हेटौंडा ।वन विज्ञान अध्ययन संस्थान, हेटौंडा क्याम्पसले पहिलो ‘ग्र्याजुएट कन्फरेन्स’ (Graduate Conference) को आयोजना गरी बिएस्सी फरेष्ट्री २०७९–०८३ ब्याचका ७३ जना विद्यार्थीहरूलाई ग्राजुएट गराएको छ। क्याम्पसमा आयोजित विशेष समारोहका बीच विद्यार्थीहरूलाई बिदाइ तथा बधाई ज्ञापन गर्दै ग्राजुएसन गराइएको हो। सोही कार्यक्रमको अवसर पारेर पूर्व विद्यार्थीहरूलाई सङ्गठित बनाउने उद्देश्यले ‘पूर्व विद्यार्थी समाज’ (Alumni Association) को ९ […]
कृषि तथा वन विज्ञान विश्वविद्यालय परिसरमा ट्रान्सफर्मरबाट करेन्ट लागेर चितुवाको मृत्यु
चितवन ।चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) परिसरमा रहेको बिजुलीको ट्रान्सफर्मरमा ठोक्किएर करेन्ट लाग्दा एक चितुवाको मृत्यु भएको छ। जिल्ला वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार करेन्ट लागेर ज्यान गुमाउने चितुवा करिब १० महिना उमेरकी पोथी रहेको छ। विश्वविद्यालय परिसरभित्र राखिएको विद्युत् ट्रान्सफर्मर नजिकै जाने क्रममा एकाएक करेन्ट लागेर चितुवाको घटनास्थलमै […]
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह
नारायणगढ । अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा उच्च सतर्कता अपनाउन चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आग्रह गरेको छ । निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार निकुञ्ज र मध्यवर्ती क्षेत्र भएर बग्ने नारायणी, राप्ती र रिउ नदीका साथै अन्य साना खोलामा पानीको बहाव उच्च हुने, बाढी […]
चितवनमा पाँच वर्षमा १३३ गैँडाको मृत्यु संरक्षणमा बढ्दो चुनौती, सङ्कटमा बासस्थान
घाँसे मैदान र पानीका स्रोत व्यवस्थापनमा चुनौती, सीमित स्रोत–साधनका कारण संरक्षण प्रयास प्रभावित चितवन । नेपालमा एकसिंगे गैँडाको प्रमुख बासस्थानका रूपमा रहेको चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा पछिल्लो पाँच वर्षमा १३३ वटा गैँडाको मृत्यु भएको छ। गैँडाको संरक्षणमा नेपालले हासिल गरेको उपलब्धिका बाबजुद प्राकृतिक तथा मानव सिर्जित कारणबाट निरन्तर भइरहेका मृत्युले वन्यजन्तु संरक्षण, बासस्थान […]
दोस्रो राष्ट्रिय संरक्षण मञ्च सम्पन्न, हरेक दुई वर्षमा आयोजना गर्ने प्रतिबद्धता
ललितपुर । जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा प्राकृतिक स्रोत व्यवस्थापनका लागि जलवायु वित्त परिचालनमा जोड दिँदै दोस्रो राष्ट्रिय संरक्षण मञ्च (NCF) २०२६ सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) नेपाल राष्ट्रिय समितिको आयोजनामा ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC) परिसरमा आयोजित दुईदिने मञ्च ‘जैविक विविधता संरक्षण र समृद्ध नेपालका लागि जलवायु वित्तको […]
खगेरी खोला संरक्षणका लागि असोज १३ गते बृहत छलफल हुने
चितवन । खगेरी खोला संरक्षण तथा व्यवस्थापनका लागि सरोकारवालाबीच असोज १३ गते बृहत छलफल कार्यक्रम आयोजना गरिने भएको छ। डिभिजन वन कार्यालय चितवनको पहलमा भएको छलफलले खोलाको दीर्घकालीन संरक्षण, व्यवस्थापन तथा आगामी योजनाका विषयमा सम्बन्धित सबै पक्षलाई सहभागी गराउने निर्णय गरेको हो। डिभिजन वन कार्यालय चितवनका वरिष्ठ डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यको अध्यक्षतामा भएको छलफलमा […]
सामुदायिक वनको संरक्षण, व्यवस्थापन र दिगो उपयोगबारे विद्यार्थीलाई स्थलगत ज्ञान
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकाय, हेटौंडाका विद्यार्थीहरूलाई सामुदायिक वनको संरक्षण, व्यवस्थापन तथा दिगो उपयोगसम्बन्धी स्थलगत प्रशिक्षण प्रदान गरिएको छ। विद्यार्थीहरूलाई पञ्चकन्या सामुदायिक वन, चतुर्मुखी सामुदायिक वन तथा भीमबली सामुदायिक वनको स्थलगत निरीक्षण गराउँदै वन संरक्षण र व्यवस्थापनका विभिन्न पक्षबारे जानकारी दिइएको हो। स्थलगत प्रशिक्षणका क्रममा विद्यार्थीहरूलाई सामुदायिक वनको संरक्षण तथा […]
खर्क नीति २०६८ समसामयिक सुधारका लागि बहुसरोकारवाला छलफल
काठमाडौं । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आयोजनामा ‘खर्क नीति, २०६८ समसामयिक सुधार विषयमा आज सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बहुसरोकारवाला छलफल कार्यक्रम सम्पन्न भएको छ। समितिका सभापति पूजा चौधरीको सभापतित्वमा आयोजित कार्यक्रमको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गरेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै अध्यक्ष दाहालले खर्कको बहुआयामिक महत्त्व […]
५० हेक्टर वन क्षेत्रमा २० वटा बाघ राख्न सक्ने टाइगर सेन्चुरी बनाइदै
चितवन । समस्याग्रस्त बाघलाई व्यवस्थापन गर्दै पर्यापर्यटनसँग जोड्ने उद्देश्यले यहाँ टाइगर सेन्चुरी बनाउन थालिएको छ । हाल दुई वटा समस्याग्रस्त बाघ राखिएको देवनगरमा २० वटा बाघ राख्न सक्ने गरी टाइगर सेन्चुरी बनाउन लागिएको हो । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको देवनगरमा चालु आर्थिक वर्षदेखि टाइगर सेन्चुरी निर्माणको काम थाल्न रु पाँच करोड बजेट विनियोजन […]
भोटेकोशी बाढीको मुद्दा एलडीसी मन्त्रीस्तरीय बैठकमा उठाइयो
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले रसुवाको भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीको विषयलाई मुख्य एजेन्डाका रूपमा उठाएकी छन् । टिमोर–लेस्टेको राजधानी दिलीमा आयोजित अल्पविकसित देशहरू (एलडीसी) को मन्त्रीस्तरीय बैठकमा उनले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट भएको क्षतिको विषय उठाएकी हुन् । बैठकको ‘साइडलाइन’मा मन्त्री चौधरीले विभिन्न उच्चस्तरीय द्विपक्षीय तथा बहुपक्षीय वार्ता गर्दै नेपालको […]

