ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

Category: वन समाचार

परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना

  काठमाडौं । परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत र प्रभावकारी बनाउन पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ । जलवायु परिवर्तन र यसले पारिरहेको प्रभावलाई ध्यान दिएर अहिलेको आवश्यकताअनुसार मन्त्रालयले यो शाखा स्थापना गर्ने निर्णय गरेको मन्त्री शिशिर खनालको सचिवालयले जनाएको छ । मन्त्रालयले गरेको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) का आधारमा […]

चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला

चितवन ।  राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि चर्चित र लोकप्रिय रहँदै आएको जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला परेको छ। निकुञ्जको विषहजारी ताल तथा आसपासको पोस्ट नजिकै नियमित गस्तीमा रहेका कर्मचारी र प्राविधिक टोलीले हात्तीलाई मृत भेटेका हुन्। ​हात्तीको मृत्युको वास्तविक कारण भने खुल्न सकेको छैन। निकुञ्जका पशु चिकित्सक र विशेषज्ञ टोली घटनास्थल […]

काठमाडौँ फरेस्ट्री कलेजमा जनशक्ति आवश्यकता

काठमाडाैं । ​काठमाडौँको चन्द्रागिरि-८, गैरीगाउँस्थित काठमाडौं फरेस्ट्री कलेज (KAFCOL) पब्लिक लिमिटेडले विभिन्न शैक्षिक तथा अनुसन्धान पदका लागि नयाँ जनशक्तिको माग गरेको छ। ​कलेजले सार्वजनिक गरेको सूचना अनुसार १ जना भाइस प्रिन्सिपल/एकेडेमिक कोअर्डिनेटर र ४ जना पूर्णकालीन प्राध्यापक/शिक्षक (Full Time Faculty) पदका लागि आवेदन आह्वान गरिएको हो। भाइस प्रिन्सिपल पदका लागि सम्बन्धित विषयमा स्नातकोत्तर वा विद्यावारिधि […]

चम्पादेवीमा अतिक्रमण नियन्त्रण, करिब ०.५ हेक्टर वन क्षेत्र अतिक्रमण मुक्त

काठमाडाैं । डिभिजन वन कार्यालय, ओखलढुंगाले वन क्षेत्र भित्रका अनाधिकृत संरचनाहरु हटाएको छ। डिभिजन वन कार्यालय ओखलढुंगाका डिभिजनल वन अधिकृत मनाराज राईका अनुसार अतिक्रमण नियन्त्रण गर्ने राष्ट्रिय नीति तथा प्रदेशको कार्यसम्पादन करार सम्झौतामा समेत उल्लेख गरिएको लक्ष्य अनुरुप अतिक्रमण नियन्त्रण कार्य तिव्र रुपमा गरिएको राईले बताए । ओखलढुंगाको चम्पादेवी गाँउपालिका वडा न. ७ स्थित श्री […]

डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय

​काठमाडौं । वन तथा भू-संरक्षण विभागले असोजमा वडादसैंको घटस्थापना अगाडि नै देशभरका डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी थालेको छ। ​देशभरको वन व्यवस्थापन, भू-संरक्षण, वन्यजन्तु संरक्षण तथा समसामयिक नीतिगत विषयमा छलफल गर्न विभागले यो सम्मेलन आयोजना गर्न लागेको हो। सम्मेलनका लागि आवश्यक बजेट व्यवस्थापनका हेतुले हाल वन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन महाशाखासँग […]

सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद

इलाम । इलामको चुलाचुली गाउँपालिका–३ स्थित सुकुना खोलाबाट वन कर्मचारीले साल जातका चिरान काठसहित काठ ओसारपसारमा प्रयोग भएको मोटरसाइकल बरामद गरेका छन्। मंगलबार राति करिब ११स्२५ बजे चुलाचुली सब डिभिजन वन कार्यालय, बरगोठेका कर्मचारी सम्मिलित संयुक्त गस्ती टोलीले काठ लोड गरिएको अवस्थामा मे २ प २००५ नम्बरको हिरोहोन्डा मोटरसाइकल फेला पारेको हो। वन सहायक धनिरामसिंह […]

इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

इलाम । इलामको माई नगरपालिका–९ स्थित सोक्तिमभ्याली सामुदायिक वनमा साल जातको रुख कटान गरी काठ चिरान गरिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा डिभिजन वन कार्यालय इलामका वन अधिकृत तथा सूचना अधिकारी भुवनमणि शर्माको नेतृत्वमा माई सब–डिभिजन वन कार्यालय सुखानीका सशस्त्र वन रक्षकसहितको संयुक्त गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो । […]

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

काठमाडाैं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न तथा जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भोटेकोशी बाढीको महाविपत्तिले नेपालको हिमाली पर्यावरण असाधारण रूपमा नाजुक अवस्थामा रहेको देखाएको बताए । उनले पछिल्लो विपत्तिले निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम […]

वन क्षेत्रलाई वैज्ञानिक र व्यावसायिक ढंगले अघि बढाउन वन प्राविधिक संघको सुझाव

काठमाडौं । नेपाल वन प्राविधिक संघ, लुम्बिनी प्रदेश कार्यसमितिले वन, वातावरण तथा पर्यटन मन्त्रालयका प्राथमिकताका कार्यक्रमलाई वैज्ञानिक, व्यावहारिक र प्रभावकारी ढंगले अघि बढाउन आग्रह गरेको छ। संघले मन्त्रालयको स्थायी संगठन संरचना (ओ एन्ड एम) स्वीकृतिका लागि वन क्षेत्रको संवेदनशीलता, मन्त्रालयको आवश्यकता, लक्ष्य तथा कार्यान्वयनमा रहेका कार्यक्रमलाई आधार बनाएर वैज्ञानिक ढंगले संगठन संरचना तयार गर्नुपर्ने जनाएको […]

पथलैया सामुदायिक वनको अतिक्रमित क्षेत्र १५ दिनभित्र खाली गर्न निर्देशन

​बारा । डिभिजन वन कार्यालय सिमरा, बाराले पथलैया सामुदायिक वन क्षेत्रभित्र गैरकानुनी रूपमा निर्माण गरिएका घर–टहरा र व्यवसाय १५ दिनभित्र हटाउन अन्तिम ताकेता गरेको छ। कार्यालयले एक १५ दिने सूचना जारी गर्दै अतिक्रमित वन क्षेत्र खाली गर्न निर्देशन दिएको हो। ​वन कार्यालयका अनुसार दुधौरा खोला नजिकै, पथलैया सामुदायिक वन, पूर्व–पश्चिम राजमार्ग र खयरघारी क्षेत्रभित्रको चारकिल्लामा […]

Back To Top