अवसर:उच्च तहका अधिकृतहरूको अवकाशसँगै प्रदेशहरूमा नेतृत्व हस्तान्तरणको नयाँ मोड

काठमाडौं। नेपालको निजामती सेवाभित्र सबैभन्दा प्राविधिक, संवेदनशील र वातावरणीय दृष्टिले महत्त्वपूर्ण मानिने नेपाल वन सेवा (जनरल फरेस्ट्री) मा व्यापक नेतृत्व परिवर्तन र संगठनात्मक रूपान्तरणको नयाँ अध्याय सुरु भएको छ। देशका सातै प्रदेशमा लामो समयदेखि सेवारत उच्च तहका वरिष्ठ डिभिजनल वन अधिकृत तथा वन निर्देशकहरू ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधिको प्रावधानका कारण […]

पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहतका कार्यालय प्रमुखसँग कार्यसम्पादन करार

विराटनगर । कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले मातहतका कार्यालय प्रमुखसँग आर्थिक वर्ष २०८३/८४ मा सम्पादन गर्ने कार्यका लक्ष्यसहित कार्यसम्पादन करार सम्झौता गरेको छ। कोशी प्रदेश सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०७४ को दफा १८ तथा नियमावली, २०७७ को नियम १४ को उपनियम (१) मा भएको व्यवस्थाअनुसार मन्त्रालयले कार्यसम्पादन करार गरेको हो। मन्त्रालयमा आयोजित […]

प्रगतिशील सामुदायिक वनको १ करोड ७ लाख बचत, कार्यक्रम कार्यान्वयन भने ३९ प्रतिशत मात्रै

अर्घाखाँची । शितगंगा नगरपालिका–११ स्थित प्रगतिशील सामुदायिक वन उपभोक्ता समूहले आर्थिक वर्ष २०८२र०८३ मा रु। १ करोड ७ लाखभन्दा बढी बचत गरेको भए पनि स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयनमा भने सुस्त देखिएको छ। समूहको आन्तरिक नियन्त्रण प्रणाली तथा वित्तीय अनुगमन प्रतिवेदनअनुसार समीक्षा अवधिमा समूहको कुल आय रु। १ करोड ९५ लाख २४ हजार ८७२ र कुल […]

पर्सामा बाघको सङ्ख्या ७१ पुगेपछि ‘सीए–टीएस’ प्रमाणीकरण प्रक्रिया सुरु

पर्सा । पर्सा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या उल्लेख्य रूपमा बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन ‘कन्जर्भेसन एस्योर्ड टाइगर स्ट्यान्डर्ड’ (सीए–टीएस) प्रमाणीकरण प्रक्रिया अघि बढाइएको छ। सन् २०२२ मा पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वटा वयस्क पाटेबाघ रहेकोमा सन् २०२६ को गणनामा यो सङ्ख्या बढेर ७१ पुगेको छ। बाघको सङ्ख्यामा भएको वृद्धि संरक्षणको महत्वपूर्ण उपलब्धि भए पनि […]

दिगो वन व्यवस्थापनका लागि ओखलढुंगामा आवेदन आह्वान

ओखलढुंगा । डिभिजन वन कार्यालय ओखलढुंगाले जिल्लाभित्रका सामुदायिक वन उपभोक्ता समूहलाई दिगो वन व्यवस्थापन, सम्भाव्यता अध्ययन, कार्ययोजना निर्माण तथा कार्यान्वयनका लागि आवेदन पेस गर्न आह्वान गरेको छ। वन नियमावली, २०७९, कोशी प्रदेशको वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यविधि, २०८२ तथा राष्ट्रिय वनको रणनीतिक योजना (२०८१–२१००) बमोजिम स्थानीयस्तरमा वनजन्य उत्पादन, रोजगारी र राजस्व वृद्धि गर्ने […]

शुक्लाफाँटा आरक्षबाट विस्थापितको समस्या समाधानका लागि छिट्टै आयोग गठन हुने

कञ्चनपुर । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले शुक्लाफाँटा आरक्षबाट विस्थापितको समस्या समाधानका लागि छिट्टै आयोग गठन हुने बताएकी छन् । आइतबार जिल्ला प्रशासन कार्यालयमा शुक्लाफाँटा आरक्षबाट विस्थापितको भेलालाई सम्बोधन गर्दै उनले पीडितको मागअनुसार सरकारले आयोग गठन गरी समस्या समाधान गर्ने बताएकी हुन् । ‘आरक्ष विस्थापितको समस्या समाधानका लागि तपाईँहरूका मागअनुसार […]

तनहुँका सामुदायिक वनको १७ करोडको कारोबार

 तनहुँ । तनहुँका सामुदायिक वनले आर्थिक वर्ष २०८२र८३ मा वनपैदावार बिक्रीबाट १७ करोड २३ लाख ४५ हजार १२२ रुपियाँको कारोबार गरेका छन्। डिभिजन वन कार्यालयका अनुसार यस अवधिमा एक लाख २२ हजार ३९।९९ क्युफिट काठ र १६३।७६ चट्टा दाउरा उत्पादन तथा बिक्री गरिएको छ। वनपैदावारबाट एक करोड ६० लाख १६ हजार ७५१ रुपियाँ मूल्य अभिवृद्धि […]

Back To Top