सङ्खुवासभा। मकालु बरुण राष्ट्रिय निकुञ्ज, सङ्खुवासभामा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको छ । उक्त स्थान कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । आर्थिक वर्ष २०८२-२०८३ मा दुई हजार एक सय ८८ विदेशी र तीन हजार दुई सय २७ नेपाली पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्जका सूचना अधिकारी संस्कार सुवेदीका अनुसार एक वर्षमा […]
वन तथा वातावरण क्षेत्रका कर्मचारीको सरुवा र काज व्यवस्थित गर्न नयाँ मापदण्ड लागू
काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आफ्ना मातहतका रा.प.तृतीय श्रेणीसम्मका कर्मचारीहरूको सरुवा तथा काज प्रणालीलाई व्यवस्थित, पारदर्शी र अनुमानयोग्य बनाउन नयाँ मापदण्ड (२०८३) स्वीकृत गरी लागू गरेको छ।निजामती सेवा ऐन, २०४९ र नियमावली, २०५० बमोजिम तयार पारिएको यस मापदण्डले भौगोलिक अनुभव, कार्यचाप र दरबन्दीका आधारमा सरुवा प्रक्रियालाई स्पष्ट पारेको छ। मापदण्ड अनुसार मातहतका […]
भोटेकोशी करिडोरका बाढी प्रभावितलाई काठ उपलब्ध गराउन डिपो सञ्चालन गर्न निर्देशन
काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले भदौ १० गतेको विनाशकारी बाढीबाट क्षतिग्रस्त भोटेकोशी करिडोरका प्रभावित परिवारलाई आवश्यक पर्ने काठ सहज रूपमा उपलब्ध गराउन निर्देशन दिएकी छन् । मन्त्री चौधरीले वन विभागसँगको समन्वयमा नेपाल वन निगममार्फत काठ डिपो सञ्चालनको कार्य अगाडि बढाउन निर्देशन दिइन् । बाढीबाट प्रभावित परिवारको पुनस्र्थापना तथा क्षतिग्रस्त घर, संरचना र […]
बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण
बाँके । बाँकेमा आर्थिक वर्ष २०८२ -०८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमणमा परेको छ । अतिक्रमित वनक्षेत्रमा करिब तीन हजार ९९० घरटहरा निर्माण भएका छन् । हालसम्म बाँके जिल्लामा ६०७ दशमलव ९८ हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी टङ्क गुरुङले जानकारी दिए । उनका अनुसार, अतिक्रमणको ठूलो हिस्सा विगतमा बाढीबाट विस्थापित […]
‘निष्क्रिय सामुदायिक वनलाई सक्रिय बनाउँदै समृद्ध भोजपुर बनाउने हाम्रो लक्ष्य हो’ : डिभिजनल वन अधिकृत खुद्रुस मियाँ (अन्तर्वार्ता)
काठमाडाैं । पहाडी जिल्ला भोजपुर जैविक विविधता र बहुमूल्य जडीबुटीका लागि प्रख्यात छ। जिल्लाको विशाल वन क्षेत्रको दिगो व्यवस्थापन, डढेलो नियन्त्रण, जडीबुटीको बजारीकरण तथा पर्यापर्यटन प्रवर्द्धनका लागि डिभिजन वन कार्यालय भोजपुर कसरी अघि बढिरहेको छ त पूर्वकाे वनलाइ कसरी हेरिएकाे छ? प्रस्तुत छ, भोजपुरका डिभिजनल वन अधिकृत खुद्रुस मियाँसँग ‘वनका कुरा डटकम’का लागि गरिएको कुराकानीको […]
५० हेक्टर वन क्षेत्रमा २० वटा बाघ राख्न सक्ने टाइगर सेन्चुरी बनाइदै
चितवन । समस्याग्रस्त बाघलाई व्यवस्थापन गर्दै पर्यापर्यटनसँग जोड्ने उद्देश्यले यहाँ टाइगर सेन्चुरी बनाउन थालिएको छ । हाल दुई वटा समस्याग्रस्त बाघ राखिएको देवनगरमा २० वटा बाघ राख्न सक्ने गरी टाइगर सेन्चुरी बनाउन लागिएको हो । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको देवनगरमा चालु आर्थिक वर्षदेखि टाइगर सेन्चुरी निर्माणको काम थाल्न रु पाँच करोड बजेट विनियोजन […]
बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार
पाल्पा। दुई वर्षअघिसम्म रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसानका लागि मकै खेती गर्नु जति कठिन थियो, त्यसलाई जोगाएर घर भित्र्याउनु झनै चुनौतीपूर्ण थियो। बिहान उज्यालो नहुँदै बारी पुग्ने, दिनभरि मकैका बोट नियाल्ने र बाँदरको बथान देखिनेबित्तिकै गुलेली तथा नक्कली बन्दुक लिएर धपाउने किसानको दैनिकी बनेको थियो। साँझ परेपछि पनि बारी छाड्न सक्ने अवस्था थिएन। रातिको समयमा बँदेल […]
फेवा ताल जोगाउन १५ वर्षे एकीकृत योजना स्वीकृत, कार्यान्वयन सुरु
काठमाडौं। पोखराको पर्यटन र सौन्दर्यको मेरुदण्ड मानिने फेवा तालको संरक्षणका लागि लामो समयदेखि अड्किएको प्रशासनिक तथा कानुनी प्रक्रिया टुंगोमा पुगेको छ। वन तथा भू–संरक्षण विभागले संरक्षित फेवा तालको १५ वर्षे एकीकृत जलाधार व्यवस्थापन योजनाु स्वीकृत गरेसँगै अब फेवा ताल जोगाउने अभियान वास्तविक कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। नेपालकै दोस्रो ठूलो र अन्तर्राष्ट्रिय रामसार सूचीमा सूचीकृत […]
वन्यजन्तु अपराध नियन्त्रणमा बलियो क्षेत्रीय सहकार्य आवश्यक: मन्त्री चौधरी
ललितपुर ।कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तुको अवैध दोहन तथा तस्करीमा संलग्न आपराधिक सञ्जालविरुद्ध प्रभावकारी रूपमा अघि बढ्न दक्षिण एसियाली मुलुकबीच बलियो क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएकी छन्। दक्षिण एसियाली वन्यजन्तु कानुन कार्यान्वयन सञ्जाल (सावेन) को प्रथम महासभाको समापन समारोहमा मन्त्री चौधरीले वन्यजन्तु अपराध क्रमशः संगठित, सीमापार र प्रविधिमा आधारित बन्दै गएकाले यसको नियन्त्रणका […]
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
शिव परियार । हालै डिभिजन वन कार्यालय लमजुङका वन कर्मचारीलाई कार्यालय परिसरमा उद्दार गरी ल्याइएको चितुवालाई ठूलो खोरमा स्थानान्तरण गर्ने क्रममा आक्रमण गरेको भिडियो र समाचार सार्वजनिक भयो। त्यो दृश्यले मलाई झण्डै नौ वर्षअघिको एउटा घटना सम्झाइदियो, जतिबेला म पहिलोपटक समस्याग्रस्त वन्यजन्तुको उद्दार तथा व्यवस्थापनका लागि फिल्डमा खटिएको थिएँ। त्यतिबेला म तत्कालीन जिल्ला वन कार्यालय […]

