ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

Author: Banka Kura

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बीमा र पूर्वसूचना प्रणाली विस्तार गरिँदै

काठमाडौं । सरकारले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि क्षतिपूर्ति, बीमा, पूर्वसूचना प्रणाली, रोकथामका संरचना, स्थानान्तरण तथा वैकल्पिक बाली प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। राष्ट्रियसभाको आजको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्रश्नको जवाफ दिँदै चालु आर्थिक वर्षदेखि ‘मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम’ सञ्चालनमा ल्याइएको जानकारी दिए। कार्यक्रमअन्तर्गत ‘म्यानेजिङ ह्युमन टाइगर इन्टरफेस’ आयोजना बर्दिया, चितवन र पर्सामा […]

पाँच आर्थिक वर्षको तथ्याङ्कले देखाउँछ सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै छ

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै गएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पछिल्ला पाँच आर्थिक वर्षको तथ्याङ्कले वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै गएको देखाएको हो । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८-७९ देखि २०८२-०८३ सम्म प्रदेशमा वन्यजन्तु अपराधका ४४ घटना भएका छन् । ती घटनासम्बन्धी ८५ मुद्दा दायर हुँदा १०० […]

कोप–३१ मा जलवायु न्याय र जलवायु वित्तका लागि सशक्त पहल गर्न सांसदको सुझाव

काठमाडौं। राष्ट्रियसभाका सांसदले कोप–३१ मा जलवायु न्याय र जलवायु वित्तका लागि सशक्त पहल गर्न सुझाव दिएका छन् । राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा नेपालको प्रभावकारी तयारी, जलवायुजन्य विपद्को जोखिम न्यूनीकरण तथा जलवायु न्यायका विषयलाई प्राथमिकताका साथ उठाउनुपर्नेमा सांसदहरूले जोड दिएका छन् । बैठकमा सांसद […]

सहरी गल्लीदेखि घरभित्रै चितुवा उपत्यकामा किन बारम्बार दोहोरिन्छ मानिस र वन्यजन्तुको जम्काभेट ?

​काठमाडौं । ललितपुरको सहरी क्षेत्र र घना वनसँग जोडिएका आसपासका बस्तीहरूमा पछिल्लो समय चितुवा पस्ने र उद्धार गरिने घटनाहरू सामान्यजस्तै बनेका छन्। केही समयअघि ललितपुरको कुसुन्टीस्थित माछापुच्छ्रे स्कुलको स्टोररुमभित्रै चितुवा फेला परेपछि वरपर ठूलो त्रास फैलिएको थियो। सदर चिडियाखाना जावलाखेलको प्राविधिक टोलीले डार्ट गरी बेहोस बनाएपछि मात्र उक्त चितुवालाई सुरक्षित नियन्त्रणमा लिन सम्भव भएको थियो। […]

वन्यजन्तुलाई पानीको व्यवस्था गर्न तनहुँका आठ सामुदायिक वनमा पोखरी निर्माण

तनहुँ ।मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले तनहुँका विभिन्न सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ। वन क्षेत्रमा पानीको स्रोतको अभावका कारण वन्यजन्तु पानी खोज्दै बस्ती पस्ने र त्यस क्रममा मानिस तथा पशुधनमाथि आक्रमणका घटना बढ्न थालेपछि डिभिजन वन कार्यालय तनहुँले पोखरी निर्माण अभियानलाई निरन्तरता दिएको हो। डिभिजन वन कार्यालय तनहुँका  डिभिजनल मनोज रानाभाटका अनुसार आर्थिक वर्ष […]

वन्यजन्तु अपराध नियन्त्रणका लागि पत्रकार र संरक्षणकर्मीबीच छलफल

ललितपुर । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तुको अवैध व्यापार र चोरी, सिकार नियन्त्रणका विषयमा सञ्चारकर्मी र संरक्षणकर्मीबीच छलफल भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले सोमबार आयोजना गरेको छलफलमा पत्रकार तथा संरक्षण क्षेत्रमा कार्यरत विज्ञ र अभ्यासकर्तालाई एकै ठाउँमा ल्याई वन्यजन्तु संरक्षणसम्बन्धी समाचार लेखन, सूचना सम्प्रेषण, अनुभव आदानप्रदान तथा जनचेतना अभिवृद्धिका उपायबारे विचार विमर्श गरिएको […]

गेरूवामा जंगली हात्तीको आतंक, पाक्न थालेको धानबाली नष्ट, किसान चिन्तित

​बर्दिया । बर्दियाको गेरूवा गाउँपालिकामा पछिल्लो समय जंगली हात्तीको आतङ्क अत्यधिक बढेपछि स्थानीय किसानहरू चरम समस्या र चिन्तामा परेका छन्। बर्दिया राष्ट्रिय निकुञ्जबाट बस्ती तथा खेतबारीमा छिर्ने हात्तीको समूहले पाक्न थालेको धानबाली नष्ट गर्न थालेपछि किसानहरूको वर्षभरिको मेहेनत माटोमा मिल्ने जोखिम बढेको हो। ​गेरूवा गाउँपालिका–४ स्थित दंगपुरमा भर्खरै मात्र जंगली हात्तीको समूहले स्थानीय किसानको खेतमा […]

मधेसको वन संरक्षण र चुरे जोगाउन पारदर्शी कार्यशैली आवश्यक : विनोद सिंह (अन्तर्वार्ता)

महाेत्तरी । मधेस प्रदेश भौगोलिक र सामाजिक दृष्टिले जति सुगम र महत्त्वपूर्ण छ, वन तथा प्राकृतिक स्रोत व्यवस्थापनका हिसाबले उत्तिकै संवेदनशील र चुनौतीपूर्ण पनि छ। तीव्र बस्ती विस्तार, वन अतिक्रमण, अवैध रुख कटान, नदीजन्य पदार्थको अनियन्त्रित दोहन तथा चुरे क्षेत्रको क्षयीकरण मधेसका वन क्षेत्रमा देखिएका प्रमुख चुनौती हुन्। यस्ता जटिल परिस्थितिका बीच सुशासन, पारदर्शिता र […]

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

दमौली (तनहुँ) । तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित भएका छन् । जिल्लाका १० पालिकाका ६४ हजार आठ सय ४२ दशमलव ४८ हेक्टर वन क्षेत्रबाट उनीहरू लाभान्वित भएके डिभिजन वन कार्यालयले जनाएको छ । वन कार्यालयका डिभिजनल मनोज रानाभाटका अनुसार वन क्षेत्रबाट तीन लाख ७९ हजार सात सय १७ जना लाभान्वित भएका […]

सल्यानको रिममा हावाहुरीले ठूलो संख्यामा सल्लाका रुख ढले

अविरल वर्षासँगै आएको हावाहुरीका कारण सल्यानको रिम क्षेत्रमा ठूलो संख्यामा सल्लाका रुख ढलेका छन्। हावाहुरीका कारण वन क्षेत्रमा रहेका परिपक्व तथा ठूला सल्लाका रुखहरू ढलेर क्षति भएको स्थानीयले बताएका छन्। अविरल वर्षा र तीव्र हावाहुरीका कारण रिम क्षेत्रका विभिन्न स्थानमा रुखहरू ढलेको जानकारी प्राप्त भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ। घटनापछि वन क्षेत्रमा भएको […]

Back To Top