ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

Day: August 12, 2026

वातावरणीय सेवा शुल्क : संरक्षण गर्ने समुदायलाई सेवाको मूल्य

  लोकराज नेपाल संसारभर वातावरण संरक्षण, जलवायु परिवर्तन र प्राकृतिक स्रोतको दिगो व्यवस्थापनका विषयमा बहस बढ्दै गएको छ। विकासका नाममा वन विनाश, अव्यवस्थित भू–उपयोग, तीव्र सहरीकरण, औद्योगिकीकरण र जीवाश्म इन्धनको बढ्दो प्रयोगले वातावरणीय सन्तुलनमा गम्भीर असर पारिरहेको छ। वन क्षेत्र घट्दै जाँदा कार्बन सोस्ने प्राकृतिक क्षमता कमजोर भएको छ भने वायुमण्डलमा हरितगृह ग्यासको मात्रा बढिरहेको […]

धनकुटाको वन समृद्धिको आधारदेखि सामुदायिक संरक्षणको नमुनासम्म

  सन्जिव ढकाल डिभिजनल वन अधिकृत, धनकुटा धनकुटा । पूर्वी नेपालको पहाडी भूगोलमा अवस्थित धनकुटा प्राकृतिक स्रोत, कृषि उत्पादन र जैविक विविधताले समृद्ध जिल्ला हो। तर धनकुटाको पहिचानलाई अझ गहिराइमा हेर्ने हो भने यसको सबैभन्दा महत्वपूर्ण प्राकृतिक सम्पदामध्ये वन अग्रस्थानमा आउँछ। जिल्लाको ठूलो भूभाग वनले ढाकेको छ र यही वन स्थानीय वातावरण, जलस्रोत, कृषि प्रणाली, […]

इलाममा उत्सव थापा, तेह्रथुममा वीरेन्द्र शाहलाई डिभिजनल वन अधिकृतको जिम्मेवारी

इलाम । कोशी प्रदेश सरकारले प्रदेशका दुई डिभिजन वन कार्यालयमा डिभिजनल वन अधिकृतको जिम्मेवारी हेरफेर गरेको छ। मोरङमा कार्यरत डिभिजनल वन अधिकृत उत्सव थापालाई इलाम डिभिजन वन कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको छ भने इलामका डिभिजनल वन अधिकृत वीरेन्द्र शाहलाई तेह्रथुम डिभिजन वन कार्यालयको प्रमुखका रूपमा सरुवा गरिएको छ। प्रदेश सरकारको प्रमुख सचिवस्तरीय निर्णयबाट बुधबार उक्त […]

काठ तस्करीको नयाँ चाल, जंगलमै चिरान गरेर कडी बनाइँदै

  रौतहट । रौतहटमा काठ तस्करी गर्ने समूहले प्रहरी र वन कर्मचारीलाई झुक्याउन तस्करीको शैली परिवर्तन गर्न थालेका छन्। पछिल्लो समय जंगलमै सालको काठ चिरान गरी सानो आकारको ‘कडी’ बनाएर बाहिर निकाल्ने गरेको पाइएको छ। यसै क्रममा धनसार–गौँडाटार सीमा क्षेत्रको घना जंगलबाट डिभिजन वन कार्यालय रौतहटको रात्रि गस्ती टोलीले मंगलबार राति करिब साढे ९ बजे […]

‘बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र’ कार्यान्वयनमा ल्याउने सुदूरपश्चिम प्रदेशको घोषणा

बाजुरा । सुदूरपश्चिमको पहाडी भूगोलमा प्रकृति संरक्षणको नयाँ अध्याय सुरु भएको छ। धार्मिक तथा प्राकृतिक पर्यटनको महत्वपूर्ण गन्तव्य बडीमालिकादेखि ताल, वन र जैविक विविधताले भरिएको रामारोशनसम्मको विशाल भूभागलाई एउटै संरक्षण भूगोलमा जोड्दै प्रदेश सरकारले ‘बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र’ कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ। दुई जिल्लाका अलग–अलग प्राकृतिक क्षेत्रलाई एउटै संरक्षण अवधारणामा जोडिएको यो निर्णयले वन […]

जलवायु परिवर्तन सम्बन्धी शिखर सम्मेलन (कोप–३१) मा सहभागी हुन वालेनलाई आयोजक राष्ट्र प्रमुखको निमन्त्रणा

काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा सहभागी हुन निमन्त्रणा आएको छ । बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री शाहलाई निमन्त्रणा प्राप्त भएको जानकारी गराएका थिए ।कोपमा सहभागी हुन प्रधानमन्त्री शाहलाई टर्कीएका […]

लुम्बिनीको जलवायु रणनीतिक कार्ययोजनाको मस्यौदामाथि छलफल

देउखुरी । लुम्बिनी प्रदेशमा ‘जलवायु परिवर्तन रणनीतिक कार्ययोजना, लुम्बिनी प्रदेशको मस्यौदा प्रतिवेदन छलफल’ कार्यक्रम सम्पन्न भएको छ।वन, वातावरण तथा पर्यटन मन्त्रालय, लुम्बिनी प्रदेशको आयोजनामा साउन २६ गते मंगलबार राप्ती उपत्यका (देउखुरी) स्थित लुम्बिनी हलमा सो कार्यक्रम सम्पन्न भएको हो। ​मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशका प्रमुख सचिवको अध्यक्षतामा सम्पन्न उक्त औपचारिक कार्यक्रममा विभिन्न मन्त्रालयका सचिव, […]

चितवनका चार सामुदायिक वनले काठ तथा दाउरा लिलाम गर्दै

चितवन । चितवनका चारवटा सामुदायिक वन उपभोक्ता समूहले घाटगद्दीमा रहेका काठ तथा दाउरा लिलाम बिक्री गर्ने भएका छन्। भरतपुर र राप्ती क्षेत्रका बागेश्वरी, इन्द्रेणी, कमिरेपानी र पर्वत सामुदायिक वनले  छुट्टाछुट्टै सिलबन्दी बोलपत्र आह्वान गर्दै काठ तथा दाउरा बिक्री प्रक्रिया अघि बढाएका हुन्। डिभिजन वन कार्यालयमा सूचीकृत काठ तथा दाउरामा आधारित सःमिल, फर्निचर उद्योग तथा सम्बन्धित […]

Back To Top