खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न लागिएको चार ट्रक उत्तिसको गोलिया काठ बरामद गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सिमानामा पर्ने साप्सुखोला किनारबाट अवैधानिकरुपमा निकासी गर्न लागिएको काठ वन कार्यालयले तीन दिन लगाएर बरामद गरेको हो । स्थानीयले दिएको सूचनाका आधारमा निरीक्षण गर्दा काष्ठ व्यवसायीले […]
कोप–३१ : कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रको ३१औं सम्मेलन (कोप–३१) आगामी कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म हुँदैछ । सम्मेलनको मुख्य आयोजक राष्ट्र टर्किए रहेको छ । शिखर सम्मेलनलगायत अधिकांश महत्वपूर्ण कार्यक्रम पनि टर्किएको अन्ताल्यास्थित अन्ताल्या एक्स्पो सेन्टरमा हुनेछन् ।त्यस्तै कोप–३१ को अध्यक्षता टर्किएका पर्यावरण, शहरीकरण तथा जलवायु परिवर्तन मन्त्री मुरात कुरुमले […]
अमेरिकामा करोडौँ हेक्टर राष्ट्रिय वनलाई संरक्षण क्षेत्रबाट हटाउने प्रस्ताव
अन्तर्राष्ट्रिय। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ट्रम्प प्रशासनले मंगलबार दशकौँ पुरानो सडक तथा अन्य विकास पूर्वाधार नपुगेका प्राकृतिक वन क्षेत्र संरक्षणसम्बन्धी नियम खारेज गर्ने दिशामा एक कदम अघि बढाएको छ। प्रशासनका अनुसार यस कदमले डढेलोको जोखिम कम गर्न सहयोग गर्नेछ। तर वातावरणीय समूहहरूले यसको विरोध गर्दै यसले उल्टै डढेलोको जोखिम बढाउने बताएका छन्। राष्ट्रपति डोनाल्ड […]
वन सेवामा नयाँ पुस्तालाई स्वर्णिम अवसर:उच्च तहका अधिकृतहरूको अवकाशसँगै प्रदेशहरूमा नेतृत्व हस्तान्तरणको नयाँ मोड
काठमाडौं। नेपालको निजामती सेवाभित्र सबैभन्दा प्राविधिक, संवेदनशील र वातावरणीय दृष्टिले महत्त्वपूर्ण मानिने नेपाल वन सेवा (जनरल फरेस्ट्री) मा व्यापक नेतृत्व परिवर्तन र संगठनात्मक रूपान्तरणको नयाँ अध्याय सुरु भएको छ। देशका सातै प्रदेशमा लामो समयदेखि सेवारत उच्च तहका वरिष्ठ डिभिजनल वन अधिकृत तथा वन निर्देशकहरू ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधिको प्रावधानका कारण […]
वन्यजन्तुको आक्रमणबाट हुने क्षतिको लागि ‘वन्यजन्तु जोखिम केन्द्रित बीमालेख’ लागू , १५ सयमा १० लाखसम्मको सुरक्षण
काठमाडौं। नेपाल बीमा प्राधिकरणले वन्यजन्तुको आक्रमणबाट हुने मानवीय, भौतिक तथा कृषिजन्य क्षतिलाई सम्बोधन गर्न ‘वन्यजन्तु जोखिम केन्द्रित बीमालेख’ जारी गरेको छ। यस एकीकृत बीमालेखअन्तर्गत वार्षिक १५ सय रुपैयाँ बीमाशुल्क बुझाएर अधिकतम १० लाख रुपैयाँसम्मको क्षतिपूर्ति सुरक्षण पाइनेछ। बीमितले बीमाशुल्क भुक्तानी गरेपछि प्रारम्भ हुने यो बीमाको अवधि एक वर्षको हुनेछ। यस बीमालेखअन्तर्गत व्यक्तिगत दुर्घटना वा मृत्यु […]
स्थानीय तहलाई विपद् र जलवायु जोखिमसँग जुध्न नयाँ ढाँचा तयार
काठमाडौं ।जलवायु परिवर्तनसँगै बढ्दै गएको सुक्खा, तातो लहर र अन्य विपद्को जोखिम सामना गर्न स्थानीय तहको क्षमता बलियो बनाउने गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नयाँ ढाँचा तयार गरेको छ। प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार स्थानीय तहले विपद् आउनुअघि नै जोखिम पहिचान गरी पूर्वतयारी र प्रतिकार्य गर्न सक्ने गरी ‘स्थानीय विपद् […]
मधेशमा वन सेवाका ७ वरिष्ठ अधिकृतको सरुवा तथा पदस्थापन
जनकपुरधाम। मधेश प्रदेश सरकारले वन सेवाअन्तर्गत नवौँ र दशौँ तहका सात जना वरिष्ठ अधिकृतहरूको सरुवा तथा पदस्थापन गरेको छ। वन तथा वातावरण मन्त्रालयको भदौ ४ गतेको निर्णयअनुसार डिभिजनल वन अधिकृत तथा वन संरक्षण र व्यवस्थापन अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको हो। निर्णयअनुसार डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सुभाष चन्द दास र डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख […]
मरुभूमीकरण विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि COP17 मंगोलियामा सुरु: भूमि पुनर्स्थापना र खडेरी प्रतिरोधमा विश्वको ध्यान
काठमाडाैं । संयुक्त राष्ट्रसंघीय मरुभूमीकरण विरुद्धको महासन्धि (UNCCD) अन्तर्गत १७औँ पक्षहरूको सम्मेलन (COP17) अगस्ट १७, २०२६ देखि मंगोलियाको राजधानी उलानबातारमा औपचारिक रूपमा सुरु भएको छ। अगस्ट २८ सम्म सञ्चालन हुने सम्मेलनको मुख्य नारा “भूमि पुनर्स्थापना। आशाको पुनर्स्थापना।” रहेको छ। सम्मेलनमा UNCCD का १९७ पक्ष राष्ट्रका साथै सरकार, वैज्ञानिक, नागरिक समाज, आदिवासी तथा स्थानीय समुदाय र […]
हात्ती आतंक नियन्त्रणमा वैज्ञानिक व्यवस्थापन गर्न सरकारसँग सांसद पाठकको माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकले झापा–३ क्षेत्रमा भारतबाट प्रवेश गर्ने जंगली हात्तीका कारण स्थानीयवासीको जनजीवन असुरक्षित बन्दै गएको भन्दै हात्ती नियन्त्रण तथा व्यवस्थापनका लागि तत्काल प्रभावकारी र वैज्ञानिक नीति अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद पाठकले हात्तीको बथानले किसानले लगाएको धानबाली नष्ट गर्नुका साथै घर तथा […]
भान्छालाई विद्युतीय बनाउँदा वार्षिक करिब १२ अर्ब रुपैयाँ बराबरको वन तथा काठ संरक्षण हुन्छ: सासंद न्यौपाने
काठमाडौं । जलविद्युतको प्रचुर सम्भावना भएको नेपालमा बारम्बार ग्यासको अभाव हुनु विडम्बनापूर्ण रहेको भन्दै तनहुँ–२ का सांसद श्रीराम न्यौपानेले देशलाई आयातित ग्यास, दाउरा र गुइँठाबाट मुक्त गर्दै विद्युतीय भान्छातर्फ लैजानुपर्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद न्यौपानेले समस्या ग्यासको अभाव मात्र नभई स्पष्ट ऊर्जा दृष्टिकोण, ठोस योजना र प्रभावकारी कार्यान्वयनको अभाव भएको बताए। […]

