काठमाडाैं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र विश्व वन्यजन्तु कोष (डब्लुडब्लएफ) अमेरिका प्रमुख कार्याकारी अधिकृत लोरेन मेयरबीच भेटवार्ता भएको छ । भेटमा नेपालको पछिल्लो बाढी तथा विपद्, पुनर्निर्माण, जैविक विविधता संरक्षण, जलवायु उत्थानशीलता, वन तथा वन्यजन्तु व्यवस्थापन र आगामी सहकार्यका विषयमा छलफल भएको छ । मन्त्री चौधरीविपद्को समयमा डब्लुडब्लएफले गरेको सहयोगका लागि […]
वन्यजन्तुको आहारा बढाउन बर्दिया राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थापन
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जले वन्यजन्तुको आहारा र बासस्थान सुधार गर्न घाँसे मैदान व्यवस्थापनको कामलाई तीव्रता दिएको छ। निकुञ्जभित्र रहेका चित्तल, जरायो, बाह्रसिंगा, रतुवा, लगुना, नीलगाईलगायतका शाकाहारी वन्यजन्तुलाई सहज रूपमा आहारा उपलब्ध गराउने उद्देश्यले हरेक वर्ष घाँसे मैदान व्यवस्थापन गरिँदै आएको हो। निकुञ्जभित्र वन्यजन्तुका लागि पर्याप्त आहारा उपलब्ध गराउन घाँसे मैदानको क्षेत्र विस्तार तथा व्यवस्थापनलाई […]
गुल्मीमा वर्षादको वितण्डा : २० हेक्टर वनका १५० भन्दा बढी सल्ला ढले, ३० परिवार जोखिममा
गुल्मी अविरल वर्षासँगै आएको हावाहुरी र पहिरोले गुल्मीको चन्द्रकोट गाउँपालिका–३ स्थित वार्जिङ सल्यार सामुदायिक वनमा ठूलो क्षति पुर्याएको छ। असोज १० गतेदेखि आएको विपद्का कारण करिब २० हेक्टर वनक्षेत्रमा रहेका १५० भन्दा बढी ठूला सल्लाका रुख ढलेका छन्। डिभिजन वन कार्यालय गुल्मीका वरिष्ठ वन अधिकृत उपेन्द्र अर्यालका अनुसार लगातारको वर्षा,हुरी र पहिरोका कारण वनक्षेत्रका सल्लाका […]
रोनाल्डो हात्तीको मृत्यु प्रकरण : जोखिमपूर्ण विद्युतीय संरचना अध्ययन गर्न समिति गठन
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बिसहजारी ताल तथा कुमाल ताल नजिकै बहुचर्चित जंगली हात्ती ‘रोनाल्डो’को करेन्ट लागेर मृत्यु भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले निकुञ्जभित्रका जोखिमपूर्ण विद्युतीय संरचनाको अध्ययन गर्न समिति गठन गरेको छ। असोज ३ गते ९सेप्टेम्बर १९० मृत अवस्थामा फेला परेको ५३ वर्षीय रोनाल्डोको मृत्यु नेपाली सेनाको बरन्डाभार क्षेत्रमा रहेको […]
निरन्तर प्रविधि पछ्याउँदै वन कार्यालय अर्घाखाँची
वन संरक्षण, व्यवस्थापन तथा सेवा प्रवाहसँगै सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै डिभिजन वन कार्यालय अर्घाखाँचीले आफ्ना गतिविधिलाई डिजिटल माध्यमबाट नियमित रूपमा सार्वजनिक गरिरहेको छ। कार्यालयका कार्यक्रम, निर्णय, सूचना तथा प्रगतिका गतिविधि सामाजिक सञ्जाल र वेबसाइटमार्फत नियमित प्रकाशन हुन थालेपछि कार्यालयको सूचना प्रवाह थप व्यवस्थित र प्रभावकारी बन्दै गएको छ। कार्यालयले सञ्चालन गरेका विभिन्न कार्यक्रम तथा […]
नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते
राँझा । नेपालगञ्जमा बादरको आक्रमणमा परी ४० जना घाइते भएका छन् । बाँदरलाई लखेट्ने क्रममा आक्रमणमा परी सर्वसाधारण घाइते हुने गरेका छन् । पछिल्लो डेढ महिनामा मात्रै बाँदरको आक्रमणमा परी घाइते भएका ४० सर्वसाधारण नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको लागि आएको भेरी अस्पतालमा सर्प तथा जनावरजन्य टोकाइका बिरामीको बारेमा अध्ययन रहेका डा. बद्री चापागाईंले बताए । […]
पहिलाखोला सामुदायिक वनले २ हजार ३८० क्यु.फिट काठ लिलाम गर्दै
रुपन्देही । सैनामैना नगरपालिका–१०, सालझण्डीस्थित पहिलाखोला सामुदायिक वन उपभोक्ता समूहले घाटगद्दीमा बाँकी रहेको विभिन्न जातका काठ तथा सालको दाउरा शिलबन्दी बोलपत्रमार्फत लिलाम बिक्री गर्ने भएको छ। समूहले स्वीकृत वन व्यवस्थापन कार्ययोजना आर्थिक वर्ष २०८२-०८३ बमोजिम घाटगद्दीमा रहेका विभिन्न जातका ४५५ थान गोलिया काठ, कुल २ हजार ३८० दशमलव ३६ क्युबिक फिट तथा साल जातको ३ […]
चम्पादेवीमा अतिक्रमण नियन्त्रण, करिब ०.५ हेक्टर वन क्षेत्र अतिक्रमण मुक्त
काठमाडाैं । डिभिजन वन कार्यालय, ओखलढुंगाले वन क्षेत्र भित्रका अनाधिकृत संरचनाहरु हटाएको छ। डिभिजन वन कार्यालय ओखलढुंगाका डिभिजनल वन अधिकृत मनाराज राईका अनुसार अतिक्रमण नियन्त्रण गर्ने राष्ट्रिय नीति तथा प्रदेशको कार्यसम्पादन करार सम्झौतामा समेत उल्लेख गरिएको लक्ष्य अनुरुप अतिक्रमण नियन्त्रण कार्य तिव्र रुपमा गरिएको राईले बताए । ओखलढुंगाको चम्पादेवी गाँउपालिका वडा न. ७ स्थित श्री […]
डिभिजन वन कार्यालयद्वारा घरभित्र अड्किएको चितुवाको सफल उद्धार
अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिका–मकैडाँडामा घरभित्र रहेको कुखुराको खोरमा अड्किएको चितुवाको डिभिजन वन कार्यालय अर्घाखाँचीको टोलीले सफल तथा सुरक्षित उद्धार गरेको छ। स्थानीयवासीको घरमा रहेको कुखुराको खोरभित्र चितुवा अड्किएको खबर बिहान करिब ८ बजे प्राप्त भएपछि डिभिजन वन कार्यालयबाट तत्काल उद्धार टोली परिचालन गरिएको थियो। टोलीले आवश्यक सावधानी र सुरक्षा उपाय अपनाउँदै चितुवाको सुरक्षित उद्धार […]
बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार
पाल्पा। दुई वर्षअघिसम्म रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसानका लागि मकै खेती गर्नु जति कठिन थियो, त्यसलाई जोगाएर घर भित्र्याउनु झनै चुनौतीपूर्ण थियो। बिहान उज्यालो नहुँदै बारी पुग्ने, दिनभरि मकैका बोट नियाल्ने र बाँदरको बथान देखिनेबित्तिकै गुलेली तथा नक्कली बन्दुक लिएर धपाउने किसानको दैनिकी बनेको थियो। साँझ परेपछि पनि बारी छाड्न सक्ने अवस्था थिएन। रातिको समयमा बँदेल […]

