रौतहट । रौतहटमा काठ तस्करी गर्ने समूहले प्रहरी र वन कर्मचारीलाई झुक्याउन तस्करीको शैली परिवर्तन गर्न थालेका छन्। पछिल्लो समय जंगलमै सालको काठ चिरान गरी सानो आकारको ‘कडी’ बनाएर बाहिर निकाल्ने गरेको पाइएको छ। यसै क्रममा धनसार–गौँडाटार सीमा क्षेत्रको घना जंगलबाट डिभिजन वन कार्यालय रौतहटको रात्रि गस्ती टोलीले मंगलबार राति करिब साढे ९ बजे […]
‘बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र’ कार्यान्वयनमा ल्याउने सुदूरपश्चिम प्रदेशको घोषणा
बाजुरा । सुदूरपश्चिमको पहाडी भूगोलमा प्रकृति संरक्षणको नयाँ अध्याय सुरु भएको छ। धार्मिक तथा प्राकृतिक पर्यटनको महत्वपूर्ण गन्तव्य बडीमालिकादेखि ताल, वन र जैविक विविधताले भरिएको रामारोशनसम्मको विशाल भूभागलाई एउटै संरक्षण भूगोलमा जोड्दै प्रदेश सरकारले ‘बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र’ कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ। दुई जिल्लाका अलग–अलग प्राकृतिक क्षेत्रलाई एउटै संरक्षण अवधारणामा जोडिएको यो निर्णयले वन […]
जलवायु परिवर्तन सम्बन्धी शिखर सम्मेलन (कोप–३१) मा सहभागी हुन वालेनलाई आयोजक राष्ट्र प्रमुखको निमन्त्रणा
काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा सहभागी हुन निमन्त्रणा आएको छ । बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री शाहलाई निमन्त्रणा प्राप्त भएको जानकारी गराएका थिए ।कोपमा सहभागी हुन प्रधानमन्त्री शाहलाई टर्कीएका […]
लुम्बिनीको जलवायु रणनीतिक कार्ययोजनाको मस्यौदामाथि छलफल
देउखुरी । लुम्बिनी प्रदेशमा ‘जलवायु परिवर्तन रणनीतिक कार्ययोजना, लुम्बिनी प्रदेशको मस्यौदा प्रतिवेदन छलफल’ कार्यक्रम सम्पन्न भएको छ।वन, वातावरण तथा पर्यटन मन्त्रालय, लुम्बिनी प्रदेशको आयोजनामा साउन २६ गते मंगलबार राप्ती उपत्यका (देउखुरी) स्थित लुम्बिनी हलमा सो कार्यक्रम सम्पन्न भएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशका प्रमुख सचिवको अध्यक्षतामा सम्पन्न उक्त औपचारिक कार्यक्रममा विभिन्न मन्त्रालयका सचिव, […]
चितवनका चार सामुदायिक वनले काठ तथा दाउरा लिलाम गर्दै
चितवन । चितवनका चारवटा सामुदायिक वन उपभोक्ता समूहले घाटगद्दीमा रहेका काठ तथा दाउरा लिलाम बिक्री गर्ने भएका छन्। भरतपुर र राप्ती क्षेत्रका बागेश्वरी, इन्द्रेणी, कमिरेपानी र पर्वत सामुदायिक वनले छुट्टाछुट्टै सिलबन्दी बोलपत्र आह्वान गर्दै काठ तथा दाउरा बिक्री प्रक्रिया अघि बढाएका हुन्। डिभिजन वन कार्यालयमा सूचीकृत काठ तथा दाउरामा आधारित सःमिल, फर्निचर उद्योग तथा सम्बन्धित […]
मध्यवर्ती क्षेत्रमा सामुदायिक वन व्यवस्थापन : सवाल, चुनौती र अबको बाटो
केशवराज आचार्य काठमाडाैं । नेपालमा सामुदायिक वन व्यवस्थापनको अवधारणा संस्थागत हुँदै जाँदा यसको प्रभाव संरक्षित क्षेत्र आसपासका मध्यवर्ती क्षेत्रमा समेत विस्तार भएको हो। मध्यवर्ती क्षेत्रमा सामुदायिक वन व्यवस्थापनले स्थानीय समुदायको वन स्रोतमा पहुँच, जीविकोपार्जन, वन संरक्षण तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। तर बदलिँदो राजनीतिक, प्रशासनिक र सामाजिक संरचनासँगै मध्यवर्ती सामुदायिक […]
बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृती
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ स्थानीय तहमा भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ। मन्त्रालयले तनहुँको व्यास नगरपालिका, बैतडीको पञ्चेश्वर गाउँपालिका, सिन्धुलिको फिक्कल गाउँपालिका र बाजुराको बडिमालिका नगरपालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको हो। भूमि बैंकमार्फत स्थानीय तहमा रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र […]
डोहोटे सामुदायिक वनमा ५५ लाखभन्दा बढी बचत, नगद भुक्तानी र अभिलेख व्यवस्थापनमा प्रश्न
अर्घाखाँची । शितगंगा नगरपालिका–१२ स्थित डोहोटे सामुदायिक वन उपभोक्ता समूहको आर्थिक वर्ष २०८२-०८३ को लेखा तथा आन्तरिक नियन्त्रण प्रणाली अनुगमन गर्दा समूहसँग ५५ लाख ६२ हजार ९९९ बचत रहेको पाइएको छ। मंगलबार वन डिभिजन कार्यालय अर्घाखाँचीले सार्वजनिक लेखा तथा आन्तरिक नियन्त्रण प्रणाली अनुगमन प्रतिबेदनले यस्तो देखाएको हो । समूहको वित्तीय कारोबार, वन पैदावारको अभिलेख तथा […]
खनिज उत्खननमा कडाइ, स्थानीय तहलाई रोयल्टीको १० प्रतिशत
३९ वर्ष पुरानो खानी ऐन विस्थापित हुँदै, खनिजमा सरकारको पूर्ण स्वामित्व नयाँ कानुन खनिजमा सरकारको पूर्ण स्वामित्व, अवैध उत्खननमा १ करोडसम्म जरिवाना काठमाडौं । सरकारले खानी तथा खनिज पदार्थको व्यवस्थापनलाई संघीय संरचनाअनुकूल, व्यवस्थित र आधुनिक बनाउन नयाँ कानुनी व्यवस्था अघि बढाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको ‘खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई […]
इलाममा अबैध काठ बरामद, गस्ती परिचालनमा सक्रियता
इलाम । इलामको चुलाचुली गाउँपालिका–६ बेलचोकमा ठुलो परिमाणमा सखुवाको अवैध चिरान काठ बरामद गरिएको छ । स्थानीय सोमबहादुर विश्वकर्माले सञ्चालन गरेको इलामेली फर्निचरमा लुकाएर राखेको अवस्थामा साल जातको चिरान काठ बरामद गर्न स्थानीय सव डिभिजन वन कार्यालय ,सशस्त्र प्रहरी बलको टोलि उक्त क्षेत्रमा पुगेको थियो ।अवैध काठ सङ्कलन गर्ने विश्वकर्मा लगायतका व्यक्तिहरू भागेको र उनीहरूको […]

