ताजा खबर
वन अतिक्रमणविरुद्ध निर्मम बन्न डिभिजनल वन अधिकृतहरूलाई मन्त्री आलेको निर्देशन
मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन
काठसहित पाँच मोटरसाइकल प्रहरी नियन्त्रणमा
बहुउपयोगी प्रजातिका बिरुवा रोपण
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?

Author: Banka Kura

व्यावसायिक वन्यजन्तु पालन मापदण्ड परिमार्जन गरिँदै, भदौ १० गतेभित्र सुझाव दिन विभागको आह्वान

काठमाडौं ।नेपालमा व्यावसायिक रूपमा वन्यजन्तुको पालन, प्रजनन तथा उपयोगलाई थप व्यवस्थित र समयसापेक्ष बनाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गृहकार्य सुरु गरेको छ। यसका लागि विभागले ‘व्यावसायिक रूपमा वन्यजन्तुको पालन, प्रजनन तथा उपयोग सम्बन्धी मापदण्ड, २०८०’ परिमार्जन गर्न सरोकारवालाहरूबाट राय, सुझाव र प्रतिक्रिया माग गरेको छ। ​विभागले जारी गरेको सूचना अनुसार वन्यजन्तु पालन तथा […]

जलवायु उत्थानशील लुम्बिनी निर्माणको १० वर्षे मार्गचित्र

  प्रमोद भट्टराई प्रदेश वन सचिव, लुम्बिनी प्रदेश जलवायु परिवर्तन आज विश्व समुदायका लागि सबैभन्दा गम्भीर चुनौतीका रूपमा स्थापित भएको छ। यो केवल वातावरणीय समस्या मात्र होइन, मानव जीवन, अर्थतन्त्र, सामाजिक संरचना, खाद्य सुरक्षा, पूर्वाधार र विकासको समग्र प्रक्रियासँग जोडिएको विषय हो। विशेषगरी भौगोलिक, सामाजिक तथा आर्थिक रूपमा संवेदनशील नेपालका लागि जलवायु परिवर्तनका असर न्यूनीकरण […]

बडीमालिका–रामारोशन वनलाई ‘संरक्षण क्षेत्र’ बनाउने निर्णयप्रति ‘फेकोफन’को कडा आपत्ति, तत्काल खारेज गर्न माग

​काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको बडीमालिका र अछामको रामारोशन क्षेत्रलाई समेटेर ‘बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र’ घोषणा गर्ने निर्णय गरेपछि सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल (फेकोफ) ले कडा आपत्ति जनाएको छ। ​महासङ्घका अध्यक्ष ठाकुर भण्डारीद्वारा जारी विज्ञप्तिमा प्रदेश सरकारको उक्त निर्णयले परापूर्वकालदेखि वन जोगाउँदै आएका स्थानीय समुदायको प्राकृतिक स्रोतमाथिको अधिकार खोसिएको भन्दै निर्णय तत्काल खारेज […]

वन सेवामा दुर्लभ संयोग २०७४ व्याचका १३ अधिकृत एकैसाथ संघ र सातै प्रदेशमा उपसचिव

काठमाडौं । नेपाल वन सेवामा एकै वर्ष अधिकृतका रूपमा प्रवेश गरेका १३ जना वन कर्मचारीहरू संघ तथा सातौं वटै प्रदेशका लोक सेवा आयोगमार्फत उपसचिव पदमा पदोन्नति हुन सफल भएका छन्। ​समान व्याचका साथीहरू एकैसाथ संघ र देशका सातै प्रदेशका लोक सेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षा तथा मूल्याङ्कन प्रक्रिया पार गर्दै नवौं तह (उपसचिव) मा सिफारिस हुनुलाई […]

जलवायु परिवर्तनको हिमाली असरलाई विश्व प्राथमिकतामा राख्नुपर्नेमा सहसचिव डा. महेश्वर ढकालको जोड

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं जलवायु विज्ञ डा. महेश्वर ढकालले हिमाली क्षेत्र र जलवायु परिवर्तनबाट उत्पन्न प्रभावलाई अन्तर्राष्ट्रिय प्राथमिकताको विषय बनाउन नेपालले सक्रिय नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले विकसित मुलुकहरूले हिमालसम्बन्धी विषयलाई अझै पर्याप्त प्राथमिकता नदिएको भन्दै नेपालले अन्तर्राष्ट्रिय […]

वातावरणीय सेवा शुल्क : संरक्षण गर्ने समुदायलाई सेवाको मूल्य

  लोकराज नेपाल संसारभर वातावरण संरक्षण, जलवायु परिवर्तन र प्राकृतिक स्रोतको दिगो व्यवस्थापनका विषयमा बहस बढ्दै गएको छ। विकासका नाममा वन विनाश, अव्यवस्थित भू–उपयोग, तीव्र सहरीकरण, औद्योगिकीकरण र जीवाश्म इन्धनको बढ्दो प्रयोगले वातावरणीय सन्तुलनमा गम्भीर असर पारिरहेको छ। वन क्षेत्र घट्दै जाँदा कार्बन सोस्ने प्राकृतिक क्षमता कमजोर भएको छ भने वायुमण्डलमा हरितगृह ग्यासको मात्रा बढिरहेको […]

धनकुटाको वन समृद्धिको आधारदेखि सामुदायिक संरक्षणको नमुनासम्म

  सन्जिव ढकाल डिभिजनल वन अधिकृत, धनकुटा धनकुटा । पूर्वी नेपालको पहाडी भूगोलमा अवस्थित धनकुटा प्राकृतिक स्रोत, कृषि उत्पादन र जैविक विविधताले समृद्ध जिल्ला हो। तर धनकुटाको पहिचानलाई अझ गहिराइमा हेर्ने हो भने यसको सबैभन्दा महत्वपूर्ण प्राकृतिक सम्पदामध्ये वन अग्रस्थानमा आउँछ। जिल्लाको ठूलो भूभाग वनले ढाकेको छ र यही वन स्थानीय वातावरण, जलस्रोत, कृषि प्रणाली, […]

इलाममा उत्सव थापा, तेह्रथुममा वीरेन्द्र शाहलाई डिभिजनल वन अधिकृतको जिम्मेवारी

इलाम । कोशी प्रदेश सरकारले प्रदेशका दुई डिभिजन वन कार्यालयमा डिभिजनल वन अधिकृतको जिम्मेवारी हेरफेर गरेको छ। मोरङमा कार्यरत डिभिजनल वन अधिकृत उत्सव थापालाई इलाम डिभिजन वन कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको छ भने इलामका डिभिजनल वन अधिकृत वीरेन्द्र शाहलाई तेह्रथुम डिभिजन वन कार्यालयको प्रमुखका रूपमा सरुवा गरिएको छ। प्रदेश सरकारको प्रमुख सचिवस्तरीय निर्णयबाट बुधबार उक्त […]

काठ तस्करीको नयाँ चाल, जंगलमै चिरान गरेर कडी बनाइँदै

  रौतहट । रौतहटमा काठ तस्करी गर्ने समूहले प्रहरी र वन कर्मचारीलाई झुक्याउन तस्करीको शैली परिवर्तन गर्न थालेका छन्। पछिल्लो समय जंगलमै सालको काठ चिरान गरी सानो आकारको ‘कडी’ बनाएर बाहिर निकाल्ने गरेको पाइएको छ। यसै क्रममा धनसार–गौँडाटार सीमा क्षेत्रको घना जंगलबाट डिभिजन वन कार्यालय रौतहटको रात्रि गस्ती टोलीले मंगलबार राति करिब साढे ९ बजे […]

‘बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र’ कार्यान्वयनमा ल्याउने सुदूरपश्चिम प्रदेशको घोषणा

बाजुरा । सुदूरपश्चिमको पहाडी भूगोलमा प्रकृति संरक्षणको नयाँ अध्याय सुरु भएको छ। धार्मिक तथा प्राकृतिक पर्यटनको महत्वपूर्ण गन्तव्य बडीमालिकादेखि ताल, वन र जैविक विविधताले भरिएको रामारोशनसम्मको विशाल भूभागलाई एउटै संरक्षण भूगोलमा जोड्दै प्रदेश सरकारले ‘बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र’ कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ। दुई जिल्लाका अलग–अलग प्राकृतिक क्षेत्रलाई एउटै संरक्षण अवधारणामा जोडिएको यो निर्णयले वन […]

Back To Top