ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

Category: बागमती प्रदेश

भोटेकोशी बाढीको मुद्दा एलडीसी मन्त्रीस्तरीय बैठकमा उठाइयो

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले रसुवाको भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीको विषयलाई मुख्य एजेन्डाका रूपमा उठाएकी छन् । टिमोर–लेस्टेको राजधानी दिलीमा आयोजित अल्पविकसित देशहरू (एलडीसी) को मन्त्रीस्तरीय बैठकमा उनले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट भएको क्षतिको विषय उठाएकी हुन् । बैठकको ‘साइडलाइन’मा मन्त्री चौधरीले विभिन्न उच्चस्तरीय द्विपक्षीय तथा बहुपक्षीय वार्ता गर्दै नेपालको […]

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

नारायणगढ । डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा व्यवस्थापनका दृष्टिले जोखिममा रहेका जिल्लाका विभिन्न स्थानका रुख व्यवस्थापन गरेको छ । जिल्लाका १३ प्रमुख स्थान, सडकखण्ड, सुरक्षा निकायका परिसर तथा विद्युत् प्रसारण लाइन आसपासका क्षेत्रबाट १५५ जोखिमयुक्त रुख व्यवस्थापन गरिएको हो । त्यस क्रममा एक हजार ५७५ थान काठका गोलिया तथा ठुटा, ११ […]

चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार

चितवन । डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा ६९ वन्यजन्तु उद्धार तथा व्यवस्थापन गरेको छ । डिभिजन वन कार्यालय क्षेत्रभित्र रहेका विभिन्न स्थानबाट ती वन्यजन्तुको उद्धार गरेर व्यवस्थापन गरिएको हो । कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार वन क्षेत्रमा सबैभन्दा धेरै अजिङ्गरको उद्धार गरिएको छ । बस्ती पसेर स्थानीयलाई दुःख दिने गरेका ४५ अजिङ्गरको उद्धार गरेर […]

चितवन वन कार्यालयले एक वर्षमा ३१ करोड ५५ लाख राजस्व उठायो, ११६ मुद्दा फर्छ्यौट

चितवन । डिभिजन वन कार्यालय चितवनले आर्थिक वर्ष २०८२-०८३ मा वन क्षेत्रबाट ३१ करोड ५५ लाख ९१ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले वन रोयल्टी, दण्ड–जरिवाना, प्रशासनिक सेवा शुल्क तथा अन्य शीर्षकबाट उक्त राजस्व संकलन गरेको हो। भरतपुरमा साउन २८ गते सम्पन्न जिल्ला वन क्षेत्र समन्वय समिति बैठकमा आर्थिक वर्ष २०८२-०८३ को वार्षिक […]

मनकामना सामुदायिक वन प्रथम, १६ हजार नगदसहित पुरस्कृत

हेटौंडा । डिभिजन वन कार्यालय राप्ती मनहरीअन्तर्गत रहेका २०६ वटा सामुदायिक वन उपभोक्ता समूहमध्ये मनहरी गाउँपालिका–७ स्थित मनकामना सामुदायिक वन उपभोक्ता समूह उत्कृष्ट घोषित भएको छ । सामुदायिक वन दिवसको अवसरमा राप्ती डिभिजन वन कार्यालय र मकवानपुर डिभिजन वन कार्यालयले संयुक्त रूपमा बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजना गरेको कार्यक्रममा मनकामना सामुदायिक वनलाई प्रथम घोषणा गर्दै […]

बाँदर–बँदेलबाट कृषि बालीमा बढ्दो क्षति कार्ययोजना बनाउन संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता, आठ बुँदे कार्ययोजनाको माग

काठमाडौं । बाँदर र जंगली बँदेलबाट कृषि बालीमा भइरहेको क्षति गम्भीर बन्दै गएपछि प्रतिनिधिसभामा यसको दीर्घकालीन समाधानका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन मागसहित जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङ प्रस्तावक रहेको प्रस्तावमा नेकपा एमालेकी सचेतक निता घतानी, नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विक र श्रम संस्कृति पार्टीका सांसद […]

डढेलोले उजाड बनेको गतलाङ वनमा ड्रोनबाट बीउ छरियो

रसुवा ।डढेलोका कारण लामो समयदेखि उजाड बनेको रसुवाको गतलाङ क्षेत्रको वन पुनः हराभरा बनाउने उद्देश्यले पहिलोपटक ड्रोन प्रविधिमार्फत स्थानीय वनस्पति तथा घाँसका बीउ छर्न यहि साउन ११ देखि १४ गते सम्म छर्ने काम गरिएको छ । आमाछोदिङ्मो गाउँपालिका–३, गतलाङस्थित ज्यार्सा गोठिन सामुदायिक वनमा ड्रोनमार्फत बीउ छर्ने कार्य गरिएको हो। भिरालो, दुर्गम तथा कठिन भूगोलका कारण […]

सामुदायिक वन दिवसको अवसरमा ललितपुरको पातले मुलडोलमा वृक्षरोपण

ललितपुर । सामुदायिक वन दिवस २०८३ को अवसरमा ललितपुरको पातले मुलडोल सामुदायिक वन उपभोक्ता समूहले विभिन्न प्रजातिका बिरुवा वृक्षरोपण गरेको छ। सामुदायिक वनको संरक्षण, संवर्द्धन तथा वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएको हो। कार्यक्रममा वन क्षेत्रको संरक्षणसँगै स्थानीय समुदायको सहभागितालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिइएको थियो। कार्यक्रमको सञ्चालन वन […]

सामुदायिक वन दिवस २०८३ अध्ययन–छलफल सम्पन्न

काठमाडाैं । सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आयोजनामा सप्ताहव्यापी रूपमा मनाइँदै आएको सामुदायिक वन दिवस २०८३ कार्यक्रमअन्तर्गत आज चौथो दिन हरियाली सामुदायिक वन उपभोक्ता समूह (भक्तपुर–काभ्रे) को अध्ययन तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। भक्तपुर र काभ्रे दुई जिल्लाका उपभोक्तालाई समेटेर सञ्चालित यस सामुदायिक वनले विगतमा नाङ्गो डाँडाका रूपमा रहेको क्षेत्रलाई वृक्षरोपणमार्फत हराभरा वनमा रूपान्तरण […]

सप्ताहव्यापी रूपमा मनाइँदै सामुदायिक वन दिवस, वनमाथिको समुदायको अधिकार सुरक्षित गर्न फेकोफनको जोड

काठमाडौं । सामुदायिक वन दिवस यस वर्ष विभिन्न जनचेतनामूलक तथा संरक्षणमुखी कार्यक्रमसहित सप्ताहव्यापी रूपमा मनाइने भएको छ। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) र कृषि, वन तथा पर्यावरण मन्त्रालयको सहकार्यमा साउन २५ गते ललितपुरको खुमलटारमा मुख्य समारोह आयोजना गरिनेछ। सो अवसरमा उत्कृष्ट सामुदायिक वन र कबुलियती वन समूहलाई गणेशमान सिंह सामुदायिक वन पुरस्कार प्रदान गर्ने […]

Back To Top