भक्तपुर । भक्तपुर—क्षेत्रफलका हिसाबले सानो भए पनि भक्तपुर उपत्यकाको वातावरणीय दृष्टिले अत्यन्त संवेदनशील जिल्ला हो। तीव्र सहरीकरण, बढ्दो जनघनत्व, अव्यवस्थित प्लटिङ, सडक तथा भौतिक पूर्वाधार विस्तारसँगै जिल्लाका खुला तथा हरित क्षेत्र निरन्तर दबाबमा छन्। वन क्षेत्रसँग जोडिएका सीमान्त जमिन, खोल्सा, प्राकृतिक जलनिकास क्षेत्र र जैविक मार्गमा परेको दबाबले वन तथा वातावरण संरक्षणलाई थप चुनौतीपूर्ण बनाउँदै […]
वन विज्ञानको पाठ्यक्रममा दर्शनशास्त्र : एक परिचर्चा
केशव पराजुली । नेपालमा मात्र नभएर विश्वभरका विश्वविद्यालयहरूमा वन विज्ञान विषयको पाठ्यक्रम निर्माण गर्दा प्रायस् प्राविधिक विषयहरूलाई नै केन्द्रविन्दुमा राखेको देखिन्छ। सिल्भिकल्चर, वन पारिस्थितिकी, वन्यजन्तु व्यवस्थापन, वन स्रोत सर्वेक्षण, जिआईएस र रिमोट सेन्सिङ जस्ता विषयहरूले पाठ्यक्रमको ठूलो हिस्सा ओगट्छन् जुन स्वाभाविक पनि हो, किनकी वन विज्ञान अन्तत : एक प्राविधिक तथा प्रयोगात्मक विषय नै हो। […]
जलवायु परिवर्तनकाे मुद्दा उठाउन प्रधानमन्त्री बोलन शाह ८१औं महासभामा सहभागी हुन अमेरिका जादैं
काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएका छन् । मन्त्रिपरिषद्ले प्रधानमन्त्रीकै नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल न्युयोर्क पठाउने निर्णय गरेको हो । यसअघि महासभामा परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरिएको थियो । तर, भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नेपालले भोगेको जनधनको क्षति र बढ्दो जलवायु जोखिमलाई विश्वमञ्चमा प्रधानमन्त्री […]
रेमिट्यान्स मात्रै होइन, जलवायुका लागि पनि शक्ति हुन् विदेशमा रहेका नेपाली, कसरी ?
रबि किरण अधिकारी । काठमाडौं । नेपालमा बाढी, पहिरो, भूकम्प, आगलागी वा अन्य विपद् आउँदा विदेशमा रहेका नेपालीको ध्यान सबैभन्दा पहिले आफ्नै देशतर्फ फर्किन्छ। सामाजिक सञ्जालमा सूचना फैलिन्छ, फोनमार्फत आफन्तको अवस्थाबारे जानकारी लिने क्रम सुरु हुन्छ र प्रभावित परिवारका लागि सहयोग जुटाउन थालिन्छ। कसैले रकम पठाउँछन्, कसैले राहत सामग्री जुटाउँछन् भने कतिपयले विद्यालय, स्वास्थ्य संस्था […]
जलवायु परिवर्तन नोक्सानी तथा क्षति कोष : के हो, कसरी क्षतिपूर्ति गर्छ?
काठमाडाैं । यसै महिनाको १० गते रसुवाको भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा हिमपहिरो र चट्टान खसेर आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्यायो। यो लेख तयार पार्दासम्म १ हजार २ सय ९४ जनाको मृत्यु भएको, ५ हजारभन्दा बढी मानिस सम्पर्कविहीन रहेको र करिब ४ खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ (कान्तिपुर, […]
भोटेकोशी बाढीको मुद्दा एलडीसी मन्त्रीस्तरीय बैठकमा उठाइयो
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले रसुवाको भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीको विषयलाई मुख्य एजेन्डाका रूपमा उठाएकी छन् । टिमोर–लेस्टेको राजधानी दिलीमा आयोजित अल्पविकसित देशहरू (एलडीसी) को मन्त्रीस्तरीय बैठकमा उनले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट भएको क्षतिको विषय उठाएकी हुन् । बैठकको ‘साइडलाइन’मा मन्त्री चौधरीले विभिन्न उच्चस्तरीय द्विपक्षीय तथा बहुपक्षीय वार्ता गर्दै नेपालको […]
जनचेतना सामुदायिक वनले ६ हजार क्युफिटभन्दा बढी काठ लिलाम गर्दै
कपिलवस्तु । शिवराज नगरपालिका–१, भलुहीस्थित जनचेतना सामुदायिक वन उपभोक्ता समूहले काठ तथा दाउरा बोलपत्रमार्फत लिलाम बिक्री गर्ने भएको छ । समूहले स्वीकृत वन व्यवस्थापन कार्ययोजना तथा डिभिजन वन कार्यालय, कपिलवस्तु गौतमबुद्धको संकलन सहमतिअनुसार आर्थिक वर्ष २०८१-८२ र २०८२- ०८३ मा संकलन गरी उत्पादन भएका काठ तथा दाउरा लिलाम गर्न लागेको हो । समूहका अनुसार आर्थिक […]
जलवायु न्यायका लागि अतिकम विकसित मुलुक एकजुट हुनुपर्छ : मन्त्री चौधरी
काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु सङ्कटबाट सबैभन्दा बढी प्रभावित अतिकम विकसित मुलुक (एलडिसी) जलवायु न्यायका लागि एकजुट भएर विश्वको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिएकी छन्। तिमोर–लेस्तेको राजधानी डिलीमा जारी अतिकम विकसित देशको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री चौधरीले भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोले जलवायु सङ्कटको गम्भीरता थप उजागर […]
वन क्षेत्रलाई वैज्ञानिक र व्यावसायिक ढंगले अघि बढाउन वन प्राविधिक संघको सुझाव
काठमाडौं । नेपाल वन प्राविधिक संघ, लुम्बिनी प्रदेश कार्यसमितिले वन, वातावरण तथा पर्यटन मन्त्रालयका प्राथमिकताका कार्यक्रमलाई वैज्ञानिक, व्यावहारिक र प्रभावकारी ढंगले अघि बढाउन आग्रह गरेको छ। संघले मन्त्रालयको स्थायी संगठन संरचना (ओ एन्ड एम) स्वीकृतिका लागि वन क्षेत्रको संवेदनशीलता, मन्त्रालयको आवश्यकता, लक्ष्य तथा कार्यान्वयनमा रहेका कार्यक्रमलाई आधार बनाएर वैज्ञानिक ढंगले संगठन संरचना तयार गर्नुपर्ने जनाएको […]
भोजपुरमा वनबाट ९ करोड ६९ लाख राजस्व सङ्कलन
भोजपुर । जिल्लामा काठ तथा गैरकाष्ठ वन पैदावारको निकासीबाट नौ करोड रुपैयाँ बढी राजस्व सङ्कलन भएको छ । डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२-८३ मा वन क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिबाट ९ करोड ६९ लाख ६३ हजार ९५० राजस्व सङ्कलन गरेको हो । कार्यालयका अनुसार निजी वनबाट हुने काठ निकासी, जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको निकासी […]

