ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

Category: बागमती प्रदेश

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

नारायणगढ । डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा व्यवस्थापनका दृष्टिले जोखिममा रहेका जिल्लाका विभिन्न स्थानका रुख व्यवस्थापन गरेको छ । जिल्लाका १३ प्रमुख स्थान, सडकखण्ड, सुरक्षा निकायका परिसर तथा विद्युत् प्रसारण लाइन आसपासका क्षेत्रबाट १५५ जोखिमयुक्त रुख व्यवस्थापन गरिएको हो । त्यस क्रममा एक हजार ५७५ थान काठका गोलिया तथा ठुटा, ११ […]

चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार

चितवन । डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा ६९ वन्यजन्तु उद्धार तथा व्यवस्थापन गरेको छ । डिभिजन वन कार्यालय क्षेत्रभित्र रहेका विभिन्न स्थानबाट ती वन्यजन्तुको उद्धार गरेर व्यवस्थापन गरिएको हो । कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार वन क्षेत्रमा सबैभन्दा धेरै अजिङ्गरको उद्धार गरिएको छ । बस्ती पसेर स्थानीयलाई दुःख दिने गरेका ४५ अजिङ्गरको उद्धार गरेर […]

चितवन वन कार्यालयले एक वर्षमा ३१ करोड ५५ लाख राजस्व उठायो, ११६ मुद्दा फर्छ्यौट

चितवन । डिभिजन वन कार्यालय चितवनले आर्थिक वर्ष २०८२-०८३ मा वन क्षेत्रबाट ३१ करोड ५५ लाख ९१ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले वन रोयल्टी, दण्ड–जरिवाना, प्रशासनिक सेवा शुल्क तथा अन्य शीर्षकबाट उक्त राजस्व संकलन गरेको हो। भरतपुरमा साउन २८ गते सम्पन्न जिल्ला वन क्षेत्र समन्वय समिति बैठकमा आर्थिक वर्ष २०८२-०८३ को वार्षिक […]

मनकामना सामुदायिक वन प्रथम, १६ हजार नगदसहित पुरस्कृत

हेटौंडा । डिभिजन वन कार्यालय राप्ती मनहरीअन्तर्गत रहेका २०६ वटा सामुदायिक वन उपभोक्ता समूहमध्ये मनहरी गाउँपालिका–७ स्थित मनकामना सामुदायिक वन उपभोक्ता समूह उत्कृष्ट घोषित भएको छ । सामुदायिक वन दिवसको अवसरमा राप्ती डिभिजन वन कार्यालय र मकवानपुर डिभिजन वन कार्यालयले संयुक्त रूपमा बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजना गरेको कार्यक्रममा मनकामना सामुदायिक वनलाई प्रथम घोषणा गर्दै […]

बाँदर–बँदेलबाट कृषि बालीमा बढ्दो क्षति कार्ययोजना बनाउन संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता, आठ बुँदे कार्ययोजनाको माग

काठमाडौं । बाँदर र जंगली बँदेलबाट कृषि बालीमा भइरहेको क्षति गम्भीर बन्दै गएपछि प्रतिनिधिसभामा यसको दीर्घकालीन समाधानका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन मागसहित जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङ प्रस्तावक रहेको प्रस्तावमा नेकपा एमालेकी सचेतक निता घतानी, नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विक र श्रम संस्कृति पार्टीका सांसद […]

डढेलोले उजाड बनेको गतलाङ वनमा ड्रोनबाट बीउ छरियो

रसुवा ।डढेलोका कारण लामो समयदेखि उजाड बनेको रसुवाको गतलाङ क्षेत्रको वन पुनः हराभरा बनाउने उद्देश्यले पहिलोपटक ड्रोन प्रविधिमार्फत स्थानीय वनस्पति तथा घाँसका बीउ छर्न यहि साउन ११ देखि १४ गते सम्म छर्ने काम गरिएको छ । आमाछोदिङ्मो गाउँपालिका–३, गतलाङस्थित ज्यार्सा गोठिन सामुदायिक वनमा ड्रोनमार्फत बीउ छर्ने कार्य गरिएको हो। भिरालो, दुर्गम तथा कठिन भूगोलका कारण […]

सामुदायिक वन दिवसको अवसरमा ललितपुरको पातले मुलडोलमा वृक्षरोपण

ललितपुर । सामुदायिक वन दिवस २०८३ को अवसरमा ललितपुरको पातले मुलडोल सामुदायिक वन उपभोक्ता समूहले विभिन्न प्रजातिका बिरुवा वृक्षरोपण गरेको छ। सामुदायिक वनको संरक्षण, संवर्द्धन तथा वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएको हो। कार्यक्रममा वन क्षेत्रको संरक्षणसँगै स्थानीय समुदायको सहभागितालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिइएको थियो। कार्यक्रमको सञ्चालन वन […]

सामुदायिक वन दिवस २०८३ अध्ययन–छलफल सम्पन्न

काठमाडाैं । सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आयोजनामा सप्ताहव्यापी रूपमा मनाइँदै आएको सामुदायिक वन दिवस २०८३ कार्यक्रमअन्तर्गत आज चौथो दिन हरियाली सामुदायिक वन उपभोक्ता समूह (भक्तपुर–काभ्रे) को अध्ययन तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। भक्तपुर र काभ्रे दुई जिल्लाका उपभोक्तालाई समेटेर सञ्चालित यस सामुदायिक वनले विगतमा नाङ्गो डाँडाका रूपमा रहेको क्षेत्रलाई वृक्षरोपणमार्फत हराभरा वनमा रूपान्तरण […]

सप्ताहव्यापी रूपमा मनाइँदै सामुदायिक वन दिवस, वनमाथिको समुदायको अधिकार सुरक्षित गर्न फेकोफनको जोड

काठमाडौं । सामुदायिक वन दिवस यस वर्ष विभिन्न जनचेतनामूलक तथा संरक्षणमुखी कार्यक्रमसहित सप्ताहव्यापी रूपमा मनाइने भएको छ। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) र कृषि, वन तथा पर्यावरण मन्त्रालयको सहकार्यमा साउन २५ गते ललितपुरको खुमलटारमा मुख्य समारोह आयोजना गरिनेछ। सो अवसरमा उत्कृष्ट सामुदायिक वन र कबुलियती वन समूहलाई गणेशमान सिंह सामुदायिक वन पुरस्कार प्रदान गर्ने […]

बागमती प्रदेशको प्रशासनिक केन्द्र निर्माणको प्रक्रिया सुरु,पहिलो चरणमा ३ हजार ४८४ वटा रुख कटान गर्ने सम्झौता

मकवानपुर। बागमती प्रदेशको स्थायी राजधानी हेटौंडामा प्रदेश सरकारको एकीकृत प्रशासनिक भवन निर्माण प्रक्रिया अघि बढेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालय र डिभिजन वन कार्यालय मकवानपुरबीच भएको सम्झौतापछि निर्माणस्थलमा रहेका सामुदायिक वनका रुख कटानको प्रक्रिया सुरु भएको हो। नेपाल सरकार मन्त्रिपरिषद् र वन तथा भू–संरक्षण विभागको निर्णयअनुसार हेटौँडा–१६ र १७ स्थित घ्याम्पे र चुरेकाली लेक सामुदायिक […]

Back To Top